परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माघी

कविता

डेटलाइन, बर्दिया, कन्हरा ।

आफ्नाे घर खाेज्दै,

उनीहरू जंगल पसेका थिए ।

 

माघी विशेष

प्रतीक भण्डारी

 

आफ्नाे जमिन माग्दै,

उनीहरू वनवास गएका थिए ।

कन्हराकाे विरानाे वनमा,

उनीहरूले वास राेजेका थिए ।

 

 

हरेक वर्ष,

माघीमा हुने

आफ्नाे माेलमलाईका विरुद्ध

काशीराम र उनीहरू

 वगावत गर्दै थिए ।

 

 

त्याे कमैया प्रथा विरुद्ध

जंगलबाट उठेकाे आवाज थियाे ।

 

 

२७/२८ वर्षअघि

उनीहरू विरानाे वनमा

माघी मनाउँदै थिए । 

 

 

उनीहरू माघी  त

आज पनि मनाउँदैछन्

तर मलाई यो नसोध्नुहोला –

अहिलेको डेटलाइन कहाँ ?

Facebook Comments