परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समसामयिक सेनर्यू

मीत्बा उबाच

शत्रु कता छ?
सरकार आफ्नै छ,
थाहा चाहियो !

महंगी आफ्नै
अरु सप्पै आयात,
देश हाम्रै हो।

लोकतन्त्र रे !
भाग्-शान्ती पो भैरा’छ,
पालो अर्कैको !

भद्र भएर
के को भाग्थ्यो बाँदर,
बाली नष्ट भो !

खाली बाहिर !
आँखा भने ठीकै छन्,
यता देखेनौ?

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

जस् पाइएन ?
कसैको भलाइमा,
अन्तै खोजियोस्।

कर्तब्य आफ्नै
लुकामारी खेल्दैछ,
दोष अर्कैको !

ईमान्दारिता
यो सभ्य समाजमा
टाढाको कुरो !

घर शिशाको,
किन खोज्छौ मट्याङ्ग्रा ?
ताक्दै नताक !

Facebook Comments