आनन्दका चार टुक्रा
साहित्य
१.
चौतर्फी घटनामा चलिरहेछ जिन्दगी
फुल झैँ कोइलामा बलिरहेछ जिन्दगी
मानव दानव भैसके अब त यो दुनियाँमा
दूध सर्पलाई पिलाई तड्पिरहेछ जिन्दगी
यस्तो लाचार, यस्तो बेहोसी किन छु म?
ए जिन्दगी ! तेरो नजरमा दोषी किन छु म?
२.
अनौठा छन् मान्छेहरु थोरै हैरानीबाट डराउँछन्
कहिले खडेरीबाट डराउँछन्, कहिले पानीबाट डराउँछन्
मुटु हातमा लिएर हिँड्नुपर्थ्यो साँझपख डाँडापाखामा
आजकल हेर्नुस् त! जवानहरू सानो कहानीबाट डराउँछन् !!
३.
म अगाडि बढिरहेछु बाटोमा
आफ्नो जीवनको भार बोकेर
सपना अनि सम्झनाको पोको
पीडाको उपहार बोकेर !!