परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कविता गहिरो हुनुपर्छ

कविता

कविता गहिरो हुनुपर्छ’ 

त्यो सुनेदेखि कविजी खाल्डो खनेको खन्यै हुनुहन्छ

आफ्नो कवितालाई गहिरो खाल्डोमा राखेर

कविजी आफ्नो कवितालाई गहिरो बनाउने सुरमा हुनुहुन्छ ।

 

कविता राम्रो हुनुपर्छ’

त्यो सुनेदेखि कविता लिएर ब्युटी पार्लर धाउँदै हुनुहुन्छ

कविता लेखेको पानामा गाजल लिपिस्टिक दलाउँदै हुनुहुन्छ

कविजी आफ्नो कवितालाई राम्रो बनाउँदै हुनुहुन्छ ।

 

कविता गम्भीर हुनुपर्छ’

त्यसैले त कविजी आफ्नो कविता खल्तीमा हालेर

जोसुकैको मलामीमा पुग्नुहुन्छ

प्रायः कवितासँगै उहाँ मसानघाटमै भेटिनुहुन्छ  !

Facebook Comments