परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

डा. आरसी लामिछानेको ‘हामी सबैले सक्छौँ’ बोलको गीत सार्वजनिक 

परिसंवाद डेस्क । विकासविद् तथा सकारात्मक सोँच विस्तारका लागि सक्रिय डा. आरसी लामिछानेले आफ्नै शब्दमा हामी सबैले सक्दछौँ’ बोलको उत्पे्ररक गीत सार्वजनिक गर्नु भएको छ ।

सबैलाई सफल जीवनमा लाग्न उत्प्रेरणा दिदैँ जीवनमा हामी सबैले केही न केही सफल काम गर्न सक्छौँ भन्ने भाव गीतले बोकेको   छ ।

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशकसमेत रहनु भएका लामिछानेले लेख्नुभएको गीतमा  गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले स्वर दिनुभएको छ भने लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गर्नु भएको छ ।

 

मानिसमा भएको निराशा र नकारात्मक सोँचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुने विश्वास लामिछानेले व्यक्त गर्नुभयो ।

 

करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिदै आउनु भएका लामिछानेले केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गर्नु भएको छ ।

 

नेपालमा मात्रै होइन चीनभारतबंगालादेशफिलिपिन्स लगायतका देशहरूमा प्रशिक्षकको रुपमा उहाँले सकारात्मक सोँच र प्रशंसनीय खोजसम्बन्धी तालिम सञ्चालन गर्नु भएको छ ।

 

लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

Facebook Comments