परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देश गुल्जार पार

कविता (छन्द: मन्दाक्रान्ता)

घेरा हाले दिन दिन यहाँ अस्मिता भो प्रहार
आँखा गाडे अधम शठले हुल्न थाले विकार
आमाको यो विरह मनको फार हे कर्णधार
आओ सारा युवक युवती देश गुल्जार पार॥१
 
माटोमा छन् मणिजडित रे खारिएका जुहार
ताल्चा बन्दी गर समयमै राख खैँची भँडार
नेपालै हो अमर-पुर यो सम्पदा छन् अपार
आओ सारा युवक युवती देश गुल्जार पार॥२
 
कालो मैलो सकल मनको खुर्क आजै निखार
नेपालीले जति पनि बुने स्वप्न साकार पार
खुट्टा तान्ने नगर अरुको छोड घाती बिचार
आओ सारा युवक युवती देश गुल्जार पार॥३

 

माया मार्दा सकल जनले देशको हुन्छ हार
धाई अर्को मुलुक कसरी बस्दछौ भै सिकार?
निभ्दा बत्ती घर सकलको हुन्छ है अन्धकार
आओ सारा युवक युवती देश गुल्जार पार॥४
अन्य आकर्षणहरू

हित कसले चिताए?

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

यो माटोमा अवतरित भै देवता बार बार
घोकाए रे सकल ऋषिमा वेदका मन्त्रसार
नेपालै हो प्रथम जगको ज्ञानको दिव्यव्दार
आओ सारा युवक युवती देश गुल्जार पार॥५

 

बिग्र्यौँ हामी गुट र फुटले शत्रु हाँसे हजार
धेरै हुन्छन् असुरमतिले फेर्न झण्डा तयार
डुब्नै लाग्यो ढलपल भयो नाउ हाम्रो उतार
आओ सारा युवक युवती देश गुल्जार पार॥६

 

गोडा हाम्रो नवप्रगतिमा चाल्नमा भो हतार
काँडा सारा विकट पथका फाँड नामेट पार
बाधा पारे बन सहज है खड्गकै तीक्ष्णधार
आओ सारा युवक युवती देश गुल्जार पार॥७

 

माटो नै हो शरिर सबको स्वर्णको हैन हार
पन्छी यौटा फगत गुँडमा गर्छ हो वार-पार
माताजीको पय-ऋण सबै पार चुक्ता निखार
आओ सारा युवक युवती देश गुल्जार पार॥८
Facebook Comments