कर्णाली किनारको त्यो रात
जीवनका खुड्किला
स्मरणमा ताजै रहेको अलि पुरानो कुरा हो। २०३५ साल भदौको पहिलो साता हुनुपर्छ। तत्कालीन सुदुर पश्चिमको प्रसिद्ध तीर्थस्थल बडिमालिकामा मेलाको चहलपहल चल्दै थियो। विशेषगरी खस बाहुल्य कर्णाली र सेती अञ्चलका अधिकांश जिल्लामा जनै पूर्णिमाका दिन भव्य उत्सव मनाउने चलन छ। यस क्षेत्रकै साझा आस्थाको रुपमा रहेको बडिमालिकामा त्यस भेगकै ठूलो मेला लाग्ने गर्छ। कालिकोटको कोटवाडामा पनि मेलाको राम्रै चहलपहल शुरु भइसकेको थियो।
सम्बत् २०३० को दशकताका त्रिभुवन विश्वविद्याालयको पद्धति अलि भिन्न थियो। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले प्रथम शत्र उत्तीर्ण गरेपछि वा अन्य विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन सकेर फर्केपछि उपाधी पाउन पुरा एक वर्ष राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत सरकारले तोकेको क्षेत्रमा बसेर अध्यापन गर्नु पथ्र्यो। राविसेहरूलाई शिक्षकको अभाव पूर्ति गर्न शिक्षण विधि, स्वास्थ्य, निर्माण, कृषिको तालिम सहित पठाइने गरिन्थ्यो। २०३६ सालको विद्यार्थी आन्दोलन पश्चात त्यो लोकप्रिय र उपयोगी राविसे कार्यक्रममाथि राजनीतिक स्वार्थ हावी भयो। राविसेहरूले पञ्चायत विराधी गतिविधि गाउँगाउँ पु¥याएको निचोडका साथ तत्कालीन पञ्चायति शासकहरूले रोक लगाए। हाम्रो पालामा चालु रहेको कार्यक्रम राविसे अन्तरगत शिक्षक बनेर म कालिकोट पुगेको केही समय भएको थियो।
कर्णालीतिर धामीको सामाजिक हुलिया, प्रतिष्ठा र विश्वास निकै भिन्न हुँदोरहेछ। गाउँलेहरूका लागि धामीहरू देवीदेउताका दूत हुन । धामीहरूका घरमा देवी देउताको थान हुन्छ र घरको छानामा विशेष चिन्हको रुपमा चमर राखिन्छ। उनीहरूले लामो टुप्पी राख्छन्, औंशी पूर्णीमा र खासखास तीथिमिति विशेषमा सामूहिक पूजाआजा गर्छन्।
यहाँ धामीका पनि विभिन्न मर्यादाक्रम छन्। पूर्ण रुपमा धामी उत्रिनसकेकाहरूलाई डाङ्ग्री भन्ने चलन छ। अथवा धामीका सहयोगीको रुपमा पनि उनीहरूलाई लिइन्छ।
तिनताका राविसे शिक्षकको रुपमा म कार्यरत कालिकोटको नन्दादेवी निम्न माध्यमिक विद्यालय पनि बडिमालिका मेला मनाउन एक हप्तालाई छुट्टी भयो। बडिमालिका मेलाको चहलपहल बढ्दै गयो। धामी र डाङ्ग्रीहरू ढ्याङ्ग्रा, घण्टा, चमर र थानका सरदामहरू बोकेर बेलैमा जनै पूर्णीमा बडिमालिका तिरै मान्ने गरी बाटो लागिसकेका थिए।
घरायसी प्रयोजनमा चाहिने साबुन, मिश्री र गुंड सुकाइ बनाएको गुलियो पदार्थ, गोटा, सूर्ती र कोरा कपडा (ठिठुवा) लगायतका सामान बेच्ने नान्नानो (सानो) दोकान राख्नेहरू पनि पिठ्युमा भारी बोकेर उकालो चड्न थाले। पूर्वी नेपालबाट गएको व्यक्ति नयाँ ठाँउ हेर्ने मौका ठीक माने मैले पनि बडिमालिका मेलालाई। छिमेकी कुमालगांमका प्रभु विष्टलाई हामी पनि जाने कि त भनेको मात्र के थिएँ, उनले लौन राविसे सर जाने भए रमाइलो हेर्न हुन्छ जौं भने।
हामी दुईभाइ तिनताका कर्णालीको नियमित खान्की नून रोटाको खर्च खाइकन बाटालाई समेत हुनेगरी पोका बाँधेर बाटो लागेम्। कुमालगांउ पारी रुप्सातागडाका प्राइमरी माष्टर मीनकेतन अचार्जले पनि बाइ जाम् भनेपछि हामी तीनजना भएर बाटो लाग्यौं। पूर्वतिर उखान भन्थे ‘बाटो न घाटो दगुर्छ लाटो। त्यतातिर बाटाघाटा निर्माण शुरु नै भएको थिएन। कालिकोट, जुम्ला, बझाङ्ग, बाजुरा, अछामका गाउँलेहरूले हिंडनेबाटा पनि उखान माफिककै थिए। भदौ महिना लाग्दो मात्रै भएकोले बडेमाका ढुंगा चट्टानका बीच जंगली खर, गाजो, पिर्रै पनि उम्रेर हलहलांउदो देखिन्थे।
अघि हिँडेका मान्ठा (मान्छे) का पाइतालाका डोब पहिल्याउँदै हामी उकालो लाग्दै थियौं। बाटो, गोरेटो भन्नुमात्रै त हो नि। समथर कतै थिएन, पाइताला अड्याउन बिचार पु¥याउनु पथ्र्यो र एकोहोरो उक्लनु थियो। चिप्लेटी ढुंगा पाए सहज हुन्थ्यो हिंड्नलाई, नत्र पिर्रेका मुठा समाएर त्यसैका आडमा उक्लियो र अघि लाग्यो। जिल्लाको सीमाना छुट्टिदैनथ्यो। कालिकोट त्यसै पनि जुम्लाको केही भाग छुट्याएर बनेको ७५ औं जिल्ला थियो। त्योभन्दा पहिले तिब्रिकोट थियो तर छुट्टै भूभाग।
भुईंफुल फुलेको घाँसे मैदान प्रकृतिले चिटिक्क मिलाएर ओछ्याएको गलैंचा झै देखिन्थ्यो । यसमाथि हिड्दाको लचकदार आनन्द बेग्लै थियो। लेकको तागत भनेकै पानी र कुहिरो हो, खासै अन्जाद गर्न सकिदैन कतिखेर मौसम बदलिन्छ भनेर । फुसफुस गर्दै पानी र ओस मिसिएर जमिन भिज्दै थियो। हेर्दाहेर्दै फिसफिसे हिँउ पो झर्न थाल्यो। हामी हिड्न थाल्दाखेरिको पातलो कुहिरो बाक्लिदै गयो। एकैछिन पछि त अगाडिको साथी समेत नदेखिने गरी छपक्कै ढाक्यो। काठमाडौंबाट कर्णालीतिर लाग्दा नै काट्ने बेला भइसकेका मेरा जुँगादाह्री निकै लामा भैसकेका थिए। कर्णालीको बसाईमा दाह्री काट्नेछांट्ने मेलोमेसो आफूलाई थिएन। मौलाएर लामालामा भएका ती जुँगादाह्री र आँखीभौंमा बुर्बुरती परेको पानी र हिँउले छपक्कै ढाकेको थियो। त्यसमाथि आँखाले छिचोल्न नसक्ने बाक्लो कुहिरो, अब त बाटोको मेलो नै हराउन थालिसकेको थियो।
उसै त भौगोलिक रुपमा बिकट, नयाँ संरचना भएपछि पनि आधुनिक राज्य पुगिसकेको थिएन। प्राकृतिक वातावरण, निर्जन परिवेश अनि बाटामा देख्दै सातो उडाउने काँडे शिउर भएका छेपारा र गोहोरा (सरीसृप प्रजाति लोपोन्मुख, शायाद अब हराइसके) छ्यासछ्यास्ती देखिन्थे। कोटबाडा, रुप्सातागडामा मान्छेका पातला बस्ती थिए। पटकपटक जनावरसंग आमने सामने हुनु पर्दा आङ्ग जिरिङ्ग हुन्थ्यो। जोगिएर, तर्किएर हिंड्नुपथ्र्यो। तै वाइस वर्षे लक्का जवानी भएकाले सन्तुलन गुमाएर बाटामा लडिएला भन्ने डर चैं थिएन।
बस्ती अघि नै काटिसकेका थियौं। कतै मूलको पानी अञ्जुलीमा उघाएर खाँदै, कतै रुखको टोड्कामा जम्मा भएको पानी पातको सोली बनाएर खाँदै हामी लगातार हिडी रह्यौं। एकलास जंगलको बीचको चौर पातालमा भएको खर्कमा बास माग्दा बास पनि पायौं। झोलाबाट मकैको रोटी झिकेको देखेर खर्कधनीले ठेकाबाट मोही सारेर दिए, सिलेवरको डबका भरी भरी। अंगेनाको एक छेउमा खर्कधनी सुते। अर्को छेउमा उनले दिएको लीउ (भेडाका रौंबाट बनाएको ओछ्यान) माथि हामी तीन भाइ गुडुल्कियौं। दिनभरीको हिंडाइले थाकेको ज्यान मजाले निदाइएछ।
बिहान रिमरिम उज्यालो भएपछि बाटो लागेका हामी रहर लाग्दो घाँसे मैदान, चौर हुँदै उकालो लाग्यौं। बुकी पूmल फुलेर मनमोहक देखिन्थ्यो। जडीबूटीका फुलको खालखालको मिसावट भएको वासना नाकले महशुस गरिरहेको थियो। कतै कतै तेर्सो नागीमा हिड्दा गलैंचामा टेकेको झैं भान हुन्थ्यो। त्यो दिनको मध्यान्हतिर हामी मेला लाग्ने ठाममा पुग्यौं।
अछाम, जुम्ला, कालिकोट र बाजुरा चारैपटिका डांडा जोडिएर बनेको थुम्को, बनोटको आकारले घोप्ट्याएको थुन्से झैं लाग्थ्यो। मान्छेहरू भन्थे (लालु, ठांटीकोटका भण्डारा नरहरी एकैदिन छकाल (बिहान) हिडेर यहाँ बास बस्न आइपुगेका थिए। यहीँ आएर कनफटा भएकोले उनी योगी नरहरीनाथ भएका थिए। एउटा ढुङ्गाको पर्खालले बनाएको पाटीलाई देखाएर उनैले बास बस्न बनाएको पाटी भनेर चिनाए। भदौको महिनामा पनि रायोको पात झै लहलहाउँदा केही बिरुवा थिए, तिर्थालुको भनाईमा ती बिरुवा पनि नरहरिनाथले नै ल्याएर रोपेका हुन ।
तीर्थालुले आफूसंग बोकेर ल्याएका घोचा, प्लास्टिकले पाल टाँगेका थिए। खानेकुराहरू पनि घरैदेखि नै जोहो गरी ल्याएका थिए। मेला भर्न आउनेलाई पूजा सामग्री थोरथारै किन्न पनि पाइन्थ्यो। भदौको महिना भएर हो कि कसो, घाम देख्न पाइएको थिएन। सिमसिम पानी पर्दैथियो धुम्म बादलभित्र। एउटा पालभित्र हामीले पनि टाउको लुकाउन पायौं। त्यस भेकको ठुलै मेला भएकोले मइन्टोलहरू बालेर राती डांडाको टुप्पो झिलिमिली उज्यालो थियो।
अर्को दिन जनै पूर्णिमा, मुख्य चाड भएकोले धामी, डाङ्ग्री लगायत चोखो नीतो गर्नेहरू त नुहाउन मुलतिर लागे। हामी तीन भाइ भने विहानीको नित्य कर्म गर्न खोल्सातिर लाग्यौं। डाँडामा एउटा ढुंगामा १४ हजार ४ सय फिट खोपेको देख्दा उचाई त्यति होकि भन्ने अर्थ लगाँए मैले। खोल्सामा हिउँका डल्ला प्रसस्तै थिए। हामीले हातमुख धुने काम त्यसैबाट ग¥यौं।
अनकन्टार ठाँउ, मानव बस्तीबाट दुई दिन कस्सिएर हिंड्नैपर्ने भए पनि मेलाको रौनक, परम्परा र इमान्दार आस्थाले एक हजारभन्दा धेरै मान्छेलाई तानेर बडिमालिका स्थित खस सम्प्रदायको कुलायन पुजा थलो मष्टमाण्डो पु¥याएको थियो। बझाङ्ग, बाजुरा, डोटी, अछाम, कालिकोट, जुम्ला, दैलेखसम्मका मान्छे मेलामा सहभागी थिए।
ढुंगा गाडेर त्रिशुलको छेको र वरिपरि रङ्गिचङ्गी धजा पतका फहराएर थान बनाइएको थियो। चमर हल्लांउदै, ढ्ंयाग्रो बजाएर सेतो म्याखलो भिरेका धामी, डाङ्ग्री काम्न र पर्तुन (फलाक्न) थालेपछि मेलाको रौनक नै गजब भयो। आधा दिनसम्म मेला भरेपछि अपरान्हतिर हामी तीन जनाले बाटो लाग्ने बिचार ग¥यौं।
भुईंफुल फुलेको घाँसे मैदान प्रकृतिले चिटिक्क मिलाएर ओछ्याएको गलैंचा झै देखिन्थ्यो । यसमाथि हिड्दाको लचकदार आनन्द बेग्लै थियो। लेकको तागत भनेकै पानी र कुहिरो हो, खासै अन्जाद गर्न सकिदैन कतिखेर मौसम बदलिन्छ भनेर । फुसफुस गर्दै पानी र ओस मिसिएर जमिन भिज्दै थियो। हेर्दाहेर्दै फिसफिसे हिँउ पो झर्न थाल्यो। हामी हिड्न थाल्दाखेरिको पातलो कुहिरो बाक्लिदै गयो। एकैछिन पछि त अगाडिको साथी समेत नदेखिने गरी छपक्कै ढाक्यो। काठमाडौंबाट कर्णालीतिर लाग्दा नै काट्ने बेला भइसकेका मेरा जुँगादाह्री निकै लामा भैसकेका थिए। कर्णालीको बसाईमा दाह्री काट्नेछांट्ने मेलोमेसो आफूलाई थिएन। मौलाएर लामालामा भएका ती जुँगादाह्री र आँखीभौंमा बुर्बुरती परेको पानी र हिँउले छपक्कै ढाकेको थियो। त्यसमाथि आँखाले छिचोल्न नसक्ने बाक्लो कुहिरो, अब त बाटोको मेलो नै हराउन थालिसकेको थियो।
अन्दाजी तीन घण्टा लगातार हिड्यौं होला हामी यस्तै परिवेशमा। घाम देखिन छोडिसकेको थियो। अब त झन अध्यारो, बाक्लो कुहिरोको बीच पानीको ओस र हिंउ छिचोल्दै अगाडिको यात्रा बढाउनु थियो। हामी कुहिराको काग झैं दिशा पहिल्याउन छोड्यौं। ढुक्क एउटै कुरामा थियौं कि हामी ओरालो झर्दै थियौं। नदी सुसाएको सुनिन थालेकोले हामी कर्णालीको छेउ छौं भन्ने आभाष भयो। रातले झमक्क छोप्यो। घना जंगलको बाटो शुरुभयो। घांसे चौरको बीचको जंगल हो कि भन्ने अन्दाज ग¥यौं तर अब हामीले बाटो पहिल्याउन सकेनौं, जंगल पनि छिचोल्न सकेनौं।
घना जङ्गलको बीच कतै थियौं हामी। राती मूसलधारे पानी बर्सिन थाल्यो। लगाएका लुगा जीउमा ट्याप्प टाँसिएर पाइला सार्न पनि गाह्रो गयो। जुत्ताभित्र पसेको पानीले पाइलै पिच्छे ग्याँचग्याँच आवाज दिन्थ्यो, अनि पानी जति लुगातिरै छ्यापिन्थ्यो। बाक्लै कराएका झ्याँउकिरीको आवाजले हाम्रो अन्यौलमा विरह थपिदिए जस्तो लाग्यो। हामी तीनजना मध्ये अगाडि रहेका प्रभुसरका पाइला अन्दाजले हामी पछ्याइरहेका थियौं। मोजाभित्र पसेका जूगा मास्तिर सर्दै जाँघ वा शरीरको माथ्लो भाग आइपुगे पनि थाहा नपाउने हालतमा हामी थियौं। लट्ठी टेक्ताको हातको उचाई र आँखा च्यातेर हेर्ने प्रयत्न गर्नु पर्दा बरसातीको टोपीको चेपबाट पानी शरीरभित्रै बढी पस्थ्यो। रुखमाथिका खरी जुगा टाउकामा बर्सिन्थे। यत्तिकैमा छेउमा कतै भालु कराएको आवाज सुनिन थाल्यो। हामीले अनुमान ग¥यौं– छेउमा नजिकै भालुको ओडार हुन सक्छ। मनमा चिसो पस्यो, मान्छेको गन्ध थाहा पाएर पो कराएको हो कि ! नदीको शान्त सुसाई पनि झनझन कडा हुँदै थियो।
तिनैभाई टक्क उभियौं र साउती मार्दै सल्लाह ग¥यौं। बाटो बिराइयो भन्नेमा हामी ढुक्क भयौं। भालु कराएको सुनिएको छनकमा हामी ओडारको छेउतिर छौं भन्ने शङ्का भयो। आफ्नै हात देख्न सक्ने उज्यालो पनि बाँकी थिएन। हिड्दा भिरतिर पुगियो भने गुल्टिन पनि सकिन्थ्यो। भालुको डर र भीरको सकसका बीच बाँचे मरे त्यहीँ अडिने, अगाडि नबढ्ने निधो ग¥यौं। आगो देखेपछि भालु भाग्छ भन्ने सुनेको थियो। त्यसैले झिंजा खोज्ने जमर्को ग¥यौं। ओस परेको जंगल, अघिदेखि परेको पानीमा सुख्खा झिंजा भेटिने कुनै आशा थिएन। भिजेकै भएपनि केही झिँजा भेला पारेर मीनकेतनजीले बोक्नुभएका दुइटा सलाईका सबै कांटी कोरी सक्दा पनि ओसिएर बल्न मानेनन्। तीन जनाले नै ओडीरहेको बरसाती फुकाल्यौं र नजिकैको चोकेमा उन्यौ। बस्न सम्भव थिएन, भुईं हिलाम्मे थियो। ओदानको आकारमा तीनतिर उभिएर एक अर्काका हात काँधमाथि राख्दै आड लिएर उभिने कोशिस ग¥यौं। र, त्यस रातभरका लागि यही आसन तय ग¥यांै। बरसातीको छानोले केही पानी तर्कियो होला, बाँकी सबै शरीरमै परिरह्यो। त्यतिमात्र नभइ कहिले देखिका भोका खरी जुगा रुखबाट झर्थे। हाम्रा शरीरको रगतले अघाए पछि मात्र भुईंमा खस्थे, नत्र शरीरमा नै टाँस्सिइरहन्थे। विकल्प केही थिएन, मेला भरेर फर्किएका हामी जुकालाई रगत दान नै धर्म भयो भनी चित्त बुझायौं।
जीवनमै पहिलो पटक रात त्यति लामो र पट्यारलाग्दो भइरहेको थियो । पानी पर्न अलि कम हुन थाल्यो। अंध्यारो पनि अलिक पातलो भए जस्तो हुँदै आयो। एक खालको हल्का रातो देखियो रुखहरूको बीचमा। शुभ विहानी जनाउने छकालको संकेत रहेछ, उज्यालो बढ्दै गयो। आँखा च्यातेर नाडी घडी हेर्दा करीब पाँच बज्दै थियो। क्षितिजमा लाली चडेकाले हामीलाई पूर्वदिशाको अन्दाज भयो। साढे पाँच बजेपछि हामी पूर्वदिशा पहिल्याएर केही अगाडि बढ्यौं। नदी पनि सुसाए हाम्रै झन नजिक आउँदै थियो। अब त हाम्रो अगाडि सिङ्गै दिन थियो। भालुसंगको जम्काभेटबाट पनि जोगिएका थियौं।
बोल्नलाई भालुको डर थियो। पानीको आवाजले सुनिदैन पनि थियो शायाद। ठूलोकुरो त काल नजिकै यही कतै छ कि भन्ने त्रास थियो। सास पनि थामेर फेर्दै थियौं, आफैंले समेत नसुन्ने गरी। घडी, पला, प्रहरको अन्दाज गर्ने होस समेत थिएन। आँखा खुलै थिए, हामी अंध्यारोको सम्पूर्ण घेरामा थियौं। कर्णालीका प्रभुजी, राप्तीका मीनकेतनजी र कोशीको म अदभूत समय व्यतित गर्दै थियौं, त्यो जंगलको बीचमा। एउटै डर थियो, बाँचेर भोलिपर्सि यो अनुभव कसैलाई सुनाउन पाइन्छ कि पाइदैन!
जीवनमै पहिलो पटक रात त्यति लामो र पट्यारलाग्दो भइरहेको थियो । पानी पर्न अलि कम हुन थाल्यो। अंध्यारो पनि अलिक पातलो भए जस्तो हुँदै आयो। एक खालको हल्का रातो देखियो रुखहरूको बीचमा। शुभ विहानी जनाउने छकालको संकेत रहेछ, उज्यालो बढ्दै गयो। आँखा च्यातेर नाडी घडी हेर्दा करीब पाँच बज्दै थियो। क्षितिजमा लाली चडेकाले हामीलाई पूर्वदिशाको अन्दाज भयो। साढे पाँच बजेपछि हामी पूर्वदिशा पहिल्याएर केही अगाडि बढ्यौं। नदी पनि सुसाए हाम्रै झन नजिक आउँदै थियो। अब त हाम्रो अगाडि सिङ्गै दिन थियो। भालुसंगको जम्काभेटबाट पनि जोगिएका थियौं।
नदीको विपरित दिशातर्फ करीब आधा घण्टा हिडेपछि जंगल पातलो हुँदै गयो, पानी पनि थामियो। १५ मिनेटजति अगाडि बढेपछि घाँसे मैदान पुग्यौं। भोक निद्रा सबै वेपत्ता थिए, होस अझै आइसकेको थिएन। तर पनि फूर्तिसाथ ओरालै ओरालो झर्न थाल्यौं।
झण्डै १० बजेतिर जाडे कुकुर भुकेको सुनिन थाल्यो। बस्ती, खर्कको अनुमानमा हामी कुकुर भुकेतर्पm नै बढी रह्यौं। निकैपर गोठ बाहिर किलोमा बांधिएको यौटा जौडे जाडे कुकुर किलो उखेलौंला झैं गरी हामीलाई झम्टिदै भुक्तै थियो। भालुको मुख नजिकैबाट उम्केर आएका हामी कुकुरको भुकाई त प्यारो लाग्यो। गोठाला बाहिर निस्केर फेरि भित्र पसे। हामीले गोठ छेउ पुगेर कुकुर समाती दिन अनुरोध ग¥यौं। मैले लगाएको स्काउटको लुगातिर हेर्दै ‘हल्लार’ साबहरू काँती पुगेर आउनुभो भनी सोधे। प्रहरीसंग निकै सर्तक रहन्थे गांउलेहरू। अझ भनौं साच्चै डराउँथे नै। प्रहरीको हवल्दार उनीहरूको निम्ति उच्च ओहदाको शक्तिशाली मानिन्थ्यो। अनुहारमा डरको भाव देखेर प्रभुले उहाँ त हाम्रा गाँउको राविसे माइठर (स्थानीय लवजमा मास्टरलाई गरिने उच्चारण) भनेपछि गोठालाले ठूलो सास फेरे र ढुक्क भए। बडिमालिका मेला गएर आएका भनेपछि तिर्थालु मानेर उनले कुकुर समाए र हामीलाई गोठमा बोलाए।
उनलाई अनकन्टारमा बस्नु पर्दा नियास्रो पनि लागेको हुँदो हो। हामी गोठभित्र छि¥यौं। मीनकेतन सरले पढाउनु हुने रुप्सा प्राविदेखि माथिको गाउँ माथ्लो रुप्साका बाबुछोराले गोठ राखेका रहेछन्। बाबु पिठो लिन विहानै गाउँ हिँडेछन्, छोरा गोठमा एक्लै रहेछन्। अंगेनामाथि ओटालाबाट डालो झिकेर विहान पकाको मकैको रोटो झिकेर भोकाका होलाउ, ल खाउ भनेर दिए। सिलेबरका डबकामा ठेकीबाट मोही पनि सारेर एक एक डबका दिए। हामीलाई साक्षात् देउता आएर अमृत दिए झैं लाग्यो। साँझ बास बस्न बस्ती पुग्नेमा हामी अब ढुक्क थियौं। तीनवटा अञ्चलबाट भेला भएका हामी तीनजना सकुशल फर्किएका थियौं। आनन्द त्यसैमा थियो।
रमाइलो गर्न, तीर्थाटन गर्न हिंडेका हामी बाटो बिराएर अनकण्टार जंगलमा एक रात काल कुर्दै बितायौं। भाग्यमा त विश्वास थिएन, तर संयोग बलियै रहेछ, बाँचियो। उमेर अनुसारकै जोश त होला, आफ्नै ढङ्गले नै सही, रातभरिका भय, त्रास र सास्तीभन्दा पनि सकुसल फर्किन पाउँदा बैरीको किल्ला ध्वस्त पारेर फर्किएको सैनिक जवान झैं हाम्रो खुसीको सिमा थिएन। कालिकोट, कोटवाडामा पुगेर फेरि एकपटक एक अर्कालाई हेर्दै हामी मजाले हाँस्यौं।
( मेरा जीवनका भोगाइ र अनुभुतिहरूलाई समेटेर मिठा सम्झनाहरूको श्रृङ्खला पाक्षिक रुपमा परिसंवाद डट कम मार्फत तपाईं समक्ष ल्याउने निधो गरेको छु– लेखक।)