परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना महामारी : एक्लोबासको सुनसान दिन

पूर्वतर्फ टाढा क्षितिजमा कलिलो घाम निस्फक्री डुल्दै थियो । मेरो मन अस्ति–अस्ति झैं विहान उठ्दाको जस्तो ताजा थिएन, लथरक्क थियो । शरीर आफैंलाई दिक्क लाग्ने गरी भारी थियो ।

पल्लो घरको छिमेकीलाई हेरें । रोगले महिनौं थलिएको मानिस ओछ्यानबाट बल्लतल्ल उठे जसरी  शिर निहु¥याएर छतमा टुक्रुक्क बसेका थिए । वरैबाट काराएर उनलाई विथोल्न मन लागेन, भेट्न जान पनि भएन । सञ्चो बिग्रिएर हो कि कोरोनाको पीरले हो कुन्नी उनी झोक्राएका, यस्तै के के कुरा मनमा खेलाएँ र कोठाभित्र पसें ।

खाटमा बसेर ओठ टोक्दै सोच्न थालें– जीवन शैली वायुवेगले बदलिएको छ । कस्तो अचम्म, रातारात पर्लक्क पल्टिएको संसारको यो अनौठो पाटोमा छिमेकी, आफन्त र साथीभाइ भेट्न नजानु चाहिँ स्नेह र प्रेमको बिम्व बनेका छन् । हिजोसम्मको हार्दिकता बाँड्ने बलियो हात मिलाई आज नरसंहारकारी कर्तुत बनेको छ । चुम्बन र अंकमाललाई त जैविक हतियार नै भनिदिए भयो । जीवनमा पहिलोपटक यस्तो अनुभूति भइरहेछ– प्रेमलाई नै घृणा गर्ने दिन पो आउने हुन कि !

विख्यात साहित्यकार एन्थोन चेखोव भन्ने गथ्र्ये– ‘जे जस्तो छ जीवन त्यही हो’ । यस्तै भोगाइले गर्दा उनले यो निश्कर्ष निकालेका होलान् । गर्भिणी जीवजन्तु र नवजात चराचुरुङ्गीलाई मार्दै हिड्ने अनाडी शिकारी जस्तो यो कोरोना भाइरसको निर्मम जगजगी नै अहिलेको जीवन यथार्थ हो ।

खाटमा बसेर ओठ टोक्दै सोच्न थालें– जीवन शैली वायुवेगले बदलिएको छ । कस्तो अचम्म, रातारात पर्लक्क पल्टिएको संसारको यो अनौठो पाटोमा छिमेकी, आफन्त र साथीभाइ भेट्न नजानु चाहिँ स्नेह र प्रेमको बिम्व बनेका छन् । हिजोसम्मको हार्दिकता बाँड्ने बलियो हात मिलाई आज नरसंहारकारी कर्तुत बनेको छ । चुम्बन र अंकमाललाई त जैविक हतियार नै भनिदिए भयो । जीवनमा पहिलोपटक यस्तो अनुभूति भइरहेछ– प्रेमलाई नै घृणा गर्ने दिन पो आउने हुन कि ! 

मेरा लागि फूर्सदिलो तर आवेगपूर्ण समय छ । दिमाग र मन स्थीर छैन । के के सोची रहन्छ । हामी जस्ता एकथरि छौं, सन्त्रासले कोठा भित्र पनि कापिँरहेका, अर्कोथरि डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु छन् कोरोनासंग आमनेसामने भएर लडिरहेका । लाग्यो सहास र सन्त्रास जुल्याहा सन्तान हुन । भरसक छुट्टिदैनन, एकै साथ हिड्छन् ।

विपत् निर्दयतापूर्वक दिनदिनै अझ कठोर बनेर अघि बढी रहेको छ । बाँच्नलाई कुनै चमत्कार खोज्नु पर्ने अवस्था छ । पहिलेका सारा चमत्कारहरु हराएका छन् । सगरमाथाको विश्व लोभ्याउने जादु, पोखराको पर्यटकलाई रोमाञ्चित पर्ने मोहकता, शरीरमा जोश थप्ने दुस्साहासी अन्नपूर्ण पैदल यात्रा हिजोआज निस्सार छन् । मान्छेले मानिआएका ईश्वर आफैं वेपत्ता छन् । यस्तो बेलामा शायद अब दैंत्यले मात्र बचाउँन सक्ला कि !

मन त्यसैत्यसै अतालिएको छ । यस्तैमा खबर आयो पोखराको केस काठमाडौंमा चेकजाँच गर्दा कोरोना नेगेटिभ आयो । एक हजारभन्दा बढीको जाँच गर्दा लगभग सबैको परिक्षण नेगेटिभ छ । किन किन मलाई ‘नेगेटिभ’ शव्द साह्रै मन पर्न थालेको छ । अहिलेसम्म नेपालमा नौ जनामा मात्रै कोरोना ‘पोजेटिभ’ छ । ती सबै बिदेशबाट संक्रमण भएका केस हुन । एकजनामा चैं विदेशबाट आएकाबाट सरेको रछ । उनीहरुको स्वास्थ्य अवस्थामा पनि सामान्य छ अरे । यो खबरले मौनतामा अलिकति शान्ति थप्यो । मेरो मन हलुका भयो ।

आशाका झिना त्यान्द्र जस्ता लाग्ने यस्ता खबरहरुले संकटमा त केहीबेरलाई ठूलै छटपछि बिर्साउँदा रहेछन् । मलाई महशुस भइरहेछ– पैसा, सुन्दरता र शक्ति अर्थहिन रहेछन् । जुनकुरा कमाउन मानिस जिन्दगीभर घोटिइरह्यो । कमाउन कहिल्यै आवश्यक नठानेको र सकेसम्म वेवास्ता गरिरहेको त्यो अक्सिजन नै कोरोनासंग लड्ने रामवाण रहेछ । तर के मान्छेले यसबारेमा पश्चाताप गर्ला त ? के मान्छेले विगतका कर्मलाई सराप्ने छन ? आफैंलाई प्रश्न गरेँ । सृष्टिकै सबैभन्दा स्वार्थी प्राणी मान्छेबाट यस्तो अपेक्षा पनि के गर्नु र जस्तो लाग्यो ।

समाचार हेरें । कोरोना अस्पतालमा एक जनाको मृत्यू । झसङ्ग भएँ । अहो, कस्तो वित्यास । हामीले अस्ति नाम राख्दा यस्तो गलत ढंगले व्राण्डिङ हुन्छ भन्ने पनि सोचेनछौं । हामीले हौसिएर नाम राख्यौं मानौं हामी ठूलै उत्सव मनाउन लागेका छौं । हाम्रो थोत्रो बुद्धि लगाएर कुनै मेला वा प्रदर्शनीको आयोजना गर्न लागेझै नाम राख्यौं – कोरोना अस्पताल । तर कोरोना अस्पतालमा हुने गैर कोरोना मृत्यूको सन्देशले समेत आम मानिसमा पर्ने असर कति खतरनाक छ भन्ने सुद्धी हामीमा पलाएन । जसको परिणाम स्वरुप अहिले कोरोना नलागी कोरोना अस्पतालमा मरेका मान्छेका पनि मलामी पाइन छोडेका छन् र पीडामा डुवेका परिवारजनलाई सहानुभूति दिन समेत कोही नआउने भएका छन् । यतिसम्म कि कोरोना परिक्षण नकारात्मक आउँदा पनि त्यो कोरोना अस्पतालका डाक्टर कोरोना कै कारणले मरेको दावी गर्छन् । यो अलिकति चाहिँ पेशागत गैर जिम्मेवारी र अलिकति डरका कारण उनको यस्तो बुद्धि पलाएको सजिलै अनुमान गर्न सकिन्छ । यो अस्पतालको नाम विशेष अस्पताल मात्रै राखेको भए के बिग्रिन्थ्यो ? 

यतिले मनको धीत मरेन । कुरा फेरि खेल्न थाले । शायद यो प्रकृतिले मान्छेलाई आफ्नो फैसलाको सन्देश पठाएको हुनुपर्छ– “म तिमीविनै धर्ती, हावा, पानी र आकाससंग रमाउन सक्छु । यही स्वभावमा तिमी अब मलाई आवश्यक छैनौं ।” हिजोसम्म आफूलाई प्रकृतिको ‘मास्टर’ ठान्ने मान्छेले आफ्नो ‘मास्टरी’ गुमाएको छ । शायद अबका दिनमा मान्छे प्रकृतिको पाहुना मात्र हुनेछ ।

समाचार हेरें । कोरोना अस्पतालमा एक जनाको मृत्यू । झसङ्ग भएँ । अहो, कस्तो वित्यास ! हामीले अस्ति नाम राख्दा यस्तो गलत ढंगले व्राण्डिङ हुन्छ भन्ने पनि सोचेनछौं । हामीले हौसिएर नाम राख्यौं मानौं हामी ठूलै उत्सव मनाउन लागेका छौं । हाम्रो थोत्रो बुद्धि लगाएर कुनै मेला वा प्रदर्शनीको आयोजना गर्न लागेझै नाम राख्यौं – कोरोना अस्पताल । तर कोरोना अस्पतालमा हुने गैर कोरोना मृत्यूको सन्देशले समेत आम मानिसमा पर्ने असर कति खतरनाक छ भन्ने सुद्धी हामीमा पलाएन । जसको परिणाम स्वरुप अहिले कोरोना नलागी कोरोना अस्पतालमा मरेका मान्छेका पनि मलामी पाइन छोडेका छन् र पीडामा डुवेका परिवारजनलाई सहानुभूति दिन समेत कोही नआउने भएका छन् । यतिसम्म कि कोरोना परिक्षण नकारात्मक आउँदा पनि त्यो कोरोना अस्पतालका डाक्टर कोरोना कै कारणले मरेको दावी गर्छन् । यो अलिकति चाहिँ पेशागत गैर जिम्मेवारी र अलिकति डरका कारण उनको यस्तो बुद्धि पलाएको सजिलै अनुमान गर्न सकिन्छ । यो अस्पतालको नाम विशेष अस्पताल मात्रै राखेको भए के बिग्रिन्थ्यो ?

सरकारका, प्रतिपक्षका, सञ्चारकर्मीका, सर्वसाधारणका कोरोना महामारीबारे कुरा सुन्छु । भ्रष्टाचार गरे रे, त्यस्तालाई कारबाही गर्नु प¥यो रे, सरकार बदलौं रे । कालका सामुन्नेमा पनि तमासा शुरु गरेका छन् । कोरोनासंग कसरी मुकाविल्ला गर्ने भन्ने बारेमा कुरै छैन । कुरा सुन्दा यस्तो लाग्छ जिन्दगीले यिनीहरुलाई केही सिकाएन । ठीक र वेठिकको बहसमा लागेका छन् । काल समुन्नेमा आएका बेला आमने सामने भएर आफूआफैं भिड्ने होइन, एकै पंक्तिमा उभिनु पर्छ भन्ने हेक्का यिनीहरुमा अझै पलाएको छैन । हुनत मान्छेको यस्तै नाभो बुद्धिले नै अहिलेको दुर्दशा निम्त्याएको होला ।

बाहिर निस्किएर ठूलो स्वरमा चिच्याउँदै सरकारलाई भन्न मन लागेको छ– संकटबाट मुक्तिका लागि क्रियाशील होउ र सबैलाई सक्रिय बनाउ । सबैलाई आग्रह गर्न मन लागेको छ– यो शङ्का र घम्साघम्सीको बेला होइन । यो असाधारण कर्तव्यहरु पालना गर्नु पर्ने अद्भूत क्षण हो, कोही पनि बदला र अधिकारको हुङ्कार ननिकाल । मुटुमाथि हात राखेर यत्ति सम्झ– सिङ्गो मानव जाति भयभित भएर लामो सुस्केरा हाली रहेको बेला पैसा कुम्ल्याउने कच्चरमा कोही लाग्यौ भने भोलि त्यो पैसाको मोज गर्न नपाई कोरोनाले मृत्यू भएका मानिसको सूचीमा तिमी स्वयं शुरुका गणानाभित्रै पर्न सक्छौं । इमान्दार बन, भटाभट काम गर ।

कोरोना विजय चक्कर लगाएर रनबन घुमी रहेछ । टेलिभिजन बन्द गरेर के खतराबाट मुक्ति मिल्यो त ? धिक्कार तेरो बुद्धि, आफैंलाई गिज्याएँ । अनि विस्तारै सम्हालिएँ र मनलाई सम्झाउन थालें । सुखमा पात्तिने र दुखमा आत्तिने चरित्र विकास गरिछस् । तँ डराएको छस् भनेर कोरोनाले छोड्दैन, किन क्षणक्षण मरिरहन्छस् । तेरा अनुमान र अटकलले घटनाक्रमलाई वास्तविकता भन्दा धेरै त्रासदीपूर्ण बनाएको छ । मान्छे मर्न नदिने तयारीमा जुट्ने होइन चीता पखाल्न तम्सिने तेरो बुद्धि बन्द गर । शरीरमा जोश भर । एक अर्कालाई कमजोर बनाउने होइन, नसा नसामा तागत भर्नुपर्ने बेला छ । हामीले छिटोछिटो तर बडो सावधानी साथ काम गर्नुपर्छ । हामी लामा र अफ्ठ्यारा बाटाहरु पनि हिड्न तयार हुनुपर्छ । हरेस नखा । विपत्का क्षणमा धैर्य राख्नुपर्छ । आफ्ना कदम सही हुनुपर्छ, इरादा पक्का हुनुपर्छ, सबै टरेर जान्छ । 

आफैंलाई नियालें । हिजोका आफ्ना दिनचर्या सम्झें– दिनभरी धेरै साथीभाइसंग भेटघाट गर्ने, रमाइला गफगाफ गर्ने, संसारमा के भइरहेछ बुझ्ने, आफन्त भेट्ने, घरमा साँझ बास बस्न मात्र आइपुग्ने । काठमाडौंको बसाई सधैं पानीको हाहाकार, भरसक पानी कम चलाउने । अहिले विल्कुलै उल्टो जीवन चल्नु पर्ने भएको छ– छिनछिनमा हात धुने, कसैसंग भेटघाट नगर्ने, हात नमिलाउने, अंकमल नगर्ने, निन्याउरो मुख लगाएर दिनभरी एक्लै घरमा बस्ने । विगतका ती आदत छोड्न पुरापुर कोशिस गर्दैछु तर हृदयले आत्मसमर्पण गर्न चाहिरहेको छैन ।

यस्तै छटपटिमै दिन बित्दै गयो । वेलुकीपख के भइरहेछ भनेर टेलिभिजन खोलें । त्यही कोरोनाको तस्वीर । त्यसलाई घृणाले भरिएका छुच्चा आँखाले एकैछिन हेरें । कताकता उल्टै मन काँप्यो, म भित्रको निःसहाय क्रोध थामिनसक्नु उर्लियो, झ्याप्प टेलिभिजन बन्द गरिदिएँ ।

कोरोना विजय चक्कर लगाएर रनबन घुमी रहेछ । टेलिभिजन बन्द गरेर के खतराबाट मुक्ति मिल्यो त ? धिक्कार तेरो बुद्धि, आफैंलाई गिज्याएँ । अनि विस्तारै सम्हालिएँ र मनलाई सम्झाउन थालें । सुखमा पात्तिने र दुखमा आत्तिने चरित्र विकास गरिछस् । डराएको छस् भनेर कोरोनाले तँलाई दया गर्दैन, किन क्षणक्षण मरिरहन्छस् । तेरा अनुमान र अटकलले घटनाक्रमलाई वास्तविकता भन्दा धेरै त्रासदीपूर्ण बनाएको छ । मान्छे मर्न नदिने तयारीमा जुट्ने होइन चीता पखाल्न तम्सिने तेरो बुद्धि बन्द गर । शरीरमा जोश भर । एक अर्कालाई कमजोर बनाउने होइन, नसा नसामा तागत भर्नुपर्ने बेला छ । हामीले छिटोछिटो तर बडो सावधानी साथ काम गर्नुपर्छ । हामी लामा र अफ्ठ्यारा बाटाहरु पनि हिड्न तयार हुनुपर्छ । हरेस नखा । विपत्का क्षणमा धैर्य राख्नुपर्छ । आफ्ना कदम सही हुनुपर्छ, इरादा पक्का हुनुपर्छ, सबै टरेर जान्छ ।

आफैंलाई ढाडस मिल्यो । मन अलि शान्त भयो, हलक्क आशा पलायो । बार्दलीमा निस्किएँ, सिर्र हावा चल्यो । हावामा कुनै झोक्का थिएन, वेग थिएन । हावा पनि व्याकुलतापूर्वक सुनसान सुसाइरहे जस्तो लाग्यो । पश्चिमतर्फ हेरें– पर क्षितिजबाट गाढा पहेँलो घामले बाइवाइ भन्यो । रात पर्दै गयो । ‘क्वारेन्टिन, एक्लोबास, लकडाउन’ जताततै मानव शोक र वेदनाका यी एकनासे आवाजहरु यसरी दौडदै छन्, कहाँ पुगेर बास बस्ने होलान मनमा यस्तै खेलिरह्यो । संकटका बेलामा करुणा र भावनाको अर्थ रहँदैन भन्नु सायद दावनता हो । आखिर बाच्नु नै छ, पल्लोकोठामा रहेकी जीवन संगिनी रमालाई फोनमा छोटो सन्देश पठाएँ– दिलको नजिक भएपनि केही समय भौतिक रुपले टाढै रहुँ ल । महामारी सकिएको शुभ विहानी हामी छिटै देख्ने छौं । हामी ध्वस्त हुने छैनौं तर भोलिका दिन फरक हुनेछन् ।

Facebook Comments