परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यसरी गर्न सकिन्छ मास्कको पुनः प्रयोग

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण बजारमा अझै पनि पार्याप्त मास्क उपलव्ध हुन सकिरहेको अवस्था छैन । यसै अभाबका कारण अहिले मास्कको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ ।

सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल मास्कहरूको अभाबका कारण मानिसहरू कपडाको मास्क प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभाई चिकित्सकहरूमाझ पर्याप्त मात्रामा सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीएसको उपलव्ध नभएकोले मास्कको पुनः प्रयोग गर्न उनीहरू पनि बाध्य भएका छन् ।

साधारणतयाः कपडाको मास्क प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ । कपडाको मास्क प्रयोग गर्दा पटकपटक सावुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको मास्क अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । वीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता मास्कको आयु वढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।

सर्किकल मास्क, पेपर मास्क तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरू छेक्छ । सर्जिकल मास्कलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरूमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका मास्कहरू साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ ।

सबैभन्दा उत्कृष्ट मास्कका रूपमा एन ९५, केएन ९५, एफएफपीटू मास्कलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शुन्य दशमलब तीन एमएम भन्दा ठूला सबै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ मास्कलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।

यी मास्कहरू ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी मास्कहरूलाई राम्रोसँंगै टाइट फिटिंग हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँंच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरू उद्योगहरूमा अपनाइन्छन् । यी तरिकाहरू उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस् तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइज गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको मास्कको पुनः प्रयोग गर्न सक्छौं ।

Facebook Comments