परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राजनीतिमा फिल्मी दृश्य ! 

आमिर खानको फिल्म PK निकै चर्चित भएपछि एउटाले गफ दिएछ -” त्यस फिल्ममा मैले निकै मार्मिक अभिनय गरेको छु। पीडादायी दृश्य थियोत्यो। फिल्ममा बम ब्लास्ट हुँदा संजय दत्तसँगै मर्ने एउटा म पनि थिएँ, हृदयविदारक दृश्य गर्नु परेको थियो मैले। फिल्ममा मलाई देखेर आमिर रोएका थिए । घोप्टोपरेर मरेको अभिनय गरेको थिएँ,  त्यसैले क्यामरामा मेरो अनुहारआएन। फिल्ममा पिठ्युँ जलेको एउटा लास देख्नु भएन? त्यो मै थिएँ।

अहिले नेताका अघिपछि स्वार्थी तत्वको भीड लागेको छ। सफलतामा रमाउन आएका ती स्वार्थी झुण्डले कहिलेसम्म धान्लान? आखिर पार्टीको शक्ति भनेको तिनै ओठ कलेटी परेका कार्यकर्ताहरु र जनता नै हुन । कार्यकर्ताले अझै पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी, बीपीकोइराला गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण नीधीलाई सम्झेर पार्टीहरुलाई माया नै गर्लान, तर जनता? जनता यी दुई पार्टीको बिर्ता त हैन, यो कसैको बपौती पनि हैन। जनतामा नेता प्रति अविश्वास र वितृष्णा उत्पन्न हुँदैछ। यो खतराको संकेत हो ।

नेपाली राजनीतिक क्षेत्रमा पनि गफ हान्ने यस्ता पात्रहरु प्रसस्त छन्। नेपालका दुई ठूलापार्टी नेकपा र काँग्रेसभित्र यस्ता पात्रहरु कोही सांसद,कोही राम्रै नियुक्ति पाएर “मजे में जिन्दगी” गुजारिरहेका छन्कोही घोप्टो परेर अभिनय गरेको नाममा त कोही राजधानीको एकादुई जुलुसमा झण्डा बोकेको चित्रको बिज्ञापन गरेर।

वास्तवमा यी दुई पार्टीहरुलाई आजको स्थितिमा ल्याउने असली हकदार भने दुखमा बाँचिरहेका ती कार्यकर्ता र जनता हुन जसले आफ्नो गाँसकाटेर हिजो पार्टीका नेताहरुलाई आश्रय दिएका थिए। जसले पार्टीका लागि आफ्ना परिवारका सदस्य समेत गुमाए। बाँचेकाको ओठ अहिले कलेटी परेको छ,  उनीहरुलाई सम्झिने कोही छैनन्। तर पनि उनीहरु धैर्य धारण गरेर बसेका छ्न। सबैको भविष्य सुध्रिए आफ्नो पनि सुध्रिने आसमा छन्।

अन्य आकर्षणहरू

सर्जक पदम गौतमको विश्रामपुर !

यात्रा

यहाँ अझै मानिस बाँकी छन्

नेपालगन्जिया

उनीहरुले संकट्का बेला जहिले पनि पार्टीलाई सघाएका छन् । आफ्ना लागि कहिल्यै मागेनन। बरु नेताहरुमा बिचलन आएको छ- बिलासिता जीवन र कुर्सीको लडाइँको बिचलन।

अहिले नेताका अघिपछि  स्वार्थी तत्वको भीड लागेको छ। सफलतामा रमाउन आएका ती स्वार्थी झुण्डले कहिलेसम्म धान्लानआखिर पार्टीको शक्ति भनेको तिनै ओठ  कलेटी परेका कार्यकर्ताहरु र जनता नै हुन  कार्यकर्ताले अझै पुष्पलाल,  मदन भण्डारी र मनमोहन अधिकारी, बीपीकोइराला गणेशमानकृष्णप्रसाद भट्टराई महेन्द्रनारायण नीधीलाई सम्झेर पार्टीहरुलाई माया नै गर्लानतर जनताजनता यी दुई पार्टीको बिर्ता त हैन,  यो कसैको बपौती पनि हैन। जनतामा नेता प्रति अविश्वास र वितृष्णा उत्पन्न हुँदैछ। यो खतराको संकेत हो ।

अहिले पनि समय छ,  नेताहरु गाउँ जानुस,  धर्ती टेक्नुहोस,  सरकारले गरेका राम्रा कामको प्रशंसाखराब कुरा बारे सचेत गराउनुहोस जनताको घाउमा मलम लगाउनुहोस ,  आग्रह- पुर्वाग्रह नपाल्नुहोस। देश बनाउँछौ भन्ने विश्वास जगाउनुहोसअहिलेसम्मको गल्तीमा क्षमा माग्नुहोस। तपाईंनेताझैं अधम र क्रूर हुदैनन् जनता। दुखित कार्यकर्ता र जनताले फेरि पनि माफ गर्ने छन्।

शहरमा रमाएर बस्नेहरुलाई गरीबको झुपडी जलिरहेको थाहा नहुन सक्छ। ख्याल गर्नुहोस्- जनताको धैर्य टुट्यो र जनता असम्यमित भए भने गणतन्त्रले पनि कुनै अर्थ राख्ने छैन। त्यतिवेला, अहिले अघिपछि लाग्ने गफाडी र स्वार्थी तत्व रमिता हेरेर ताली बजाइरहेका हुनेछन्।

Facebook Comments