परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउनको अवधि बैशाख २५ गतेसम्म थप, अन्तर्राष्ट्रिय उडानमा ३१ गतेसम्म रोक

मुलुकभर सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो

काठमाडौँ, बैशाख १४ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले मुलुकभर लकडाउन अरु १० दिन थपी यही बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मुलुक गएको चैत ११ देखि लकडाउनमा छ । आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कम भइनसकेको निष्कर्ष समेत निकालेको छ । यसअघिको मन्त्रिपरिषद्को बैठकले भोलि बैशाख १५ सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा समेत यही बैशाख ३१ गतेसम्म रोक लगाएको छ । साथै,अन्तर्राष्ट्रिय सीमा समेत लकडाउन अवधिभर बन्द नै रहनेछन् । भारतीय सीमामा आई पारि क्वारेन्टिनमा रहेका नेपालीहरू भागेर नेपाल प्रवेश गरिरहेका समाचारहरू प्राप्त भइरहेका छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार, आजसम्म देशभरमा ५२ जना कोरोना भाइरसबाट सङक्रमित भएका छन् । १६ जना निको भएर घर फर्केका छन् ।अहिलेसम्ममा ५१ हजारभन्दा बढीको परीक्षण गरिएको छ । यस्तै, विदेशमा रहेका नेपालीहरूमध्ये ४९ जनाको ज्यान गएको पनि सरकारले जनाएको छ ।

 

Facebook Comments