परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर १२ गते, बुधबार ।
आमा डबलम हिमाल आरोहण गरी फर्केका एकजना अमेरिकी नागरिकको लेक लागी मृत्यु भएको खबर अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

कञ्चनपुरको महाकाली यातायात समितिका बस भारतको देहरादुनसम्म सञ्चालन हुने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

पोखरा महनगरपालिका वडा नं. १३ ले वडाबासीका लागि प्रविधिमैत्री स्मार्ट परिचयपत्र वितरण कार्य शुरु गरेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

मंसिर १३ गते, विहीबार ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीले दुर्इृजनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले ठोरी–माडी सडक बन्द गरेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

काठमाडौंमा मंसिर १४ देखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनका लक्षित गरी सवारी साधनमा आजदेखि चार दिनसम्म जोरबिजोर प्रणाली लागू भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दल नै भएको अध्ययनले बताएको समाचार अन्नपूर्ण पोष्ट द्रैनिकमा प्रकाशित छ ।

जोखिममा परेको पर्यटकको उद्दारका लागि प्रक्रियागत झमेलाले कतिपय अवस्थामा उद्धार गरिनुपर्ने व्यक्तिको ज्यान गइसकेपछि उद्धारको अनुमति मिलेको समाचार पनि अन्नपूर्ण पोष्ट द्रैनिकमा नै प्रकाशित छ ।

जिल्ला अदालत रोल्पामा आपूmले विदेशबाट पठाएको पैसा श्रीमतीले हिनामिना गरेको आरोप लगाउँदै जिल्ला अदालत रोल्पामा भदौ १ गतेदेखि आठ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले जारी गरेको श्रम अडिट मापदण्ड, २०७५ ले रोजगारदाताले अब श्रम अडिट गराउनुपर्ने प्रावधान राखेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

Facebook Comments