परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल हुन्थ्यो कहाँ?

कविता (छन्द: शार्दूलविक्रीडित)

माटो भुल्दछ को मनुष्य जिउँदो लाशै बनी लोकमा

गर्छौँ अर्पण पुष्प जन्म-दिनमा जम्मा हुँदै चोकमा

तिम्रो पौरखले छ यो मुलुक नै बाँची रहेको यहाँ

तिम्रो स्वर्ण कला र कौशलबिना नेपाल हुन्थ्यो कहाँ?॥१

 

राष्ट्रिय एकता दिवस विशेष

रामशरण नयौपाने

हाँसीरै’छ हिमाल उत्तर जहाँ यो विश्वकै भाल हो

यो नेपाल विशाल रत्नहरु झैँ खुल्ने सदाकाल हो

निर्माता खुद राष्ट्रनायक तिमी हौ मर्द नामी यहाँ

तिम्रो जन्म बिना स्वतन्त्र अटलै नेपाल हुन्थ्यो कहाँ?॥२

 

माली हौ असरल्ल फूलहरुको उद्यानका बार हौ

यो नेपाल विशाल सुन्दर रची राख्ने कलाकार हौ

उम्दा स्थान छ हो विभूतिहरुमा ब्रह्मासरीकै जहाँ

तिम्रो लक्ष्य समग्र जीत नभए नेपाल हुन्थ्यो कहाँ?॥३

 

आफैँ नित्य खटी खुँडा र खुकुरी बोकेर नानाथरी

मालातुल्य उनीकनै मुलुक यो राख्यौ तयारी गरी

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

यो नेपाल विशाल पार्न सपना देखी बढ्यौ युद्धमा

तिम्रो बुद्धि कुशाग्र दीप्त नभए नेपाल हुन्थ्यो कहाँ?॥४

 

धेरै शोषकले डसे विगमा राजा रजौटा बनी

गर्थे दोहन नै सदा मनुजको गाँसै कटाई अनि

जोडी खण्ड अखण्ड सावित भयो नेपाल सिङ्गो यहाँ

तिम्रो सोच उदार सौम्य नभए नेपाल हुन्थ्यो कहाँ?॥५

 

बन्थ्यो देश त रङ्गमञ्च अरुको हारेर दासै बनी

गोठाला सब बन्दथे जन यहाँ वैरी कसैको अनि

जोगिन्थ्यो न त सार्वभौम जनता आवाद गर्थे यहाँ

तिम्रो साहस एकता बल बिना नेपाल हुन्थ्यो कहाँ?॥६

 

यौटै हौ पृथिवी तिमी मुलुकको सामर्थ्यको सारथी

तिम्रो मूर्ति पुजी सदा मुलुकको गर्छौँ ठुलो आरती

तिम्रो पौरखले छ विश्व वनमा सम्मान हाम्रो यहाँ

तिम्रो त्याग बिना स्वतन्त्र अटलै नेपाल हुन्थ्यो कहाँ?॥७

Facebook Comments