परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भाग्य 

चट्याङ-प्रहार

ट्वाक्क यता उहाँको पद बहाली, 

ठ्याक्क उता कोरोनाको हालीमुहाली 

 

लक्डाउन भए पनि पदको दायित्व त पूरा गर्नैपर्यो 

यस्तो महामारीमा नियम र प्रकिया मात्रै हेरेर भयो ? 

 

“जसरी भए पनि” “यसरी या उसरी भए पनि”

जनताको आवश्यकता आपूर्ति त गर्नै पर्यो 

 

त्यसको जिम्मेवारी पनि नयाँ पदवालालाई नै पर्यो 

अनि त आपूर्तिको के दुःख ? 

के आपूर्ति, कति आपूर्ति, 

यतै आपूर्ति, उतै आपूर्ति, 

ला आपूर्ति, ले आपूर्ति, 

ल ला लि ली लु लू ले लै लो लौ लं ल: सम्मै आपूर्ति 

ओहोहो नयाँ पदवालाको फूर्ति ! 

 

भाग्यमा छ भने उसको आपूर्ति मिलाउन कोरोना पनि आइपुग्छ 

भाग्यमा स्वतन्त्र हिँडडुल लेखेको छैन भने  

झ्यालखानाबाट सरकारले मुक्त गरेको बन्दी पनि 

छुटेर घर पुग्दा आफ्नै घरभित्र “लक्डाउन” मा पर्छ 

 

भाग्यमा छ भने हुनै नसक्ने उल्का, अनौठो पनि हुन्छ 

चार मिर्गौलावाला प्रधानमन्त्री अन्त कुन देशमा हुन्छ ? 

 

Facebook Comments