परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

डा. मुकेश चालिसेको कुइनेटा छिचोल्दा

पुस्तक समीक्षा

पुस्तक पढ्ने, लेख्ने, ज्ञानका कुरा सिक्ने र विज्ञहरुसंग बसेर छलफल गर्ने मेरो काम हुँदैहोइन । किनकि स्थीरतासंग, अहिलेसम्म मेरो भेट भएकै छैन । यही नयाँ साल २०७८ लाग्नु भन्दा २–४ दिन अघि बडो उत्साहका साथ किनेर ल्याएका आठवटा र तीनवटा उपहार पाएको किताब मेरो कोठमा पत्रपत्रिकासंगै असरल्ल छरिएका छन् । यिनै छरिएर रहेका मध्ये एउटा किताब बडो ध्यानपूर्वक पढें । किताबले मन छोयो र मनन गर्न बाध्य बनायो ।

धेरैका लागि परिचित नाम हो प्रा.डा. मुकेशकुमार चालिसे । उहाँले आफ्नो विज्ञताभन्दा भिन्न विधामा कलम चलाउनु भएछ । पुस्तक लेख्न निकै जाँगरको खाँचो पर्छ । त्यो पनि आफ्नो विषय विज्ञताभन्दा फरक विषयमा कलम चलाउन त अप्ठयारै पर्दो हो । तथापि डा. चालिसेले ‘मैले छिचोलेका कुइनेटा’ नामक (आत्मकथन) रसिलो र स्वादिलो पुस्तक लेख्नु भए छ । पढी सकेपछि जो कोहीले मनन गर्नै पर्छ ‘बाँदर सम्बन्धीका विज्ञले आफ्ना भोगाइका अनुभूतिहरु यति सुललित र मिठो शैलीमा कसरी प्रस्तुत गरे’ होला भनेर ।

प्रा.डा. मुकेशकुमार चालिसेले बाँदरका विशेषता त्यो पनि बाँदरको खानपान सम्बन्धी विषयमा विद्यावरिधि गर्नु भएको हो । उहाँले यस सम्बन्धी थुप्रै पुस्तक लेख्नु भएकाले पनि बुझ्न सकिन्छ । तर, ‘मैले छिचोलेका कुइनेटा’ भने साहित्यिक भनेनि हुने ऐतिहासिक भनेनि हुने पुस्तक बनेछ । किताब पढ्दै जाँदा लेखकप्रति सहानुभूति बढ्दै जान्छ । एउटा हुनेखाने र नेपालको चिनिएकै ब्यक्तिको छोराले भूमिगत बस्दाहोस् वा विद्यावारिधि गर्ने सिलसिलमा जंगलमा बस्दाहोस्, भोगेको शारीरिक र मानसिक पीडा किताब पढ्ने पाठकले आफैंले कष्ट भोग्दै छु भने ठान्न पुग्छ । हुन त त्यो कष्ट डा. चालिसेले भोगेको हो, उ आफैं कष्ट भोग्न होमिएको हो । यो बुझ्दा बुझ्दै पनि पाठकले चालिसेकै पक्षमा लाग्नै पर्ने अवस्था किताबका प्रत्येक हरफहरुले सिर्जना गरिदिन्छन् ।

‘मैले छिचोलेका कुइनेटा’ कुनै काल्पनिक कथा वा उपन्यास होइन । एउटा व्यक्तिले रहर वा कर वा समय परिस्थितिले आफ्ना भोगाइका तिता–मिठा क्षणहरु बिताएको छ । तिनै आफूले भोगेको अप्ठ्यारा क्षणहरुलाई चालिसेले किताबमा पस्कनु भएको छ । किताब पढ्दै जाँदा उपन्यास पढ्दै छु जस्तो लाग्छ । शायद लेखकीय खुवीले नै यस्तो लागेको हुनुपर्छ । लेखकले पाठकलाई आफ्नो परिवारसंग घुलमिल गराउँछन् । आफूसंगै काठमाडौंदेखि बुटवल भालुवाङतिर बास बसाउदै दाङहुदै बर्दिया पु¥याउँछन् । पाठकका लागि सहज र भोग्नेका लागि कठिन यात्रा थियो त्यो । ‘चालिसेले किन त्यो कष्ट उठाउनु भयो र अहिले के सोच्दै हुनुहुन्छ होला’ पाठकले पुस्तक पढ्दा यस्तै सोच्नेछन् ।

विसं.२०२७÷०२८ सालतिर वाम विचार राख्ने युवाहरुले पूर्वी नेपालको झापा जिल्लामा तत्कालीन ब्यवस्था र राजनीतिक पद्धति विरुद्ध विद्रोह सुरु गरे । निरङ्कुसता विरुद्ध जेहाद छेडिएको त्यो (झापा) विद्रोहले धेरै युवालाई आकर्षित ग¥यो । विद्रोहले आफ्नो आयतन पूर्वदेखि पश्चिमसम्म फैलायो । अर्थात युवाहरुलाई जागृत गराउन र विद्रोहमा होम्न झापा विद्रोह सफल भयो । फलतः प्रा.डा. मुकेश चालिसे जस्ता युवा त्यसमा समावेश हुन पुगे ।

मुकेशलाई डाक्टर बनाउने सोच परिवारको थियो । मुकेश वैज्ञानिक बनोस् भन्ने चाहना आफन्तहरुमा थियो । तर, मुकेश बन्न पुगे विद्रोहको पुल्ठो बोकेको जोशिलो योद्धा । तत्कालीन निरङकुश शासन व्यवस्थाप्रति युवा, मजदुर, किसान, बुद्धिजीवी र विद्यार्थीहरुमा चरम आक्रोस पैदा भएको थियो । मुकेश यही ब्यवस्था ढाल्ने र त्यसबेला चलेको ‘वुर्जुवा शिक्षा वहिस्कार’ गर्ने समूहमा प्रवेश भए ।

त्याग र वलिदानको भावनाले, राष्ट्र र जनताको मुक्तिको सपनाले हृदयदेखि नै समर्पित भएर मुकेशहरु क्रान्तिमा होमिए । परिणामतः मुकेश घर–परिवार त्यागेर, ‘बुर्जवा शिक्षा वहिस्कार’ गर्दै उखरमाउलो गर्मी हुने जिल्ला वर्दियातिर लागे । सर्प र जंगली जनावरसंग जोगिदै, पुलिसको आँखा छल्दै हिड्नु पर्ने बाध्यताका साथै आँतले मागेको अन्न पानी समेत भनेको बेला खान नपाई डा. चालिसेले सात वर्षे लामो समय पश्चिम नेपालमा गरिब थारु किसानहरुसंग बिताएको दुखेसो किताबले कहन्छ । तर, चालिसेले दुखको कुरा लेख्नु भएको छैन । तत्कालीन नेकपा मालेको चलनमा रहेको गोपनियता किताबमा मुकेशले अहिले पनि कायम राखे जस्तै लाग्छ । धेरै कुराहरु छोपिएका छन् सायद जति लेखिएका छन् त्यो नै काफी छ ।

जीवनको विषम परिस्थिति भोग्दै भए पनि प्रजातन्त्र ल्याउनु पर्छ, समाज सबैखाले बन्धनबाट मुक्त–स्वतन्त्र हुनुपर्छ र सामाजिक न्यायासहितको राज्यव्यवस्था स्थापना गर्नुपर्छ भन्दै मुकेश भूमिगत जीवन भोग्न लाग्नुभयो, उखरमाउलो गर्मी हुने जिल्ला वर्दियातिर । समर्पण, त्याग, वलिदानी भावना, समानता र स्वतन्त्रताको उत्कट चाहना अनि पार्टीप्रतिको त्याग र आफ्ना कामरेडहरुप्रतिको उच्च सम्मान युवा मुकेशका हतियार थिए । तर त्यस्ता धारिला र दुश्मनको किल्ला भेदन गर्ने मुकेशका हतियार २०३९ साल लाग्दा नलाग्दै सुँगुरको जग्गर उखेल्न तामसी बनेर आएका केही कमरेडहरुले भुत्ते र कामै नलाग्ने बनाई दिए । मुकेशलाई ‘गडबडिया’ को आरोप लगाइयो । ‘जग्गर उखेले जस्तै उखेलिनु पर्ने’ र ‘गोली खान लायकको’ ब्यक्तिमा मुकेश दर्ता भए । पार्टीका नेताद्वारा समर्पित योद्धाप्रति लगाइएका यस्ता कपोलकल्पित आरोपले मुकेश खिन्न र निरास बन्न पुगे । आत्महत्या नै एक मात्र उपाय ठान्ने थाले । कुन्नि अहिले के सोच्दा हुन ।

वास्तवमा २०३९ सालमा नेकपा (माले) भित्र दुई लाइनको संघर्ष सुरु भयो । ‘पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता’ भन्ने विषयलाई लिएर तलदेखि माथिसम्म मालेमा विवाद चुलियो । महासचिव सिपी मैनाली पक्षमा लागे कारवाही हुने स्थिति बन्न पुग्यो । पार्टी भित्र विग्रहको विउ रोप्न थालेको मुकेश जस्ता समर्पित योद्धाले खासै थाहा पाएनन् । सिपीको मान्छे भन्ने आरोप लागेको पत्तै भएन । वास्तवमा मुकेशहरु कुनै ब्यक्तिका मान्छे थिएनन्, पार्टीका मान्छे थिए । यस्तै योद्धाहरुलाई पार्टीप्रति वितृष्णा जगाउँदै हिड्ने कार्य गर्नेहरुले ‘गडबडिया’ र ‘गोली हान्ने’ सम्म भन्न भ्याएको यथार्थ किताबले कहन्छ ।

अन्य आकर्षणहरू

पार्टीका लागि अहोरात्र खटेर काम गर्ने योद्धाहरुलाई ‘मुकेश’ बनाइयो । समर्पित थुप्रै युवाहरुलाई सुँगुरको जग्गर उखेले जस्तै गरेर उखेलियो । किताब पढ्दै जादा झलनाथ खनाल जग्गर उखेल्ने कार्यमा लाग्नु भएको र प्रदीप नेपाल गोली हान्ने धम्की दिने कार्यमा सरिक हुनु भएको बुझिन्छ । बडो उत्साहका साथ २०३५ सालमा गठन भएको शसक्त र जुझारु पार्टीमा माथिदेखि तलसम्म चार वर्ष पुग्दा नपुग्दै धमिरा लाग्न थाली हाल्यो । पार्टी अनुशासनका कट्टर हिमायति मुकेशहरु अलमल्ल परे, जिल्लिए । पढाई त बिग्रियो नै, अब के गर्ने ? धर्मसंकट शुरुभयो ।

किताबमा मुकेश भन्नु हुन्छ– २०३५ सालदेखि विस्तारै पार्टीले छोड्दै गएको तर लोकप्रिय गुरिल्ला युद्धको तयारी भने हामी कार्यकर्ता नै गर्दै थियौं । हो, मुकेशहरु तयारी गर्दै हुनुहुन्थ्यो नेताहरु भने यही तयारीमा लागेका आफ्ना योद्धाहरुलाई ‘गडवडिया’ देख्दै थिए । मुकेशहरु बडो नरमाइलो र खिन्न हुँदै कार्यक्षेत्रबाट निराशाको पोको बोकेर फिर्किए । धेरै मुकेशहरुलाई नेताहरुले पलायन हुन र निष्कृय बस्न दुरुत्साहित गरे । किसान, विद्यार्थी, युवा, मजदुरलगायत फाँटमा निष्कृयता फैलियो । दुन्दुभी बजाउँदै, दुश्मनको सातो लिँदै अगाडि बढेको सङ्गठनमा ‘ब्रेक’ लाग्यो । अहो ! शोषण मुक्त समाज, उत्पादनका स्रोत र साधनमा सबैको पहुँच, सर्वहारा वर्गको नेतृत्व, समुन्नत नेपाल र साँच्चैको स्वतन्त्र राष्ट्र निर्माण गर्ने युवा जोश नराम्रोसंग सेलायो, थला प¥यो र पार्टीमा अर्कै खालको स्थिति उत्पन्न भयो ।

कालन्तरमा सबै नेतागण पार्टी स्वतन्त्रतामै लागे । तर त्यो नेतृत्वले सीपी ठिक भन्न र गल्ती स्वीकार गर्न सकेन । यता लेखक मुकेशले भने अहिले पनि फलामे अनुशासन र गोपनियता कायम गरेर होकि किन हो यो विषय कितावमा लेख्नु भएको छैन । तत्कालीन अवस्थाका भुक्तभोगीहरुले यो किताब पढद्दा लेखकले केही लुकाउन खाजेको तर लुकाउन खोज्दाखोज्दै पनि सबै देखिएको अनुभव गर्न सक्छन् । मुकेशको ‘मैले छिचोलेका कुइनेटा’ सबै खाले पाठकले मन लगाएर पढ्न सक्छन् । आफूलाई ‘बामपन्थतिर झुकाव छ’ भन्नेहरुले यो पुस्तक पढ्नै पर्छ । टर्रो र खरो छैन । पढ्नेहरु सबैले धन्यवाद ‘प्रा. डा. मुकेशकुमार चालिसे’ भन्ने नै छन् ।

‘२०३९ साल । त्यो वर्ष नेपालको कम्युनिष्ट र वर्गीय आन्दोलनमा ठूलो भुइँचालो आएको वर्षका रुपमा इतिहासका पानाहरुमा अंकित हुनेछन् ।’ लेखकले भन्नु भएको छ । हो, त्यही पाना नं. ९५ मा मुकेश लेख्नुहुन्छ – “त्यतिबेला नेकपा (माले) भित्र तीव्र रुपमा अन्तरसंघर्ष चलिरहेको रहेछ । प्रष्ट शब्दमा भन्नुपर्दा, तत्कालीन महासचिव सीपी मैनालीलाई हटाएर अरु कोही महासचिव बन्ने तिगडम चलिरहेको रहेछ र त्यसले अन्तरसंघर्षको रुप लिन पुगेको रहेछ । हामीले के बुझेका थियौं भने पार्टीमा जसको विचारलाई बुहमत प्राप्त छ, त्यही नै महासचिव हुन्छन् ।”

तत्कालीन समयमा सीपी मैनाली महासचीव भएको हुँदा उहाँकै विचार पार्टीमा लागु हुन्थ्यो । तर, मैनालीको विचारलाई पछार्नका निम्ति त्यतिबेला उठिरहेको पार्टी स्वतन्त्रताको नारालाई अरु नेताहरुले भने ‘यो त संशोधनवादी, बुर्जुवा नारा हो’ भनेर असहमति जनाएर पेल्न थाले (ऐ.पृष्ठ–९५) ।

हो, त्यसपछि जेलमा रहेका झापा विद्रोहका नेताहरु केपी शर्मा ओली, राधाकृष्ण मैनालीलगायतका योद्धाहरु खिन्न बन्नुभयो । भूमिगत रहेका कमरेडहरु, जुझारु र पार्टी सङ्गठनको अग्र मोर्चामा खटेका कार्यकर्ताहरु पेलिन थाले । कम्युनिष्ट आचरण, पद्धति, त्याग र वलिदानी भावनामा ह्रास आउन थाल्यो । पार्टीको ठूलो पंक्ति निष्कृय बन्यो । विद्यार्थी, मजदुर र अन्य मोर्चाका गतिविधिमा निस्तेजपन हावी भयो । त्यो त्याग र समर्पण किंवदन्ती बन्नपुग्यो । कम्युनिष्टका नाममा भएका पछिल्ला विद्रोहमा झैं त्यसताका सर्वसाधारणको हत्या, गाउँनिकाला, चन्दा आतंक र भाटे कारवाही जस्ता जनविरोधी काम भएनन् । हो, यही कारण माले पार्टीलाई जनताले अटुट विश्वास गरे । तर, नेतृत्व अन्तै बरालिई सकेको थियो ।

कालन्तरमा सबै नेतागण पार्टी स्वतन्त्रतामै लागे । तर त्यो नेतृत्वले सीपी ठिक भन्न र गल्ती स्वीकार गर्न सकेन । यता लेखक मुकेशले भने अहिले पनि फलामे अनुशासन र गोपनियता कायम गरेर होकि किन हो यो विषय कितावमा लेख्नु भएको छैन । तत्कालीन अवस्थाका भुक्तभोगीहरुले यो किताब पढद्दा लेखकले केही लुकाउन खाजेको तर लुकाउन खोज्दाखोज्दै पनि सबै देखिएको अनुभव गर्न सक्छन् । मुकेशको ‘मैले छिचोलेका कुइनेटा’ सबै खाले पाठकले मन लगाएर पढ्न सक्छन् । आफूलाई ‘बामपन्थतिर झुकाव छ’ भन्नेहरुले यो पुस्तक पढ्नै पर्छ । टर्रो र खरो छैन । पढ्नेहरु सबैले धन्यवाद ‘प्रा. डा. मुकेशकुमार चालिसे’ भन्ने नै छन् ।

Facebook Comments