परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मेरो नाम त्यसै `प्रचन्न´ राखेको होइन!

फुटानी

मैले अाफ्नो नाम त्यसै प्रचन्न राखेको होइन ! यो कुरा मेरा पूर्व `कमरेड´ वर्तमानमा मैले परिवर्तन गराएर `काम्रेस´ बनाएकाहर्लाई पनि थाहा छैन । भूमिगत हुनुभन्दा अघि मेरो छद्म नाम राख्न पार्टीमा धेरै छलफल भयो । कतिले `उदण्डे´ राखौ भने । कतिपयले मेरो बानी व्यहोरा हेरेर `विध्वंसे´ ठिक हुन्छ भने । र थुप्रै साथीहर्ले `धुन्धुकारी´ अच्चकाली सुहाउदो नाम हुन्छ भनेर प्रस्ताव गरे । मलाई पनि `धुन्धुकारी´ ठिकै हुन्छ भन्ने लागेको थियो । पछि कहाँट हो पण्डित नारायण पोखरेलसँग टुप्लुक्क भेट भो । उनले पो `धुन्धुकारी´ को अर्थ खुलाए । उनले त अकालमा मारिएका, बम पड्कार बस भित्रै चिलिम फर्काइएका, रुखमा बाँधेर अमानवीय तरिकाले ईहलिला समाप्त पारिएका र भौतिक कारवाही गरेर चोला उठाइएकाहर्को भड्किएको अात्मालाई `धुन्धुकारि´ भनिन्छ भनिकन व्याख्या गरे । पण्डित नारायण पोखरेलले यसको अर्थ भविष्यमा पनि लगाम्न सक्छन् भनिकन उनलाई पनि `अगति´अात्मा बनाई दियौ । पछि गाममा घुम्दै जादा एउटा फुच्चे भाइको नाम प्रचन्न रछ । मलाई मुन पर्यो । अनि मेरो नाम त्यही प्रचन्न भनिकन जुर्न पुग्यो ।

अहिले त्यही नामको कारण कटहर फोरेर खाए जसरी राज्यको ढुकुटी फोरेर खादै छु । १० वर्षसम्म तथाकथित `जनयुद्ध´ त्यसै गरेको होइन । संसारमा सम्पत्तिको नाममा देखाउनको लागि मेरो दुई कठ्ठा जग्गा र तीन तोला सुन भन्दा केही छैन । तर, सारदा अधिकारी जस्ता ठेकेदार, सुमार्गी जस्ता हितैषी व्यापारी मार्फत वर्षको १/२ अरब उठाउँ छु र मात्रै बाँचेको छु । बिचरा ! सारदाजीले अाफू अन्तै बसेर अाफ्नो यो ५/७ रोपनीमा फैलिएको झुप्रो, दुई सय जनाजति मेरो सुरक्षामा अाएका सुरक्षा कर्मी अट्ने कटेरो,  गर्मीमा पौडी खेल्ने सानो-सानो स्वीमिङ पुल र यसो बिहान टेनिस खेल्ने टेनिस कोर्ट देका छन् र बाँचेको छु । हुन त यिनार्को लागि म पनि लाज, घिन, गति फालेर लागेकै छु । उनार्को भर म, मेरो भर उनारू । बराबरी नै हो । ठेक्का दिलाइ देको छु, काम गर्दैनन तर अर्थमन्त्री धनार्जनलाई भनेर ढुकुटी फोरेर अरबौ निकासा गराइ देकै छु । भूमिगत कालमा बैंक लुटेर, मान्छे कुट्दै चन्दा असुलेर र घरहरू फोरेर जम्मा भएको सुन,चाँदी, गरगहना र नगद नारायण यिनार्लाई नै राख्न देकै थ्यो त्यहीबाट कमाका हुन । जनता भने अहिले मलाई अर्घेलो देख्छन र खाअोवादी भन्छन् । भन्नेले भनिरहुन यत्रैसिति ।

किन ढाँट्नु । अलिकता प्युछु । पिउने बानी छ । मलाई महंगो रौसी खासै मुन पर्दैन । अब उपहारको रुपमा यसो बोतलको  १/२ लाख पर्ने ल्याइ दि हाले भने नाइ भन्न मिल्दैन । त्यस्तो बोतल देख्यो कि जिब्रो त त्यसै सरर रसार अाम्छ । मैले ब्ल्यू लेभलबाट पनि काम चलाएकै थिएँ । चिज अाएपछि  यसो एउटा कालिज मगायो र दाउराको अागोमा अाफै परपर भुट्छु । भैसी कसम हुनी मिठो हुदैन । कहिलेकाहीँ त जिब्रै निलुम जस्तो हुन्छ । चट्ट एउटा प्यालामा रौसी हाल्यौ, भुटेको मासु टोक्न थाल्यो, घुटुक्क पार्यो, मासु दार्यो अानन्दै अार्को । मैले मासु भुटीराको खिचेर कुनचाहिँले हो युटुवमा हाल्दिए छ । त्यो मेरो दोष होइन, खिच्नेको दोष हो । अा… ! जेसुकै होस् है । अहिले त म अर्कै कुराले भयङ्कर तनावमा छु । एकातिर सिटको भाँडफाँड नमिलीराको अर्कोतिर काङग्रेसमा भाँडभैलो भाको । लु यतिसम्म त ठिक्कै थियो, पचाकै थिएँ । तर, सपनामा मलाई खपिनसक्नु ऐठन हुन थालेको छ । नेपाली काङग्रेसका नेता गुरु घिमिरेले भरतपुरबाट घिसिङसिङ घिस्याँउदै ल्यार नारायणी पुलबाट उर्लेको नदीमा हुत्याएको मात्र सपना देख्न थालेको छु ।

धेरै जसो त अोलीदेखि डर लाग्छ । उनको एमाले फुटाउन पनि सकिएन, संगठन भत्काउन पनि सकिएन । अहिले हामी एक्ला एक्लै चुनाउमा जाने हो भने सप्पै एमालेले लान्छ । के जिब्रो चवार बोल्नु अहिले पनि गाउँ गाउँमा पानदले भन्दा एमाले एक्लै दह्रो छ । पार्टीको काममा खट्ने कार्यकर्ता पंत्ति छ, दह्रो संगठन छ, अनुशासित एमाले छन् । हाम्रो जस्तो होइन उनार्का कार्यकर्ता पार्टीलाई लेवी बुझाउछन् । हाम्रा भने पैसा माग्न मेरो दैलामा अाइपुग्छन् । दिएन भने बरु लेवी तिर्नैपर्ने पार्टी एमालेतिरै जान्छन् । मैले त माधव र झलनाथहर्को पनि एमालेमा कार्यकर्ता छन् भन्ने ठानेको थिएँ । तर, उनारूसँग त रैनरान । माधवले पार्टी फोर्छु भने भरे त राम्रोसँग चोइट्याउन पनि सकेनन । बरु हाम्रै माअोवादी केन्द्रका थुप्रै साथीहरू उतै एमालेतिरै चिपिक्क टाँसिए ।

अहिले हाम्रो पानदल भित्र टिकट भाँडफाँले भाँडभैलो मच्चाएको छ । एमाले भने निर्धक्क बसेको छ । यही कारणले तत्कालीन अवस्थामा फरकमत राख्ने एमालेका १० भाइ र माअोवादी छाडेर उतै बसेकाहर्लाई उचालेर एमालेको कुप्रचार र भाँडभैलो गराउन हामी भगिरथ प्रयत्न गर्दै छौ । हाम्रो पत्रकारहर्ले पनि `१० भाइले स्पपष्टीकरण दिनु पर्ने´, `एमालेमै रहेका माअोवादी नेताहरू निराश´ भनेर कन्दनी कसेर लेख्दै छ । तर, दुनियाँले पत्याउदैन के गर्नु ! नपत्याए के नाप्छ । भुत्रैसित । हो त । हुनत भाको कुरा भापो पत्याउनु । नभाको कुरा दुनियँले किन पत्याउनु ।

धेरैले मलाई `प्रचन्न निष्ठुरी छ´भन्छन । म त्यस्तो छैन । मेरो मन नरम र कमलो छ । त्यस्तो अारोपको म एउटै घटनाले खण्डन गरी दिन्छु । कुनै जमाना देउवाजीले मेरो टाउकाको मोल तोकेको थियो अहिले म उनै देउवाको पछुवा बनेको छु वा भनौ बैशाखी बनेको छु । धेरैलाई थाहा छ नेपालमा काङग्रेस र कम्युनिष्ट एक अर्काको दुश्मन हुन भनेर । हुन त होनि दर्शन मिल्दैन, सिद्धान्त मिल्दैन, विचार मिल्दैन, पद्ति मिल्दैन, व्यवहार मिल्दैन केही मिल्दैन । तर, नढाँटी भन्ने हो भने देउवाजी र मेरो मिल्ने कुरा थुप्रै छन् । जस्तो कि पद, प्रतिष्ठा र पैसाको लोभ गर्ने हाम्रो तरिका ए टु जेड मिल्छ । परिवार र अाफन्तलाई ठाउँमा पुराएर ब्रम्हलुट गर्ने कुरा पनि ठ्याम्मै एउटै जस्तो छ । अनि अम्रिका र भारतलाई हेर्ने दृष्टिकोण, एमसिसि पास गर्दाको माम्लो, एसपिपि रोक्न पत्र नलेख्नुको कारण र भारतीयलाई नेपाली नागरिकता दिनुपर्छ भन्ने बारेमा चाहिँ  मैले र देउवाजीले मिलेर नेपालीलाई मूर्ख बनाकै हो । अम्रिका र भारतको लागि यतिको कमफर्टेवल सरकार अब कहिलै बन्दैन । यस्तो बेलामा उनार्को काम गरी दिए पो भनेको बेलामा झ्याप्प झ्याप्प डलर र भारुको सहयोग पाइन्छ । यस्तो गहन कुरो खै बुझेको !

अब सिट भाँडफाँड मिल्यो भने गठबन्धनेहर्को  प्रधानमन्त्री मै हो । देउवाजी बिचरा ! मैले जे भन्यो त्यही विश्वास गर्छन् । अब काङग्रेसलाई ७० सिटमा खुम्च्याएर जसपालाई १२ सिटमा थन्क्याउन सकियो भने म, माधवजी र दुर्गाजीको पार्टीको ८३ सिट हुन्छ । यसो भएपछि चुनाउपछि ठूलो पार्टीको नाताले मै प्रधानमन्त्री हुन्छु । यदि म प्रधानमन्त्री भइन भने काङग्रेस नाथेलाई मैले जान्याँ छु । यसै भङजा भनेका छन्, उसै धुन्धुकारि भनेकाछन् काङग्रेसलाई धुजा धुजा पारेर छोड्छु । मेरो बानी नै छ सियो बनेर पस्ने फाली बनेर निस्कने । होइन ख्यालख्यालमै चुनाउ त अाई नै सको नि । यदि चितवनबाट मैले नै हारें भने … ! हैट कल्पना पनि गर्न शक्तिन । यदि त्यस्तो भो भने नारायणीको पुलबाट हामफालेर भेलको शरण लिनैपर्छ । थैट अाज केके सोचेको मैले ? बरु एक हाफ धोकेर सुत्छु पो ! लौ जा !

Facebook Comments