परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ललिता निवास उडाउन बतास चलाए कि क्या हो !

फुटानी

ललिता निवास जग्गा हिनामिना काण्ड निकै चम्किएको थियो । त्यसलाई छायाँमा पार्न गरिएका तिकडमहरू पनि असफल हुँदै थिए । तर, अहिले आएर हाम्रा पत्रकारले ललिता प्रकरणलाई  ओझेलामा पार्न स्यालको छाला भेटेछन् । बेला बखत हाम्रा पत्रकारले यस्तो हर्कत गर्दै आएका छन् । धेरै भएको छैन एक पटक भारतले हाम्रो सिमाना मिचेको आवाज नेपालमा जोडतोडले उठ्यो । त्यसै बेला हाम्रा पत्रकारले चाइनाले नेपालको पाँचवटा गाउँ कब्जा गरेर संरचना समेत बनाई सकेको समाचार छ्यापछ्याप्ती पारे । अहिले फेरि ललिता प्रकरणलाई रफ्फुचट पार्न सकिन्छ कि भनेर स्यालको छाला ठटाउन थालेछन् ।

नारायणहिटीमा बन्दै गरेको संरचना सामान्य हो । सरकारले चहाने हो भने एउटा डोजर लगेर डाङडुङ भत्काएर फ्याँकी दिन सक्छ । यदि कानुनी रुपमै जादा पनि त्यस्तो झन्झट छैन । अहिले तातै सरकारले ठेक्का रद्द गरेर त्यो सरकारी सम्पत्तिको संरक्षण गर्न सक्छ । कौडीको मोलमा सरकारी सम्पत्ति कसैले हिनामिना गर्न पाउँदैन । वतास ग्रुप होस् कि हावा हुण्डरी होस् यदि सरकारलाई घाटा हुन्छ भने सरकारले नै त्यस्ता कामहरू तुरुन्त रोक्नुपर्छ । तर, पत्रकारहर्ले ललिता प्रकरणलाई ड्याम्मै छोपौला जस्तो गरी नारायणहिटी र सेती नदीतिर हामफाल्नु चाहिँ अर्थकै करामत हो भन्नु पर्ने हुन्छ ।

नमस्कार है विध्वंसे काका ! के सोचेर टोलाउँदै छौ कुन्नि । धेरै सोच्ने नगर है काका । अब राष्ट्रियसभामा पाँचवटा सिट जित्ने भैगयौ । एक सिट नजित्नेहर्लाई हाम्रो देउवा दाइले धौफुकाएर पाँ–पाँच सिट दिए ।

नचाइने कुरा नगर भिरघरे । हामी नमिल्ने हो भने सप्पै सिट एमालेले लाने र छ । स्थानीय निकायमा सप्पैतिर उस्कै बढी रान । अब सप्पै चुनापमा यसरी नै मिलेर जानुपर्छ । होइन भने एमालेको किचाइमा नराम्रोसँग परिन्छ । देउवाले पनि गाउँ गाउँमा अझै एमाले नै अगाडि छ भने । हाम्रो प्रचण्ड र माधव चाहिँ मुखले एमाले सकियो भन्छन् । अनि मन मनमा चाहिँ देउवाले गठबन्धनलाई लात हाने भने हामी सकियौं भन्ने सोच्छन् । त्यस्तो सोचाइले अब काम दिदैन । सत्य कुरा बोल्न सक्नुपर्छ । हामी सप्पैलाई एमालेले बढार्छ भनेन् भने देउवाले गठबन्धन तोडन सक्छन् । अँ छोड यो कुरा । बरु ललिता निवास जग्गा काण्डको मुद्दा बारेमा के सुनिस् त्यो भन्न ।

अस्तिको दिन फायल तयार गरेर पुलिसले सरकारी वकिलको कार्यालयमा बुझायो भन्ने सुनेँ । अब त्यो मुद्दामा हाम्रा ठूलाबडा नेता पनि जाकिने भएकाले फायल अगाडि बढ्दैन होला । अब हेरन काका ! हाम्रा पत्रकार पनि उस्तै छन् । नेपालमा अहिलेसम्मकै ठूलो ललिता निवास जग्गा भ्रष्टाचार काण्डको फायल तयार भाकै दिन ‘नारायनहिटी सको, सेती नदी चिलिम’ भनेर धमाधम समाचार लेख्दै छन् । यो त दुनियाँको ध्यान अर्कोतिर तान्ने र ललिता निवास काण्डलाई छोपछाप गर्ने षड्यन्त्र हो । नारायणहिटी र सेती नदी पनि ल्याउनुपर्छ । ल्याउनु हुन्न भनेको होइन । यिनार्को भनेको ठेक्का रद्द गर्दा सकिन्छ । तर, ललिता निवास त्यस्तो होइन ।

यसमा चाहिँ तेरो र मेरो कुरा ठ्याक्कै मिल्यो भतिज भिरघरे । तर, बाबुराम, माधव र गच्छेदार जस्ता नेतालाई जोगाउनु त पर्छ नि । यदि जोगाइएन भने हाम्रो देशका सप्पै नेता जेलमा हुनेछन् । अनि शासन कसले गर्ने ?

आ… काका पनि ! राजा मरेर राजगद्दी खाली हुन्छ ? एकसे एक नेता जन्मिन्छन् । यदि साँच्चै भ्रष्टाचार गरेको हो भने जोसुकै होस्, त्यसलाई कारवाही हुनुपर्छ । ठूलाबडा भ्रष्टाचारीलाई कारवाही नभएकै कारण जतासुकै भ्रष्टाचार मौलाएको हो । ठूलाखालेलाई पनि कारवाहीको दायरामा ल्याउने हो भने भ्रष्ट्रचार निश्चितरुपमा घट्छ ।

हुन त हो तर हाम्रा अथाह सम्पत्तिका मालिक नेताहर्ले कारवाही हुन दिदैनन् । सम्पत्ति छानबीन र सुद्दिकरण गर्ने हो भने हाम्राहरू कोही बाँकी रहदैनन् । राम–राम–राम जम्मा गर्न पनि कति सकेका हुनन् । ठिक्क गरेका भात तै पत्याउनु हुन्थ्यो ।

अलि वर्ष हो काका ! त्यसपछि जनताको चेतना र प्रविधिको विकासले भ्रष्ट्रचारीहर्लाई असहज बनाउँछ । निमिट्यान्न पार्न नसकिए पनि धेरै घट्छ । अहिलेको ठूलो समस्या भनेको नीतिगत भ्रष्टाचार हो । नीतिगत भ्रष्टाचार नेता र कर्मचारीको मिलोमतोमा हुन्छ । यस्तो खाले भ्रष्टाचार रोक्न ठूला माछा पनि जालमा पर्नुपर्छ ।

शासनाधिकार उनार्कै कब्जामा भएपछि आफू जोगिने ठाउँ आफैं बनाइहाल्छन् नि ! यस्तो अवस्थामा जेल पर्ने त भुरा मात्र हुन । भिरघरे यो कुरा छोड्दे । बरु स्वादको कुरो चाहिँ यसपालि राष्ट्रियसभाको चुनापमा एमालेलाई धूलो चटाउने भैयो । हामीसँग जोरी खोज्नेको गति के हुन्छ भन्ने धेरैले बुझ्ने भए । अब स्थानीय र प्रतिनिधिसभाको चुनापमा पनि एमालेलाई एकसिट नआउने गरी बढार्नु पर्छ ।

गठबन्धन सधैंलाई हैन क्यारे ! यदि हाम्रो देउवा दाइले यो गठबन्धन सधैंलाई गरेको हो भने कांग्रेस त सकिन्छ क्यारे ! कित माओवादी र नेकपा समाजवादी कांग्रेसमा विलय हुनु प¥यो हैन भने देउवा दाइले गठबन्धन तोड्नु प¥यो । सधै बोझ बोकेर झनझट बेसाउन कसैलेनी सक्तैन । अनि फेरि के ठूला कुरा गर्नु जनताले एमालेलाई विश्वास गरेर दिएको भोट बिचौलियाले चोरे अहिले एमालेलाई हरायौं भनेर के फूर्ति गर्नु ? न चपाइ भन्ने हो भने त, यो चाहिँ जन विश्वास प्रतिको गद्दारी नै हो ।

निहुँ खोज्ने कुरो नगर भिरघरे ! ओलीलाई चिनेको छैनस् र यसरी बोल्छस् ।

चिनेको छ काका ! कांग्रेसको साथ नपाउने हो भने चारैतिरबाट तिमारू लखेटिने छौ । मलाई ढिलो भयो काका म लागें घरतिर ।

जै नेपाल ।

Facebook Comments