परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हित कसले चिताए?

 कविता (छन्द: चित्रलेखा)

आमा सम्झीकन मुलुक विषे हीत कस्ले चिताए?
भोका आए जति पनि पदमा चर्नकै निंम्ति आए
नेपालीले कुन दिन र कहाँ मर्द रोजे जिताए?
सत्ता भोगीहरु सब मदमा मस्तले खित्खिताए॥१

 

आफ्नालाई पद अनि ढुकुटी सुम्पिने सोच कालो
छानी छानीकन हुकुम सितै दासकै मिल्छ पालो
सोस्ने मात्रै धन जन सहसा तुच्छ बन्दैछ जालो
फाली ज्ञानी कुशल चरितका नूर तातुल्य टालो॥२

 

माटोको नै अनुपम महिमा छैन जस्ले बुझेको
द्यौरालीमा बन-कुसमलिई छैन जस्ले पुजेको
झुप्रा छाप्रातिर नजर दिई छैन जस्ले घुसेको
किर्थोले झैँ झन गरिबकनै देख्छु रोजै चुसेको॥३

 

अन्य आकर्षणहरू

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

छ देशमा विडम्बना

कस्ता पापी जनकन यहाँ लौन चिट्टा परेको
फुर्की फुर्की कन कहर दिदै देश सारा चरेको
खाना नाना घर जमिनको योजना खै धरेको?
नेपालीमा सुख चयन दिने खै प्रतीज्ञा गरेको?॥४

 

भण्डारै हो विपुल प्रकृतिको देश नेपाल हाम्रो
उर्जा साह्रै अनुपम छ यहाँ छैन कैल्यै नराम्रो
फस्टाएको अवल धरणको स्रोत सम्पूर्ण चाम्रो
सैतानीले हर बखत चुसी आज बन्दैछ दाम्रो॥५

 

यो माटोमा कुनदिन कसरी रत्न बर्किन्छ होला
बाह्रै मैना प्रखर प्रगतिको घाम चर्किन्छ होला?
जो जो लागे परमुलुकविषे आम फर्किन्छ होला
ढल्छन् सारा दशवदन हरे! राम जर्किन्छ होला॥६
Facebook Comments