परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर १५ गते, शनिबार ।

निर्मला पन्त हत्याको घटनाबारे संयुक्त राष्ट्रसंघले अनुगमन गर्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

निर्मला पन्तको न्यायका लागि पोष्टर टाँस्ने १२ जना व्यक्ति पक्राउ परेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारी गरेको समाचार कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

काठमाडौं–तराइ दू्रतमार्गको प्रस्थानविन्दु खोकना नै उपयुक्त भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकद्वारा जारी गरिएको प्रतिवेदन ‘डुइङ बिजनिस, २०१९’ सच्याउन विश्व बैंक प्रतिनिधिहरूसँग माग राख्नुभएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

प्रशासनिक प्रयोजनका लागि ७५३ वटै स्थानीय तहको भौगोलिक वर्गीकरण गर्न लागिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

नेपाल र म्यानमारबीच व्यापार तथा लगानी सम्झौता भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संविधानसँग बाझिएका एक सय ७४ कानुन पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

८० प्रतिशत शिक्षक हाजिर गरेर टाप कस्ने (हाटा) खालका भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Facebook Comments