परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जन्मदिनमा सम्पादक काफ्लेद्वारा उपचार कोषलाई १० हजार १०० सहयोग हस्तान्तरण

काठमाडौं । साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गर्नु भएको छ ।

साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गर्नु भएको हो । उहाँले पत्रकारको उपचार सहयोगका लागि प्रेस चौतारीले स्थापना गरेको कोषलाई सहयोग गर्नु भएको हो।

कोषका संयोजक सन्तोष आचार्यलाई नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहनु भएका काफ्लेले १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहनु भएका काफ्ले संगठनका निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । आचार्यको अध्यक्षीयकालमा कोषको स्थापना भएको थियो । चालु आर्थिक वर्षभित्र कोषमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको कोषका संयोजक आचार्यले बताउनु भयो ।

उहाँले कोषलाई सहयोग गर्न सबै पत्रकारलाई आव्हान समेत गर्नु भएको छ । चेक ग्रहण गर्दै संयोजक आचार्यले स्वास्थ्योपचारमा प्रेस चौतारीका सदस्यलाई पैसाको अभावका कारण समस्या आउन नदिने बताउनु भयो।

चेक हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रदीप परियार, प्रदेश कमिटी सदस्य रमेश तिवारी, सचिव प्रकाश पौडेल, सहसचिव तिलक योञ्जन लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments