परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

खोक्पा : फरकफरक सन्देश बोकेका कथाहरूको संगालो

काठमाडौं । साहित्यकार डी.आर.को नविनतम कथासङ्ग्रह खोक्पाको काठमाडौं स्थित अनामननगरको एक रेस्टुरेन्टमा हालै लोकार्पण भएको थियो । पेज टर्नरले पकाशन गरेको कथा कृतिभित्र ११ वटा कथाहरू समावेश छन् । फरकफरक सन्देश बोकेका कथाहरूले नेपाली जनजीविकाको सवाललगायत सामाजिक मुद्घा तथा जेष्ठ नागरिकहरूको पीडा, देशमा नै केही गरौं, प्रकृति र मानवजीवनको सम्बन्ध जस्ता मानवीय संवेदनाको वैचारिक धरातलको बलियो जग भएर खोक्पा उभिएको देखिन्छ । 

पेज टर्ननको अध्यक्ष भुवनहरि सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई र प्रमुख वक्ताहरू उप प्रध्यापक महेश पौड्याल, हेम भण्डारी, निमग्ना घिमिरे । गीतकार तथा आख्यनकार डी.आर.राईलगायत अतिथिहरूले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । उक्त भव्य कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो भने कथाकार डी.आर.ले उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो कृतिबारे निष्पक्ष र दूधको दूध, पानीको पानी छुट्याएर आमपाठकलाई प्रस्टाईदिन उपस्थित वक्तहरूमाझ आग्रह गर्नुभएको थियो । महेश पौड्यालले लेखकलाई क्षमतावान र लेखनशैली बारे प्रशंसा गर्दै कभर डिजाईनको पनि खुलेरै तारिफ गर्नुभएको थियो । हेम भण्डारीले इलामे दाजु डी.आर.बाट काठमाडांै बसाईको सुरुवाती दिनहरूमा धेरै सहयोग पाएको र उहाँको सिर्जना र गीतहरूबाट धेरै प्रभावित भएको बताउदै खोक्पाभित्रको बुढो रुख, लङ्गडो साथीले इलामै पु¥याएको चर्चा गर्नु भएको थियो भने निमग्ना घिमिरेले सबै कथाहरू उत्कृष्ट र प्ररणदायी भए पनि नेपाली शब्दहरूको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । छोटो, मिठो, सभ्य र भव्य कार्यक्रमको प्रमुख अतिथि कुलपतिले साहित्यकार डी.आर.लाई खोक्पा कृतिको पूर्ण सफलताको कामना गर्दै अरु सिर्जना गर्न निरन्तर लागिरहन सुझाव पनि दिनुभएको थियो ।

लेखकको प्रकाशित कृतिहरूः– एल्बमहरू– १. बाचा (२०५९), २. यादमा (२०६५), ३. भूल (२०६८), ४. फस्ट मुभ (२०७०) ५. गहिराइ (२०७२) ६. भुइँचम्पा (२०७७) ७. गीत (२०७९) । प्रकाशित पुस्तकहरू– १. नयाँ मोडहरूमा (गीतसङ्ग्रह २०६३) २. कान्तिपुरदेखि सन्दकपुरसम्म (यात्रासंस्मरण २०६६) ३. आत्मभाव (गीतसङ्ग्रह २०७२) ४. तिलस्मी (उपन्यास २०७५) ५. सेन्टोसा (२०७७ यात्रा संस्मरण) ६. समयको डोब (२०७७ अनुभव र अनुभूति) ७. ‘स्प्राउड अन द रक’ (२०७८ तिलस्मीको अनुवाद) ८. हाल खोक्पा कथासङ्ग्रहको सार्वजनिक भएको हो ।

Facebook Comments