परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गोपीकृष्णका मुक्तक

साहित्य

१.

खुलेको दिन, स्निग्ध आकासमा!

ईश्वरको हाँसो छरियो प्रकाशमा!!

अतृप्त प्यास बोकेर भमरा!

झुम्मिरहेछ फूलको सुवासमा!!

 

२.

झर्झर–झर्झर झरनाहरूको कलकल सुन्दर संगीत छ!

टलटल टल्किने धवल शिखरमा सरसर पवनको प्रीत छ!!

झलमल–झलमल ताराहरू चमचम चम्किने यो देशमा!

पलपल निःसृत मेहनतका पसिना, यो स्वाभिमानको जीत छ!!

 

३.

घाम पनि राम्रो लाग्छ, छायाँ पनि राम्रो!

जीवन जिउन सिकाउने माया पनि राम्रो!!

धरतीभरि कति धेरै परिवर्तन भा’छन्!

अतीतबाट खारिएको नयाँ जीवन हाम्रो!!

 

 

४.

घरैघर बनिए शहरमा गाउँ खाली–खाली भयो!

धेरैलाई गाउँ छोडाउने यो कालखण्ड नै जाली भयो!!

सिमानामा नबसेर राष्ट्रियताको डिङ हाँकि हिँड्दा!

गिध्दे नजर डुलाई हिँड्नेहरूको आज त्यहाँ हालीमुहाली भयो!!

Facebook Comments