परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना उपचारमा फ्रेण्डसीप सामुदायिक अस्पताल

काठमाडौं । कोरोनाको महामारी अत्यधिक बढ्दै गएपछि काठमाडौंमा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गर्न थालेका छन् । राजधानीको सुकेधारामा रहेको फ्रेण्डसीप सामुदायिक अस्पतालले पनि कोभिड सम्बन्धि उपचार सेवा सुरु गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि सबै व्यवस्थापकीय तयारी गरेर सेवा सुरु गरिएको अस्पताल सञ्चालक समितिका सदस्य राजन धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड अस्पतालबाट प्रवाह हुने सबै सेवा फ्रेण्डसीप अस्पतालबाट उपलब्ध हुने छ । ‘कोभिडका बिरामीले राजधानीमा सुविधा सम्पन्न अत्याधुनिक सेवाको अस्पताल खोजेर भौंतारिनु पर्दैन । हामीलाई ०१४४४०२०१ मा फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ ।

अस्पताल सञ्चालक समितिका सदस्य धमलाले भन्नुभयो– ‘‘हाम्रो अस्पताल कोरोनाका कारण मानवतामाथि आएको संकट विरुद्धको लडाइँमा आफ्नै हिसावले जुटेको । अहिलेको अवस्थामा कोभिडका विरामी राखेर उपचार गर्ने र अन्य इमर्जेन्सी सेवा पनि उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको छ। कोही समस्यामा पर्नुभएको भए आउनुस् स्वागत छ, हामी अथक प्रयास गर्नेछौं।’

राजधानीमा महंगो शुल्क तिरेर लाइन बसेर उपचार गर्नुपर्ने आम मानिसको बाध्यताका बिच फ्रेण्डसीप  अस्पतालले कोरोना (कोभिड) उपचार सुरु गरेको छ । यस अस्पतालमा आइसियु र विशेषज्ञ सेवा सहितको सेवा उपलब्ध छ ।

Facebook Comments