परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माधव काम्रेडलाई माओवादीको जामा र कांग्रेसको झमझम स्टकोट !

फुटानी

आइते नभन है काका ! मेरो नाम काठमाडौंमा सण्डे राखेका छन् ! सण्डे भनेपछि मलाई नचिन्ने कोही छैनन् । आइते भनेको नराम्रो भयो भनेर सण्डे भन्न थालेको !

ठिकै छ नि हाम्रो पुष्पकमललाई प्रचण्ड भने जस्तै तँलाई पनि सण्डे भनौंला । अनि सण्डे भतिज ! ओलीतिर लागिस कि माधवतिर ! कि माओवादी– कांग्रेसतिरै हाम्फालिस् ?

अहिलेसम्म त माधव काम्रेडतिरै छु काका ! अस्ति विहिवारको हाम्रो निर्णय सुन्यौ न ! ओलीले २ गतेमा फर्किने भने पनि हामी मानेनौं । हाम्रो मुल माग देउवालाई समर्थन गर्ने हो । त्यो माग ओलीले पुरा गरेकै छैनन् । अनि मान्नु कसरी ! प्रचण्ड र देउवालाई खँदिलो र भरिलो बचन दिइ सकेका छौं । हामी सिद्धान्त होइन, वचनमा आधारित राजनीति गर्न लागेका छौं । देउवालाई विश्वासघात त गर्नु भएन नि !

अहिले देउवा प्रधानमन्त्री बनेपछि हामी एमालेमा फर्किने भन्ने कुरो सकिन्छ । हाम्रो अहिले देउवालाई समर्थन गर्ने २३ जना सांसद उठ्ने क्षेत्रमा माओवादी र कांग्रेसले समर्थन गर्ने भएका छन् ।

कसको समर्थन कसले गर्ने अरे कान्छा ? कुरो त निकै रमाइलो खालको गर्दैछस् जस्तो । नेपाली कांग्रेसले कल्लाई समर्थन गर्ने अरे ?
अबको प्रतिनिधिसभाको चुनापमा अहिले कायम रहेका र देउवालाई प्रधानमन्त्री बनाउन अत्यान्तै लालायित भई सही छाप गर्ने २३ जनालाई माओवादी र कांग्रेसले जिताउने जिम्मा लिएको छ । हाम्रो नेताहरु उठेको ठाउँमा उनार्को कोही पनि नउठ्ने र पूर्णरुपले सघाउने सहमति भएको छ ।

हेर भाइ ! त्यस्ता सहमतिलाई मार्दे गोली, माधव नेपाललाई काठमाडौं क्षेत्र नं. २ मा प्रतिमा गौतम, उपेन्द्र कार्की, दीपक कुइकेल, लोकेश ढकाल, पवित्रा हुमागाई जस्ता कांग्रेसका नेताहर्ले सिट छोड्दिनुपर्ने ? यस्ता कुरा चाहिँ नपत्याउँ । पार्टीले दिएन भने मिलेर एकजना विद्रोही उठ्छन् र स्वतन्त्ररुपमा जितेर आउँछन् । त्यस्तै चितवन जस्तो कांग्रेसी गढमा प्रचण्डलाई जिताउन कांग्रेसले हैसिया– हथौडामा छाप ठोक्न सक्तैन । भ्रममा नपरे हुन्छ ।

भतिज भिरघरेले ठिक कुरो ग¥यो । ‘गफले चिउरा भिज्दैन, मायाँले संसार थेग्दैन’ अछाममा भीम रावललाई अनि ओखलढुङ्गामा यज्ञ सुनुवारलाई कांग्रेसले सिट छाड्ने हो भने त्यहाँका कांग्रेस चाहिँ कमण्डलु बोकेर तीर्थाटनमा जानु ! तिमार्को भोट त्यसबेला तितरवितर हुन्छ। अनि हाम्रो एमालेले जित्छ ।

झुम्री कुरै नबुझी बोल्छे । अब हाम्रो सहमति भएपछि भयो भयो । ए बाबा हो एउटा ओलीको विरुद्ध हाम्रो पाँचजना पूर्वप्रधानमन्त्री र पाँचवटा पार्टी मिलेर पनि चुनाप जित्तैनन् भन्नु त मूर्खता हुन्छ । कि कसो भिरघरे ।

काकालाई मुख लगाए जस्तो हुन्छ कुरो त काकीले भनेको नै ठिक हो । कसैले कसैलाई छोड्दैन । अहिले जस्तोसुकै सहमति, सम्झौता, प्रतिवद्धता भए पनि पछि हाम्रो कांग्रेसका स्थानीय नेताहर्ले जितेर आउने बेलामा हामी छोड्दैनौं भनी हाल्छन् नि । पहिला नै चेत बाबा काशी भएका छन् । हौ काका देउवाले त्यहाँ चाहिँ माओवादीलाई समर्थन गर्नु भने भने तिमीलाई मैले किन छोड्ने ? म त छोड्दिन । स्वतन्त्र उठेपनि कांग्रेसहर्ले मलाई भोट दिन्छन् । तिमीलाई जित्छु ।

हेर भिरघरे । बहुदलीय व्यवस्थामा पार्टीको निर्देशन मान्नु पर्छ । हामी सबै पार्टीकै भरमा छौं ।

यस्तो कुरा नगर काका ! त्यसो हो भने माधव नेपालहर्ले पार्टीको निर्देशन किन मानेनन् ? आफ्नो पार्टी र अध्यक्षको निर्देशन विपरित हाम्रो कांग्रेस सभापति देउवा दाइलाई समर्थन गर्न लाज लागेन ? अनि हामीलाई चाहिँ पार्टीको ह्वीप लाग्ने ?

बाँङ्गो कुरो नगर भतिज ! समयलाई पर्खिन सक्नु पर्छ । कांग्रेस, माओवादी, माधव, बाबुराम, उपेन्द्र, मोहन विक्रम सप्पै एकगठ नहुने हो भने एक्ला–एक्लै ओलीले पछार्छन् ।

हेर बुढा ! तिमी पनि निहुँ खोज्ने कुरो नगर ! ‘सबै विपक्षी एकातिर लागेर विरोध गरे भने आफू ठिक छु भनेर बुझ्नु’ भनेर चाण्क्यले भनेका छन् । यही कारणले ओली ठिक छन् । ओलीले माधव नेपालको सबै माग पुरा गरे पनि उनी फर्किनेवाला छैनन् । प्रचण्ड–देउवालाई छाडेर बिचरा ! आफ्नो पार्टीमा फर्किउन पनि कसरी !

माधव काम्रेडले अब नडराई एमालेको जामा फुकालेर फाल्नु पर्छ । हाम्रो माओवादीले चिटिक्क परेको ‘स्पेशल’ जामा सिलाएर लगाई दिन्छ । डराउनै पर्दैन । त्यो जामा लगाएपछि नेपाली कांग्रेसले पनि उनलाई झिल्के ‘झमझम स्टकोट’ लगाई दिन्छ । अनि हुन्छन् उनी खाट्टी माओवादी । कि कसो सण्डे !

माधव काम्रेडलाई खसालेर नबोल है काका ! रण मैदानमा तिम्रो हाम्रो पार्टी र सप्पै नेताहरु एकातिर छौं, ओली एक्लै अर्कोतिर र पनि यहाँ तिरिखिरी भैरा छ । तिमी चै रेला गर्छौ ।

रेला होइन भाइ ! काकाले आफ्नो पार्टीको औकात अनुसार बोलेका हुन । त्यहाँभन्दा तल झर्ने ठाउँ छैन ।

के भन्छ यो भिरघरे ! अब माधव नेपाल फर्केर जान सक्तैनन् । प्रचण्डको ललिपप र देउवाको आश्वासनमा डोलायमान भर हलन्ताम हुदै माओवादी मै बस्छन् । ओलीले भोलि ५ बजेसम्मको समय देको छ । अब देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिनु अरे ! माधव काम्रेडले ज्यान जाला फिर्ता लिदैनन् ।

लौ काका ! भोलिसम्म थाहा हुन्छ । म लागें गौरी बिरौटोतिर रोपाईँ गर्न । आजलाई

जै नेपाल !

Facebook Comments