परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्थानीय निर्वाचनले थेचार्छ जस्तो छ !

फुटानी

स्थानीय निकायको चुनाउको नतिजाले हामीलाई नराम्रोसँग पछार्छ जस्तो छ । हाम्रो महान काम्रेड प्रचन्नको अास्वाशन र ढाडसलाई पनि कसैले पत्याएन । काम्रेड भन्दैछन जीवन र मरणको सवाल छ । यता गामघरमा उनारू डुक्रिएर हिडेकाछन् । हामीकन मुख देखाउन लाज भै गएको छ । मधेसमा माअोवादी गढ एमालेले भत्काई लग्यो । पहाडतिरका हाम्राहरू कतिखेर एमालेतिर `हामफालौ´ भनेर पर्खि बसेका छन् । हाम्रो गौरवशाली महान पार्टीले उच्च छलाङ लगाउदै अाइस् ब्रेक गर्छ भन्नु पनि अब लाजमर्दो भयो । स्थानीय निर्वाचनले हामीलाई निर्वस्त्र पारेर ऐना अगाडी उभ्याउछ जस्तो छ । भन्न त माधव नेपालसम्मले अोलीको पार्टीलाई बत्ती बालेर खोज्दा पनि नभेटिने बनाम्छु भने । भन्न त हाम्मो प्रचन्नले  पनि `चुनाउपछि ए माअोवादी पहिलो पार्टी बन्छ´भने । भनेर के गर्नु ! हाम्रा नेताहर्ले अाफ्ना कार्जेकर्ता र जनताको मन जित्न नसकेको प्रष्ट भयो । अहिले एकथोक बोलेकाछन् एकछिनपछि अर्कैथोक बोल्छन् । कतै देश विकासको कुरो गर्दैनन्, कहीकतै सिमानाको कुरो उठाउदैनन्, जनताको भावना बुझेर बोल्दैनन् । खाली अोली र एमालेको विरोधमा भाषन गर्छन् । 

 

अोली र हाम्राहर्मा केही फरक छ । अोली जुनसुकै भाषनमा विकासको कुरा छुटाउदैनन्, सम्बृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर हिडेकाछन् । निडर भएर सिमाना र चुच्चे नक्शाको कुरा गर्छन् । जय सिंह धामी काण्डमा अोली बोले हाम्राहर्को वाक्य बन्द भयो, चुच्चे नक्शा नभएको नेपालको नक्शा मुनी अोली बस्तैनन्, हाम्राहरू नक्शाको चुच्चो छोप्न लगाएर बस्छन् । फरक छ, धेरै फरक छ । अोली धरहरा, रानीपोखरी, काष्टमण्डप र मधेसमा अाफ्नो पालामा भएका विकासका कुरा गर्छन् । अोली नाकाबन्दी ताका अाफूले भारतसँग लिएको अडान र चिनसँग गरेको पारवहन सन्धिको कुरा गर्छन्, हाम्राहरू एमसिसी पास गर्दा अाफूहरूले त्यही एमसिसीमा गाँसेर झुड्याँउन खोजेको `ब्याख्यात्मक टिप्पणी´नामको पारदर्शी लगौटीको कुरा गर्छन् । अनि भन्छन् – ब्याख्यात्मक टिप्पणी जस्ताको तस्तै लागू नभए ठूलो क्रान्ति गर्छौ भनेर । त्यो एमसिसी भन्नेले हाम्रो पारदर्शी लगौटी लगाउदैन भन्ने सप्पै नेपालीलाई थाहा छ । हाम्रा नेता लाज पचाएर बोल्छन् । मलाई अहिले जे लागिरहेको छ यही नै सत्य कुरा हो । तर, के गर्नु यही कुरा म बाहिर अरुसँग भन्न सक्तिन ।  

 

माधव नेपाललाई पनि हाम्रो प्रचन्नको झुट्टो बोल्ने रोग सरेछ । अन्टसन्ट बोल्छन् । चुनाउमा अाफ्नो पार्टीका उम्मेद्वारलाई जिताउने कुरो गर्दैनन् । जसरी हुन्छ अोलीको पार्टीलाई हराउने कुरो गर्छन् । कस्तो लाज लाग्ने कुरा ! माधवले भन्दैमा अोलीको पार्टीका उमेद्वारलाई हराउन मतदाताले माधव खलकलाई मत हाल्छन त ! वाइयात कुरा गर्छन् । बरु अलि भविष्य भएका, झुक्किएर अाफूतिर अाएका नेता कार्जेकर्तालाई माधव काम्रेडले एमालेतिरै जाने बाटो देखाई दिए हुन्छ । हाम्रो ए माअोवादीका त धेरै जसो एमालेतिरै गैसके भने माधवका त बस्ता पनि बस्तैनन् । हुन त म पनि जाअो भन्दिन । तर, संसदीय पद्ति मानेर राजनीति गर्नेहर्ले रोज्ने भनेको दुईवटा पार्टी मात्र हो, एमाले कि कांग्रेस । लाज मान्ने कुरै छैन । नत्र डङग्रङ उत्तानो टाङ । अहिले नै भन्नुपर्दा हाम्रो घटोतरी, अोलीको बडोतरी । होइन भने अोली जहाँ जहाँ जान्छन हाम्राहरू उतै प्रवेश गर्नुको कारण के त ! सम्झेर ल्याम्दा हो पनि । बृद्ध, अपाङग र विधवा भत्ता दिने एमाले, मधेसका सबै जिल्लामा चक्रपथ निर्माण थाल्ने एमाले, सबै ठाउँका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने एमाले,  सबै स्थानीय निकायका सदरमुकाम जोड्ने सडक निर्माण गर्ने साथै अावश्यकता हेरि सिंचाई र खाने पानी पुराउने एमाले अनि जनताले भोट अरुलाई किन दिने ?

 

नमस्कार है विध्वंसे काका ! गम्भीर सोचमा परेजस्ता छौ त ! अब तिमीले सोचेर हुने केही छैन् । तिम्रा नेता प्रचन्न अन्टसन्ट बोल्छन् देश विकासको कुरा गर्दैनन् । हाम्रो देउवा दाइ र कांग्रेसलाईसमेत भडखलामा हाल्न खोज्दैछन् । हामी पनि कम्युनिष्टको खासै विश्वास गर्दैनौ । अावश्यकताको सिद्धान्त अनुसार तिमारू कम्युनिष्टहर्लाई हामी कांग्रेसहर्ले प्रयोग गर्छौ । देउवा दाइ पनि अहिले यही गर्दैछन् ।

 

चढेर नबोल भिरघरे ! हाम्रो प्रचन्नले चाहे भने तिमारू अहिले सत्ताबाट झरेर सडकमा पछारिन्छौ । हाम्रो एमाअोवादी भएन भने यो राष्ट्र चल्दैन । हाम्रो महान नेता काम्रेड प्रचन्नले नै विभिन्न व्यक्तिलाई प्रधानमन्त्री बनाएका हुन । प्रचन्नका छेउमा अरु नेता झासेझुसे । हाम्रो प्रचन्नले भनी सकेका छन् अबको चुनाउमा एमाअोवादी पहिलो नभए पनि दोस्रो बन्छ भनेर । तिमारू कांग्रेसको पनि हाम्रो प्रचन्नले भाउ बढाइ दिएको हो । नत्र अोलीले काँचै खाने थिए । कि कसो सण्डे ? 

 

काकाले बोलेपछि होइन भन्न त हुन्थेन, तर अहिले चाहिँ उल्टो भन्यौ । अहिले पनि एमाले नै पहिलो पार्टी छ र अबको चुनाउ पछि पनि हाम्रै एमाले पहिलो पार्टी बन्छ । गफले चिउरा भिज्दैन, मयाले संसार चल्दैन । जोसँग जनता  र कार्जेकर्ता छैन उ चाहिँ पहिलो पार्टी बन्छ भनेर प्रचन्नले बाहेक अरुले भन्न मिल्दैन । उनलाई त जनताले `एकछिनमा एउटा र अर्को छिनमा त्यही कुरालाई अर्कै बनाएर बोल्ने नेता´भनेर चिनेका छन् । तिमीलाई कसैले चिन्दैन । त्यस कारण तिमीले झुट्टो नबोलेनी हुन्छ काका ! 

 

तिमारू मुलाङहर्लाई राजनीति के थाहा छ ? अोलीले ल्याम्न लागेको प्रतिगमन अम्रिकातिरै फर्काएर हाम्रो प्रचन्नले राम्रो र सुन्दर बनाएर एमसिसी ल्याए । अम्रिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र घरेलु प्रतिक्रियावादलाई पछारेर हाम्रो महान नेता प्रचन्नले एमसिसी ल्याई छाडे । अब ह्वात्तै देश विकास हुन्छ । सदनबाट पास गर्ने बेलासम्म हाम्रो पार्टीले काठमाडौंमा ठूलो अान्दोलन गर्यो । त्यसपछि अम्रिकाले विगारेर पठाको एमसिसी प्रचन्नले नेपालको हावापानी सुहाउँदो  बनार फ्याट्ट पास गरे । अहिले पनि विदेशी र घरेलु प्रतिक्रियावादीहरू मिलेर नेपालमा दुईदलीय प्रणाली लागु गर्न खोजेको कुरा हाम्रो प्रचन्नले थाहा पाईहालेछन् । अस्ति भाषनमा भनिहाले । मलाई त लाग्छ अब हाम्रो एमाअोवादी र नेपाली कांग्रेस मात्र नेपालमा रहन्छन । अरुको पत्तासाफ । कि कसो भिरघरे ?

 

फुस्केट कुरा नगरन काका ! हाम्रो नेपाली कांग्रेस र नेकपा एमाले मात्रै नेपालमा रहने भयो । प्रचन्नको माअोवादी, माधव नेपालको एस पार्टीलगायत अरु त चिलिमच्वाँट हुने भए । देशी विदेशी प्रतिक्रियावादीले होइन नेपाली मतदाताले तिमार्लाई समाप्त पार्छन् । तिम्रा प्रचन्नले मतदाताको त्यही भावना बुझेर कार्यकर्तालाई वेकुफ बनाउन `देशी विदेशी प्रतिक्रियावादी´ भन्ने शब्द प्रयोग गरेका हुन । तिमी जस्ता ल्वाठ अहिले पनि अम्रिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्छौ, विचरा ! प्रचन्न जस्ता बबुरोले अब कहिल्यै पनि `अम्रिकी साम्राज्यवाद´ `भारतीय विस्तारवाद´ भन्न सक्ने छैनन । 

 

तिमारूसँग मेरो कुरो मिल्दैन । यदि चुनाउमा गठबन्धन नगर्ने र माअोवादी हार्ने हो भने ठूलो संघर्ष हुन्छ । हामी कसैलाई छाड्ने वाला छैनौ । 

 

तिमार्लाई नेता, कार्जेकर्ता र जनताले छाडे । अब थोरै मात्र बाँकी छौ, छोड्नु र समाउनु तिमार्को बुताले भ्याउदैन । हिड सण्डे लागौं उभिण्डेतिर । 

 

लु काका ! जै नेपाल !

Facebook Comments