परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढा–बुढी 

चट्याङ प्रहार

बुढा–बुढी जीवनका मुहान

यी ज्ञानका खानी भनेर जान

गाऊ उनैको जति गुण गान

तिम्रो त्यति नै बढी राख्छ मान ।

 

दया उनैको तिमी हुर्किएको

माया उनैको तिमी फुर्किएको

उनले सिकाए तिमीलाई हिँड्न

उनले पठाए तिमीलाई पढ्न ।

 

 

होऊ तिमी झन् बलियो भनेर

खुवाउँछन् खुब कर धेर गरेर

सफा र राम्रो तिमीलाई पार्न

घिनै नमानी सब काम गर्न ।

 

आकाशमा बादल गड्गडाउँदा

सुनेर आवाज तिमी डराउँदा

च्याप्पै समाई मुटुमा लगाई

जोगाएको सम्झ बहिनी, भाइ ।

 

बुढा–बुढीको तिमी मान गर्नू

मद्दत तिमीले भरपुर गर्नू

धर्तिभरिका सब बृद्धलाई

मानेर सेवा गर है रमाई ।

Facebook Comments