परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्पूर्ण आमाहरूप्रति साष्टाङ्ग दण्डवत् प्रणाम !

सन्दर्भ : मातातीर्थ औंशी

आमा भन्ने दुई अक्षरले बनेको यो शब्द उच्चारणमा जति सजिलो छ । प्रयोगमा उस्तै आनन्द आउने यो शब्द जति मिठो छ, त्यति अरू कुनै चिज यस धर्तिमा फलेकै छैन होला । भगवान पछिको दोस्रो रूप हो आमा । भन्छन् सबैतिर भगवान पुग्न नसक्ने हुनाले हरेक प्राणीका लागि एउटी आमा आफ्नो रूप धारण गरी बनाइदिएका हुन।

आमाबाटै प्रत्येक प्राणीले नयाँ जीवन पाउँछन् । आमाको हातमा कुन जादु छ कुन्नि गाली नै आशिर्वाद बन्दछ। मन पढेर हृदय बुझेर सबैको ठाउँ लिने आमाको स्थान कसैले लिन सक्दैन। आमा विनाको कुनै घर, घर हुँदैन। मर्ने बाटाहरू अनेक भएपनि जन्मने बाटो एउटै छ त्यो हो आमा। आमा भएको मानिस संसारमा कहिल्यै गरिब हुँदैन र आमा नभएको मानिसको कहिल्यै घर हुँदैन। सन्तानका सम्पूर्ण इच्छाहरू बुझ्ने विशाल मनकी अधिष्ठात्री, सुरसा आमाहरूप्रति मातातीर्थ औंशीका अवसर हार्दिक नमन!

आमाबाटै प्रत्येक प्राणीले नयाँ जीवन पाउँछन् । आमाको हातमा कुन जादु छ कुन्नि गाली नै आशिर्वाद बन्दछ । मन पढेर हृदय बुझेर सबैको ठाउँ लिने आमाको स्थान कसैले लिन सक्दैन। आमा विनाको कुनै घर, घर हुँदैन । मर्ने बाटाहरू अनेक भएपनि जन्मने बाटो एउटै छ त्यो हो आमा । आमा भएको मानिस संसारमा कहिल्यै गरिब हुँदैन र आमा नभएको मानिसको कहिल्यै घर हुँदैन । सन्तानका सम्पूर्ण इच्छाहरू बुझ्ने विशाल मनकी अधिष्ठात्री, सुरसा आमाहरूप्रति मातातीर्थ औंशीका अवसर हार्दिक नमन!

एउटा सन्तान जन्मनुभन्दा अगाडि देखि नै आफ्ना सन्तानलाई सम्झने कल्पनामा हराउने, भविष्य बुन्ने, पानी, असिना या चट्याङ्मा आफ्नो टाउको नजोगाइकन गर्भ जोगाउने आमाहरूलाई श्रद्धा सुमन !

बैंस, रूप, धनको प्रवाह नगरिकन मातृत्व दिन तत्पर आमाहरू शारीरिक, मानसिक दुबै बोझ सजिलै उठाउन सक्ने, भयानक गरूङ्गो पीडालाई पनि सहेर डट्न सक्ने सम्पूर्ण आमाहरूलाई नमन!

आफू कुमारी भइकन पनि आफ्नो प्रेमलाई जीवन्त राख्न गर्भ नतुहाइकन समाजसंग लडेर आफू मरेर सन्तान जन्माउने आमा समाजका नजरमा पापिनी, भोगीनी भए पनि सन्तानका लागि त आमा आमा हो, भगवान हो । बलत्कारमा परी षड्यन्त्रकारीको जालमा परेर गर्भ बोक्न बाध्य आमालाई कुनै पुरूषले नस्वीकार्दा एक्लै समाजमा लडेर सन्तान जन्माउने आमाहरूप्रति सगर्व सम्मान !

सन्तान विदेशी भूमिमा शब्द ज्ञान लिन होस् वा तातो घाम खान पठाउँदा गौरवान्वित मान्ने आमाहरू गोजीभरि डलर साटेका पैसाले आफ्नो बुढेसकाल हुँदै जाँदा सुगर, प्रेसरका र सिटामोल जस्ता आौषधि किन्न बजारसम्म जान नसक्ने, कुन बेला खाने र कुन खाने भनेर चिन्न नसक्ने आमाहरू उत्सवमा सन्तानको पर्खाइमा हुन्छन् । सन्तान आउँछन् अनि रमाउँला भन्दै एक किलो मासुमा रस हालेर गाँस टिप्दा सन्तानकै अनुहार मासुको रसमा टलक्क टल्किदा खादाखादै बिचमा गास छोड्ने आमाहरूप्रति सलाम !

सन्तान उच्च पदमा भइकन, काठमाडौंमा ठूला हवेली बनाएका सन्तानले चिल्लो गाडीमा सररर बृद्धाश्रममा लगेर राखिदिने र हरेक मातमतिर्थ औंसीका दिन एक प्याकेट विस्कुट÷हर्लिक्स लिएर भेट्न जाने कुपुत्र कुपुत्रीका देख्दा खुसी हुने आमाहरूलाई हार्दिक नमन !

अभावमा सन्तान जन्माउँदा एकसरो धोतीले आफ्नो र आफ्नो सन्तानको ओढ्ने र ओछ्याउने पु¥याउने, एकमुठी चामलको भात र ज्वानोको रस पनि खान नपाइकन प्वाल परेका छानाहरूबाट चुहिएका पानीका धारालाई बटुकोमा थाप्दै फालेर पनि सन्तान हुर्काउने आमाहरूमा हार्दिक नमन !

सुत्केरी अवस्थामा छाउपढीमा गएर बस्न बाध्य, सर्प, आधोबिच्छीले मात्र हैन बाघ, भालु र स्यालका सिकार बन्न पुगेका आमा र बच्चाहरु, सुत्केरी हुन नसकेर ब्यथाले चिच्याउँदै रगतका धारा बगाउँदै स्वास्थ्य चौकी पुग्दा डाक्टर र नर्सको अभावमा छट्पटाउँदै औषधि उपचार गर्न नपाएर ज्यान गुमाउने सयौं आमाहरू र सुडिनीका भरमा सुत्केरी गराउँदा सुडिनीका क्षमता भन्दा बाहिरी अवस्थामा पुगी सुत्केरी गराउन जाँदा मलामी बन्न विवस सम्पूर्ण सुडिनी आमाहरूप्रति हार्दिक नमन!

आफ्ना सन्तान गर्भमा बोकेका बेला सिन्दुर पुछिएर सेतो सारीमा कयौं आमाले आफ्नो खसमको यादमा पीडाले छट्पटउँदै जन्माएका कयौं गर्भे टुहुराहरू, बालिकामै बलात्कृत भई मारिएका सन्तानका यादमा आँसु बगाउँदै न्याय नपाएर छटपटिएका आमाहरूलाई हार्दिक नमन !

अपाङ्ग श्रीमान काखे नानीलाई पाल्नका लागि मजदुर भई काम गर्ने तमाम आमाहरू, अर्काको घरमा घरेलु कामदार बनी जुठो भाँडा माझ्दै भोको पेट हिड्ने अर्काको ताता र न्याना लुगा धुँदा जाडोले आफ्नो नाङ्गो आङ थरथर कमाउने र काम गर्दा गर्दै महिला हिंसामा पर्ने सम्पूर्ण आमाहरूलाई नमन !

बृद्ध बुवा आमाका सपना दुधमुखे सन्तानका पेट भर्न र आङ ढाक्न भाइ बहिनीका चिसा सपना पुरा गर्न परिवारको मियो बनी कमाउने आसले वैदेशिक रोजगारमा बलिको बोको बनेका सन्तानका कयौंसयौं दुखी आमाहरूप्रति नमन !

धनदौलतका आसमा आफ्ना आमालाई मार्ने, सम्पत्तिको तराजु अलिकति लच्कियो भनि काट्न–मार्न पछि नपर्ने नालायक सन्तानहरूले आमाका पुण्य तिथीका दिन श्राद्धमा पिण्ड बटार्दा पनि आमाप्रति रत्तिभर श्रद्धा नपलाउने कुपुत्र÷कुपुत्री भएका अभागी आमाहरूप्रति हार्दिक नमन !

पुतली खेलाउँदै गरेका हातलाई बालविवाह गरी चुरा पोतेको बन्धन भित्र पारी बालविवाह गरी दिने र सन्तान जन्माउन उमेर नपुग्दै खेलाइरहेका चुरा पोते फुटाउन बाध्य कयौं बालविधवा अनि आमा बन्न नसकेका सम्पूर्ण अभागी आमाहरूप्रति हार्दिक नमन !

एक छाक जाउलो पनि खान नसक्ने अवस्थामा पुगेकी आमाले ऋण काडेर दुई चार पैसा कमाउने आसमा विदेशी भूमिमा छोरा पठाउँदाको ऋण तिर्न नपाउँदै काठको बाकसमा पोको पारेर सन्तान फर्कदा छाती चिरिएर इन्तुनचिन्तु बनेका आमाहरूप्रति हार्दिक नमन !

घरधन्दा, बालबच्चा सम्हालेर आफूलाई कुशल वैज्ञानिक, कर्मचारी, शिक्षिका, लेखक, वकिल, राजनीतिज्ञ, गृहणी जस्ता भूमिका निर्वाह गरी सर्वाङ्गीण विकासमा लम्किएका सारा करुणा र सहासका प्रतिमूर्ति आमाहरुलाई साष्टाङ्ग दण्डवत् प्रणाम !

Facebook Comments