सम्बृद्ध नेपाल
राष्ट्रप्रीतिको गीत
पखाभरी फलफूल रोपौँ,
तराई अन्न, धान।
हिमाल पहाड पर्यटकले
भर्नुपर्छ, जान।
इलाम झापा चिया कफी,
मुस्ताङ्ग जुम्ला स्याऊ ।
सिन्धुलीको जुनार पनि
बेच्न सहर ल्याऊ ।
विकास निर्माण शिक्षा स्वास्थ्य,
गाउँ-गाउँ लगी।
एक्काइसौ सताब्दिमै,
बढ्नु पर्छ अघि।
मीठो बोले नेपालीले,
नेपाल राम्रो बोल्छ।
एक आपसमा सद्भाव राखे
देशको मुहार खुल्छ।