परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउनका बेला अनलाइन कक्षा सञ्चालन कसरी गर्ने

विश्वभर फैलिएको नव कोरोना भाइरस महामारीबाट नेपाल पक्कै अछुत छैन । झन्डै चार हप्तादेखि स्कुल तथा कलेजहरु बन्द छन् । एकातिर बहुप्रतिक्षित एस ई ई परीक्षा रोकिएको छ भने कक्षा ११ र १२ का परीक्षाहरु पनि सरी सकेका छन् । उता कलेज र विश्वविध्यालयका कक्षा समेत स्थगन गरिएकाले लाखौ विद्यार्थीहरु वास्तविक कक्षाबाट टाढा छन् । यस्तो विषम परिस्थितिमा केही प्राध्यापकहरुले अवसरका रुपमा लिएर अनलाइन कक्षाहरु लिन थालेका छन् र लकडाउन बढ्दै गए अरु धेरै जना यो विकल्पमा जाने नै छन् । उसो त एकाध वर्ष अघि नेपाल खुला विश्वविध्यालय नै सञ्चालनमा आइसकेको परिवेशमा नेपालमा पनि अनलान कक्षाहरु लिनु नौलौ नहुन सक्छ । तर धेरैलाई यो विषयमा पूर्ण ज्ञान नहुन सक्छ । त्यसकारण यो लेख अहिलेको पीडादायी परिस्थितिमा अनलान कक्षाहरुलाई कसरी अधिक फलदायी बनाउने भन्ने कुरामा आधारित रहने छ ।

सर्वप्रथम कक्षामा प्रयोग गरिने उपकरणहरू र प्लेटफर्महरूको बारेमा विद्यार्थीहरूसंग सर्वेक्षण गर्नुपर्छ । विद्यार्थीहरुको कुन प्रविधिमा पहुँच छ र प्रयोग गर्न सहज छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ । त्यसको अलवा पाठ्यक्रम, प्रध्यापक, विद्यार्थी–विद्यार्थी बिच गरिने अन्तक्र्रियाका बारेमा योजना बुन्नुपर्छ । विद्यार्थीहरुलाई समान परिस्थितिका आधारमा समूहबद्ध गर्नु उपयुक्त हुन्छ ।

हामीले यस्ता प्रविधिहरु छनौट गर्नुपर्छ जुन कम खर्चिला र मोबाइल मैत्री हुन । यस्ता डिजिटल स्रोतहरु बनाउनुपर्छ कि त्यहाबाट विद्यार्थीहरूले सीमित डाटा योजनाहरू तथा कमजोर वाइफाइ सिग्नलका बावजुद पनि खुला पाठ्यपुस्तकहरू र प्रोग्रामहरूमा डाउनलोड गर्न सक्षम हुन । गृहकार्यहरु तोक्दा, त्यो मोबाइल फोनमा पूरा गर्न सकिने खालको भयो कि भएन विचार गर्नुपर्छ । किनभने केही विद्यार्थीहरूका लागि त्यो मात्र विकल्प हुन पनि सक्छ ।

त्यसपछि प्रविधि छनौट गर्दा विद्यार्थीहरूको राय माग्नुपर्छ । ओहायो माउन्ट यूनियन विश्वविद्यालयको मनोविज्ञानका एक प्राध्यापक तामारा डेलीका अनुसार उहाँले विद्यार्थीहरूंसँग सल्लाह गर्दा नयाँभन्दा पुराना प्रविधि मन परेको पाउनु भएको थियो । कथंकदाचित नयाँ टेक्नोलोजी प्रयोग गर्नुपर्ने छ र आफू त्ससमा पारङ्गत छैन भने पनि उनीहरुसँग सँगैसँगै त्यसको परिणामहरु अवलोकन गर्न सकिन्छ ।

दोस्रो पक्ष भनेको भच्र्युअल कक्षा विद्यार्थीहरूंसँग मिलेर निर्माण गर्नुपर्छ । विद्यार्थीहरूलाई उनीहरूको सिकाईमा केही पकड राख्न दिदा उनीहरूलाई असहायताको भावनासँग लड्न सहयोग पु¥याउँछ । विभिन्न समयमा जस्तै समयसीमाका बारेमा, उत्कृष्ट कार्यका लागि, उदाहरणका लागि वा कसरी अगाडि बढ्दै जान्ने मापन गर्ने, आदि बारेमा निर्णय लिँदा विद्यार्थीका सुझावहरु खोज्नुपर्छ । यसको मतलब प्रध्यापकले निर्णय लिने अधिकार छोड्नु हो भन्ने कदापि होइन  किनकि त्यो अन्तिम निर्णय होइन । तर यस्ता अभ्यासहरुले विद्यार्थीहरूको शिक्षामा साझेदारी बढाउने भएकाले उनीहरूको सशक्तीकरणका लागि कोशे ढुङ्गा सावित हुन्छ ।

तेस्रो कुरा भनेको परम्परावदी कक्षा जस्तै धेरै कलेजहरूका अनलाइन कक्षाहरु एक सीमित समय सीमामा सारिएका छन् , जस्तो १० बजेदेखि बेलुकी ५ बजेसम्म । यही कारण अधिकांश विद्यार्थीहरूका कक्षा छुट्नसक्छ किनकि विपत्का बेला सो समयमा उनीहरु विविध काममा गएका हुन सक्छन । केही विद्यार्थीहरू परिवारका सदस्यहरूको हेरचाहमा हुनसक्छन् वा कुनै घरमा कम्प्युटर साझा भएकाले पालैपालो चलाउनु पर्ने हुनसक्छ । घरमा इन्टरनेट नभएका विद्यार्थीहरूलाई कफि शप वा सार्वजनिक पुस्तकालयहरुमा जानु पर्ने हुनसक्छ । यही कारण पश्चिमा देशहरुका एलिट कलेजहरू पनि निमुखा विद्यार्थीहरूलाई असफल पार्दै आएका छन् । त्यसैले अब वैकल्पिक समयका बारेमा सोच्नु वाञ्छनीय हुन्छ ।

चौथो कुरा भनेको आइन्दा अधिक विद्यार्थीहरू जो दिईएको समयमा सामेल हुन सक्दैनन्, उनीहरुलाई समायोजित गर्ने तरिकाहरू खोज्न जरुरी छ । यदि शिक्षकको लेक्चर रेकर्ड गरिएमा छुटाएकाहरुले आफ्नो अनुकुल समयमा सुन्न सक्छन् । अर्को पटकको भेटघाटपछि प्रतिक्रियाहरू उनीहरूसँग बाड्नुपर्छ । जसले गर्दा सबै तप्काका विद्यार्थीहरूका भावना समेटिन सकुन अनि मात्र यस्ता कक्षा सार्थक बन्न सक्छन् ।

हामीले यस्ता प्रविधिहरु छनौट गर्नुपर्छ जुन कम खर्चिला र मोबाइल मैत्री हुन । यस्ता डिजिटल स्रोतहरु बनाउनुपर्छ कि त्यहाबाट विद्यार्थीहरूले सीमित डाटा योजनाहरू तथा कमजोर वाइफाइ सिग्नलका बावजुद पनि खुला पाठ्यपुस्तकहरू र प्रोग्रामहरूमा डाउनलोड गर्न सक्षम हुन । गृहकार्यहरु तोक्दा, त्यो मोबाइल फोनमा पूरा गर्न सकिने खालको भयो कि भएन विचार गर्नुपर्छ । किनभने केही विद्यार्थीहरूका लागि त्यो मात्र विकल्प हुन पनि सक्छ ।

पाँचौ कुरा भनेको शिक्षकका अपेक्षाहरूलाई राम्ररी केलाउनुपर्छ । यसमा पनि विद्यार्थी र शिक्षक दुवै साझेदार हुन । शिक्षकका व्यवहारहरु फरक हुनुपर्छ । शिक्षकहरु विद्यार्थीसँग समयसीमाका बारेमा लचिलो हुनुपर्छ । कसैले यदि समयमा कार्यहरु पूरा गर्न सक्दैनन् भने पनि एक विशेष असाइनमेन्ट वा विकल्पहरू दिननुपर्छ । नयाँ प्लेटफर्ममा जटील र विशिष्ट परीक्षणहरू संभव नहुन सक्छ, घरमा उनीहरुका थप संवेदनशील जिम्मेवारीका कारण, जस्तो साना भाइबहिनीहरूको हेरचाह गर्नुपर्ने दायित्व । विद्यार्थीहरुको जीवनलाई आवश्यकभन्दा कठिन र बोझिलो बनाउनउनु हुदैन ।

पाठ योजनाहरूका बारेमा विद्यार्थीलाई ज्ञान दिनुपर्छ । विद्यार्थीहरूलाई वास्तवमै के जान्नु आवश्यक छ र छैन प्राथमिकताका साथ निर्णय गर्नुपर्छ । अनलाइन कक्षा फेस टु फेस जस्तो पूर्ण नहुने भएकाले कहिलेकाहीँ गर्दा गर्दै पनि आफ्नो पकड बाहिर गएर भने जस्तो नहुन पनि सक्छ । त्यस्तो बेलामा निराश हटाउन निकै गाह्रो छ । विज्ञहरुका अनुसार यस्तो प्रतिकुल अवस्थामा पनि हिम्मत जारी  राख्नुपर्छ । सबैले बुझनुपर्छ अहिलेको अनलाइन शिक्षा संक्रमणको चरणमा छ र यो विकासक्रममा भएकोले चिन्तित भइहाल्नु पर्दैन भोलिका दिनमा पक्कै भरिलो हुनेछ ।

धेरै विद्यार्थीहरू अहिले नैराश्य र चिन्ताको सामना गरिरहेका छन् । विद्यार्थीहरूमा अवस्थित मानसिक स्वास्थ्य, आवास वा खाद्य असुरक्षा जस्ता संघर्षहरू तीव्र हुन सक्छन् । व्यक्तिगत रूपमै भेट्न नसके पनि विद्यार्थीहरूलाई शिक्षकले उनीहरुको समस्यामा साथमा छौं भनेर सन्देश दिनु पर्छ, किनकि यसले उनीहरुलाई ठूलो सान्त्वना दिन सक्छ ।

छैटौ कुरा शिक्षकले कोरोना भाइरससँग कसरी जुधिरहेछौं भनेर आआफ्ना कथाहरु सुनाउँदै उनीहरुलाई पनि अनुभव सुनाउन आमन्त्रित गर्नुपर्छ । यसले विद्यार्थीहरूमा एकताको भावना पैदा गर्न सक्छ । यसबाट उनीहरुले बुझ्छन् कि शिक्षक खाली शिक्षाविद्को रुपमा मात्र बकबक गर्दै छैन, बल्कि विद्यार्थीहरूका बारेमा एक मानव भएर सोच्छ । त्यसैले शिक्षक भाबुक हुन तयार हुनुपर्छ । मानिस भएकाले कहिलेकाहीँ शिक्षकलाई चिन्ता लाग्नु स्वाभाविक छ ।

धेरै विद्यार्थीहरू अहिले नैराश्य र चिन्ताको सामना गरिरहेका छन् । विद्यार्थीहरूमा अवस्थित मानसिक स्वास्थ्य,  आवास वा खाद्य असुरक्षा जस्ता संघर्षहरू तीव्र हुन सक्छन् । व्यक्तिगत रूपमै भेट्न नसके पनि विद्यार्थीहरूलाई शिक्षकले उनीहरुको समस्यामा साथमा छौं भनेर सन्देश दिनु पर्छ, किनकि यसले उनीहरुलाई ठूलो सान्त्वना दिन सक्छ ।

विद्यार्थीहरू कुनै समस्यामा छन भने उनीहरू आफ्ना कुरा बाँड्न शिक्षकलाई सुरक्षित व्यक्ति ठान्नुन  । उसो त शिक्षकले सल्लाहकारहरूको रूपमा पनि काम गर्नुपर्छ भनेको होइन । तर समस्यामा परेको बेला गुनासा सम्बन्धित व्यक्तिसम्म पु¥याइदिने काम गर्दा उनीहरु कृतज्ञ बन्छन् । खाना र बास सम्बन्धी वा एक्लोपना महसुस गरिरहेकाहरुलाई स्पष्ट, संक्षिप्त, भरपर्दो जानकारीको अभाव हुनसक्छ ।

शिक्षकले अशक्त विद्यार्थीहरूका बारेमा पनि सोच्नुपर्छ । अनलाइन शिक्षामा परिवर्तन गर्ना साथ क्रान्ति भइहाल्दैन । निश्चय नै विशेष अवस्थामा भएका विद्यार्थीहरूलाई परम्परागत कक्षाभन्दा फरक ठाउँको आवश्यकता पर्दछ । त्यस्ता विद्यार्थीको आवश्यकता फरक फरक हुने भएकाले क्याप्सन भिडियोहरू र उपयुक्त सामग्रीहरु सहज पहुँचमा छ भन्ने निश्चित गरेर डिजिटल मञ्चहरुमा उपलब्ध गराउनुपर्छ ।

यस्तो विषम क्षणमा शिक्षकले आफूलाई सम्हाल्नुपर्छ । योगा वा बिहानी हिडडुल जारी गरी आफूलाई फिट राख्न कोशीस गर्नुपर्छ । विद्यार्थीलाई पनि कक्षाको सुरूमा ध्यान वा साधारण कसरत गराएर कक्षा सुरु गर्नुपर्छ । शिक्षकले यस्तो तरिकाले व्यवहार र मध्यस्तता गरोस् कि उनीहरु सुरक्षित महसुस गर्दै ज्ञान हासिल गर्न उत्साहित होउन ।

यसकारण कोरोनामय अहिलेको नेपालमा पनि यदि यी विधि अनुसार भच्र्युअल कक्षा संचालन गराउने वा गरिएमा अति उपयोगी हुनेछ । होइन भने त्यो अराजक र प्रत्युतपादक सावित हुन सक्नेछ । संकटको यस घडीमा विवेकशील भएर पाइला चालौं । शिक्षकका सही कदमले विशिष्ट आयामहरू थप्नेछन् ।

Reference

KELLY FIELD. 10 Tips to Support Students in a Stressful Shift to Online Learning. Coping With Coronavirus. The Chronicle Of Higher Education, USA 2020.

सम्पर्क नंबर ९८५१२०८६१७
इमेल : eak@ku.edu.np

Facebook Comments