परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्झनामा दशैँ 

मीत्बा उबाच

झिसमिसेमै आच्छ्यु-आच्छ्यु गर्दै,

बगुवाखोला तरेर फलाङ्गेको खोँचबाट,

खनेर ल्याएको कमेरोले पोतिएका,

गाउँघरका भित्ताहरु,

ठुलोभीरको सालको बोक्रा पकाएर

निक्लेको कालीले सिँगारिएका 

गाउँका घरघरका झ्याल-ढोकाहरु,

गाउँभरी घर-घर चहार्दै बटुलिएको बाबियो 

कतै पीपलको हाँगामा झुण्ड्याइएका 

त कतै बाँसको लिङ्गोमा ठड्याइएका,

पिङ – लिंगे-पिङ र रंगटे-पिङ ।  

 

एकाबिहानै आँगनमा न्यानो घाम लाग्ने

सुन्दर मानापाथी हिमाल देखिने,

गाउँले सबै जम्मा भई देउराली डाँडाबाट 

मूलबाटो सफा गर्दै हिंडिएका सम्झनाहरु,

हाम्रा मीतबाको काखमा खरर्र- खरर्र 

असिमित गतिमा कल-को आवाज 

पल्टन बाट दशैँ-छुट्टि मिलाएर 

रौनक थप्न पहाड पसेका लाहुरेहरु,

सहरबाट गाउँ भित्रिएका 

जीरा-मसला र पसिनाका बासना ।।  

 

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

समसामयिक सेन्’र्यू

सुखदुःखअभावचुनौती बीच पनि 

घर-घरमा स-परिवार जम्मा भएर रमाउँदै 

मीठो खाने र राम्रो लगाउने चाड होदशैँ:

चोटाभरी असरट्ट पहेँल्पुर केरा,

सप्रिएर हलक्क भएका जमरा,

काक्राका अचारदहिचिउरा,

ठुलो, खोल-वाला रेडियो भिरेर,

लोकगीत घन्काउँदै टीका-आशिर्वाद 

र दक्षिणा थाप्न कोसेली बोकेर,

गाउँ पसेका चेली-बेटीहरु,

ज्वाईं-भानीचसज्जन इस्ट-मित्रहरु,

निधारभरी दहीमा मुछिएको,

घरैपिच्छे थपिँने, मायाँ मिसिएको,

रातो अक्षताकानमाथी पहेँला जमरा,

सकल शरीरमा सजिएका नयाँ लुगा

यसरी बेजोड-ऊँड्ने हाम्रा मनका चङ्गा

बुझाइ र जिम्मेवारीले नथिचुन्जेलको चाडबाड,

आहात्यो बाल्यकालको खुशीले 

झन्डै आकाश छुन्थ्यो

अहिले मैले शहरतिर जति नाचेको 

नाटक गरे पनि, के गर्नु

दशैँ  बरु गाउँ-घर तिरै पो रमाइलो हुन्थ्यो !  

Facebook Comments