परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

छर्लङ्ग सम्झना

नदेखेकाे कति भाे,

नभेटेकाे कति भाे,

तर पनि,

यादमा,

सपनामा,

ऊ आउन छाडेकाे छैन ।

सपनामा, यादमा ।

 

 

ऊ वर्तमान बनेर,

आउन छाडेकाे छैन ।

कुराकानी, ठट्यौली

हाँस्दै बेल्न छाडेको छैन ।

 

 

थाहा छैन,

अनगिन्ती ताराहरूमा,

ऊ कुन तारा बनेर चम्किरहेकी छन ।

या, दिनमै देखिने जुन बनेर,

ऊ एकटक यता,

धर्ती नियालिरहेकी छन् ।

 

 

अब त, धमिलाे यादहरू पनि,

झन, धमिलाे भइसकेकाे जस्ताे लाग्छ ।

तर, जब सम्झनामा, सपनामा,

उनी आउछिन्,

छर्लङ्ग देखिन्छिन् ।

 

 

तर, नदेखेकाे, नभेटेकाे,

जुग भइसक्यो,

जुगौँजुग भइसक्याे ।

Facebook Comments