परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउनमा ज्येष्ठ नागरिकमाथिको हिंसा

लकडाउनमा अपराधको पक्षलाई केलाउँदा अहिले अपराधका घटनामा धैरे कमी आएको छ । घरबाहिर हुने हिंसाका घटनामा कमी आउनु यतिवेला स्वाभाविक हो । तर अन्य हिंंसाका तुलनामा घरेलु हिंसाका घटनामा कमी आएको पाइएको छैन। लकडाउन भएका मुलुकहरूमा घरेलु हिंसामा बृद्धि आएको छ । हामीकहाँ पनि प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयले उजुरी परेभन्दा धेरै घरेलु हिंसाका घटना घटेको हुनसक्ने अनुमान गरेको छ । लकडाउन पछिका दिनमा आर्थिक मन्दी, बेरोजगारी र अभाव जस्ता कारणले हिंसा बढ्नसक्ने छ । अहिले, लकडाउनमा रहेका देशका सुरक्षा निकायका अघिकारीहरू लकडाउनपछि बढ्ने हिंंसा नियन्त्रण गर्न अपनाउनुपर्ने रणनीतिका विषयमा गम्भीर भएर लागेका छन् ।

लकडाउनमा बढ्दै गएको घरेलु हिसा र लकडाउन खुलेपछिका दिनमा बढ्न सक्ने हिंंसालाई नियन्त्रण गर्न सुरक्षा निकायले चाल्ने कदममा ज्येष्ठ नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ ।

सुरक्षा निकायले महिला तथा बालबालिका घरेलु हिंसाको जोखिममा रहेका मान्दछ । प्रहरीमा उनिहरू सम्बन्धी घरेलु हिंंसाका उजुरी बढि हुने गरेको पाइन्छ । प्रहरीमा पर्ने उजुरीले मात्र घरेलु हिंसाको जोखिम तय गर्र्नु मुनासिव नहोला । महिला तथा बालबालिका जति नै ज्येष्ठ ज्येष्ठ नागरिक पनि जोखिममा रहेका हुन्छन् । समाजमा जुन पक्ष कमजोर हुन्छ । उ बढि हिंसाको जोखिममा रहेको हुन्छ । शारीरिक कमजोरी भएका र अरुप्रति निर्भर हुने ज्येष्ठ नागरिक कमजोर हुन्छन् । सवै जना कमजोर हुन्छन् भन्ने छैन । तर विद्यमान कानुनि पक्षबाट हेर्ने हो भने सवै ज्येष्ठ नागरिक कमजोर देखिन्छन् । कमजोरलाइ सुरक्षा र संरक्षण गर्नु सवैको प्रमुख कर्तव्यमा पर्दछ ।

यहाँ उठान गर्न खोजेको विषय ज्येष्ठ नागरिकमाथिको हिंसा सम्बन्धी हो । ज्येष्ठ नागरिकहरूमााथि हुने हिंंसालाई घरभित्रको मामिला हो भनेर चासो दिइँदैन । गम्भीर रूपले लिइँदैन । उनीहरूमाथि घटेका हिंसालाई सम्झाइबुझाइ गर्ने वा घरभित्रै वा समुदायभित्रै सुल्झाउने तथा दवाउने गरिन्छ । मामला घर वा समुदायबाहिर जाँदा सामाजिक मर्यादा गुम्ने डर व्यक्तिदेखि समुदायसम्मलाई हुन्छ । यतिसम्म कि पीडितका कुरा सुन्न कोही चाहँदैनन् । सुनिहालेमा पनि विश्वास गर्दैनन् । हाम्रा सामाजिक मूल्य, मान्यता र आस्थाले बाबु–आमामाथि कसैले हिंसा गर्न सक्दछ भन्ने कल्पना पनि गर्दैनन् ।

हिंसाका घटना बाहिर ल्याउँदा, उजुरी गर्दा र कानुनी उपचार खोज्दा कानुनको अभावले अर्को थप समस्याको सामना गर्नुपर्ने हुन सक्दछ । उजुरी ग¥योे कानुनी उपचार पाउन सकिने अवस्था छैन । बलियो र बाध्यकारी कानुन अहिलेसम्म बन्न सकेको छैन । भएका कानुनको पहुँच अदालतसम्म छैन । सम्झाइबुझाइ भन्ने कानुनी प्रावधानले न्याय पाउन सकिँदैन । न्याय पनि नमिल्ने अनि पीडकमाथि नै भर पर्नुपर्ने अवस्थामा ज्येष्ठ नागरिक रहेका छन् । आफूमाथि भएका हिंसा सहेर, पिल्सिएर जिउनुपर्दाको पीडा अति दुःखदायी हुन्छ । यस्तो पीडाबट गुज्रिनुपर्दाको परिणाम झन् डरलाग्दो हुन्छ । मानसिक सन्तुलन गुमाउने, डिप्रेसनमा पर्ने, परित्यक्त अथवा आफूले आफैंलाई वेवास्ता गर्ने जस्ता समस्या देखापर्दछन् ।

सडक, पाटी–पौवा, मन्दिर क्षेत्रमा देखिने वेवारिसे र मागिखाने ज्येष्ठ नागरिकको संख्या दिनानुदिन बढ्न थालेका छन् । यसबाट पनि प्रष्ट हुन्छ, ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुव्र्यवहार समाजमा भित्रभित्रै झाँङ्गिदै गएको छ । अहिले नै सजग नहुने हो भने आउने पुस्ताको बुढ्यौली जविन नारकीय नहोला भन्न सकिन्न ।

छिमेकी देश भारतमा एक वर्षअघि गरिएको एउटा सर्वेक्षणमा ७१ प्रतिसत ज्येष्ठ नागरिकहरूमाथि दुव्र्यवहार हुने गरेको पाइएको छ । दुव्र्यवहार गर्नेमा परीवारभित्रकै सदस्य बढी देखिएका छन् । प्रत्येक सेकेण्डमा ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुने गरेको एक सर्वेक्षणले देखाएको छ । समान संस्कृति, सामाजिक परिवेश भएको मुलुकमा ज्येष्ठ नागरिककोे यस्तो अवस्था छ भने हामीकहाँ नहोला भन्न सकिन्न । ज्येष्ठ नागरिक हिंसा तथा दुव्र्यवहार सम्बन्धी राष्ट्रियस्तरको सर्वेक्षण नेपालमा अहिलेसम्म भएको छैन ।

ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुव्र्यवहारका क्षेत्रमा काम गर्दै आएको संस्था एजिङ नेपालले देशभरिका ज्येष्ठ नागरिकमाथि हुने हिंसा तथा दुव्र्यवहारका तथ्याङ्क राख्ने, प्रतिवेदन सार्वजनिक गर्ने काम गदै आएको पाइन्छ । उक्त संस्थाले प्रकाशनमा ल्याएको प्रतिवेदनको दुई न‌ंबर तालिकालाई हेर्दा ज्येष्ठ नागरिकहरू हाम्रो घर, परिवार र समाजमा सुरक्षित देखिँदैनन् । यसले एउटा डरलाग्दो स्थितिको चित्रण गर्दछ ।

तालिका १. नेपालमा ज्येष्ठ नागरिकहरूमाथिको दुर्व्यवहार (सन् २०१२–२०१९)
अन्य आकर्षणहरू

‘स्यो’ सम्मान कि अपमान !

अवकाशपछिको अन्योल

तालिका २. नेपालमा दुर्व्यवहारका कारण ज्येष्ठ नागरिकहरूको मृत्यु संख्या (सन् २०१२–२०१९)

एक नं. को तालिकामा  ज्येष्ठ नागरिकमाथि भएका दुव्र्यवहार र दुई नं. तालिकामा दुव्र्यवहारका कारणले मृत्यु भएको संख्या देखाएको छ । तालिका एकको यौनजन्य दुव्र्यवहारमा, हामीले कल्पना पनि गर्न नसक्ने महिला ज्येष्ठ नागरिकमाथि पनि बलात्कारका घटना हुने गरेका रहेछन् । ७० वर्षकी बुढीआमाले आफूमाथि बलात्कार भएको भन्दा कोही विश्वास गर्दैनन् । उल्टो बुढी बौलाइछे भन्नेसम्मका घटना समाचारमा आएका छन् । ती आमाले न्याय त पाइनन् । आउने दिनमा अरु आमाहरूले न्याय पाउने कि नपाउने? प्रश्न यसमा छ । किनकि यस प्रकारको हिंसा बढ्दो क्रममा रहेको देखिएको छ ।

बेवास्ताजन्य दुव्र्यवहारलाई हेर्दा, घरवाट निकालिदिएको, निस्कन बाध्य पारेको वा दुव्र्यवहार सहन नसकेर घरबाट निस्किएर वेवारिसे अवस्थामा देखिने ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको देखिन्छ । महिलाभन्दा पुरुष बढी देखिएको छ । तालिका दुईमा लिइएको तथ्याङ्क सवै वेवारिसे अवस्थामा फेला परेका मृतकको रहेको छ ।

तालिका एकमा ज्येष्ठ नागरिकमाथि कुटपिट पनि हुने गरेको रहेछ । महिलाभन्दा बढी पुरुष ज्येष्ठ नागरिकमाथि कुटपिट भएको देखिन्छ । तालिका दुईमा कुटपिटबाट आधाभन्दा बढीको मृत्यु भएको देखिन्छ । उनीहरूको पैसा चोरिदिने, झुक्यानमा पारेर सम्पत्ति हडप्नेसम्मका हिंंसा तथा दुव्र्यवहार हुने गरेको देखिन्छ ।

घरेलु हिंसाको अर्को अदृश्य पक्ष हुन्छ । जसमा हिंसा भएको हुन्छ तर देखिँदैन । देखिन्छ, प्रमाण जुट्दैन । यस किसिमका भावनात्मक रूपमा गरिने हिंसा ज्येष्ठ नागरिकहरूमाथि सवैभन्दा बढी हुने गर्दछन् ।  यस्तो हिंसाबाट पीडक सजिलैसँग उम्किरहेका हुन्छन् भने बरोबर हिंसा गर्न पुग्दछन् ।

घरेलु हिंसाभित्र ज्येष्ठ नागरिकहरूमाथि हुने हिंंसा खुलेर बाहिर आउन सकेको छैन । भित्रभित्र घरेलु समस्याका रूपमा झाङ्गिँदै छ । यी माथिका दुई तालिकाको तथ्याङ्कमा नम्वर पक्कै कम छन् । यसो हुनुमा एजिङ नेपालले सार्वजनिक भइसकेको घटना र प्रहरीमा परेको उजुरीबाट मात्र लिइएको जनाएको छ । यहाँ अंकको कुरो होइन, सृजित अवस्था र त्यसको विकसित रूपकोे कुरो हो । परिवार टुक्रिँदै जानु, मिश्रित समुदायको निर्माण, बैदेशिक रोजगारी, बसाइसराइ जस्ता कारणले यी समस्या तिव्र रूपमा बढ्दै गएका छन् । हामीकहाँ, समस्याले ठूलो रूप लिई सम्हाल्न गाह्रो भएको अवस्थामा मात्र सवैको चासोको विषय बन्ने गरेको छ । ज्येष्ठ नागरिकमाथिको हिंसा घरघर र समाजमा देखिइसकेको छ । तर छिपाउने, दबाउने गरिएको पाइन्छ । आफ्नै घर परिवार, समाजमा घटेको देख्न सकिन्छ । कसैले नदेख्नुमा ध्यान नपुगेको मात्रै हो ।

डरलाग्दो पक्ष त के हो भने बलियो कानुन, सुनिश्चित हक अधिकार, कानुनी उपचारमा प्राथमिकता र सडकदेखि सदनसम्म आवाज उठ्ने, उठाउने अवस्था हुँदाहुँदै त महिला र बालबालिका सुरक्षित नरहेको बेला कानुनको अभाव, अधिकार असुनिश्चिताको अवस्थामा हाम्रा ज्येष्ठ नागरिक सुरक्षित छन् भनेर विश्वास गर्न सकिने अवस्था छैन । लकडाउनमा बढ्दै गएको घरेलु हिसा र लकडाउन खुलेपछिका दिनमा बढ्न सक्ने हिंंसालाई नियन्त्रण गर्न सुरक्षा निकायले चाल्ने कदममा ज्येष्ठ नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ ।

Facebook Comments