परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सरकारमाथि गोयवल्स हमला

राजनीतिक बहस

देशको अवस्था बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् । केही पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकार विरुद्ध धारावाहिक रुपमा गोयवल्स शैलीमा असत्यलाई सत्य सावित गराउन ठेक्का लिएका छन् । केही तथाकथित बौद्धिकहरुले अफवाह फैलाउनका लागि बैना लिएका छन् । कुनै कुनै पार्टीका नेताहरुले ओली सरकारलाई बदनाम गराउन नुन खाएका छन् । लाग्छ उनीहरुको काम देशमा अराजक अवस्था सिर्जना गर्नु र आफ्नो अवैधानिक चाहना पुरा गर्नु मात्र हो । कुनै संस्थामा कोही शेयर खोज्दै छन् भने कोही १० करोड बुझेपछि ओली सरकार विरुद्ध खनिएका छन् ।

भोलि कुनै शिर्षकमा, कस्तो सामाचार लेखेर यो सरकार त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बद्नाम गर्ने भन्ने विषयमा आज गम्भीर छलफल हुन्छ । फाइभस्टार होटलको वातानुकुलित भट्टी कोठामा भएको छलफल अनुसारको समाचारले यो सरकारलाई कतिको खुइल्याउन सक्यो पर्सि यही भट्टीमा समिक्षा बैठक हुन्छ । यसरी केही सञ्चार माध्यमहरु कन्दनी कसेर यो सरकारका विरुद्ध समाचार पस्किन्छन् । हामी तिनै भट्टी निर्णयद्वारा सिर्जना गरिएका समाचार पढेर आफ्नो विचार बनाउँदै छौं । त्यही समाचार पढेर चिया पसलमा धारे हात लगाउदै यो सरकारलाई सराप्तै छौं ।

बडो गम्भीर विषय त के छ भने नेकपा कै बढ्के नेताहरु पनि वर्तमान सरकार विरुद्ध लाग्न तिनै अस्थिरता रुचाउने तत्वलाई गोप्यरुपमा रासन पानी पु¥याउँदै छन् । नेपालमा धनीमानी ठेकेदारहरुसँग अंकमाल गरेर आफ्नै सरकार विरुद्ध लाग्न र अफवाह फैलाउन उक्साउनेहरुको कोपभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली परिरहनु भएको छ । वास्तवमा हिजोआज जसरी अफवाहको खेती गरिदै छ त्यसले तत्कालै असर गरी हाल्ने त देखिदैन तर समाचार पढेर धारणा बनाउनेहरुको पंक्तिमा भने नकारात्मक सन्देश पु¥याउँछ । आफ्ना पार्टीका तथाकथित कामरेडहरुले बाहिरी रुपमै अहिले बलपूर्वक एमसीसी उचाल्दै छन् भने आन्तरिक रुपमा यती प्रकरणप्रति आक्रामक हुन उकासी रहेका छन् । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खहरेमा उर्लेर आएको पानी केही समय डोविल्कामा जमेको मात्र हो विस्तारै त्यो सुक्छ भनेर बुझ्नु पर्छ । यसमा कसैले विस्मात मान्नु पर्ने कारण रहँदैन ।

जब पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको थियो त्यस बेला पनि उहाँलाई खुइल्याउन तम्सिनेहरु धेरै थिए । उहाँले पानी जहाज, रेल, पेट्रोलियम पदार्थको अन्वेषणको कुरा गर्दा हाँसोमा उडाउन पत्रिकाको ‘फुल पेज’ लेख्नेहरु अहिले अरु नै विषय उठाएर बजारमा बेच्दै छन् । त्यसताका कागजको पानी जहाज बनाएर पहाडको चुचुरोबाट लडी रहेको कार्टुन बनाउन लगाउनेहरु, रेललाई सगरमाथाको टुप्पोबाट खसालेर पछारेको अभिनय गर्नेहरु र पेट्रोलियम पदार्थको अन्वेषणलाई ‘हावा गफ’ ठहर गर्नेहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कल्पना केपी ओलीले गर्नै हुदैन भन्दैछन् । वास्तवमा उनीहरुको कुप्रचारमा तल्लिन झुण्ड सबैलाई भ्रममा राखेर कुप्रचारले आकार लिई दिए हुन्थ्यो भन्ने सोच बोकेर कसैले दिएको दानापानी पचाउँदै छन् ।

बडो घिन लाग्दो गरी अक्षरहरु छादेर ‘यो सरकारले राष्ट्र समाप्त पा¥यो’ भन्ने घोषणा गर्छन् । धन्न उनीहरु राष्ट्र कसरी समाप्त भयो भन्ने कुरा चाहिँ लेख्न सक्तैनन् । उनीहरु भट्टीमा बसेर शेयर बजार डामाडोल भएको, जग्गाको दलाली गर्न नपाएको, बैंकले रकम जम्मा गर्दा केमा कमाएको भनेर उल्लेख गर्नु परेको, प्रधानमन्त्रीले बोलेको मन नपरेको, सञ्चार मन्त्रीको बोल्ने ‘स्टाइल’ पटक्कै मन नपरेको जस्ता कुराहरु मात्र गर्छ्रन् । एकातिर उनीहरु एमसीसीको विरोध वा समर्थन गर्न सक्तैनन् भने अर्कातिर अमेरीका र इरानका बारेमा के लेखौं के लेखौं दोधारमा छन् । यी परजीवीहरु आफ्नो मुुलुक भन्दा पनि पराई मुलुकप्रति वफादार रहेका देखिन्छन् ।

बजारमा छरिएका ठूला भनाउदा पत्रपत्रिकाका प्रत्येक पेज अफवाहका पुलिन्दा बनेर पाठक सामु पसारिएका हुन्छन् । वर्तमान सरकारले के गर्नु पथ्र्यो वा अब के गर्नु पर्छ भन्ने विषयमा पटक्कै लेखिएको हुदैन । त्यहाँ परापूर्व कालमा भारतसँग गरिएको सन्धि, लिम्पियाधुरामा बसेको भारतीय सेना, एमसीसी, केपी ओलीको सरकार बन्नु भन्दा अगावै भएका ठेक्का वा लिजका कुरा लेखिएको हुन्छ । र, त्यसको निचोडमा लेखिएको हुन्छ ‘यो सबै ओली सरकार’ कै पालामा भएको हो । राणा, राजा, गिरिजा वा देउवा जसले नराम्रो गरेको भए पनि ओली सरकारको थाप्लोमा हालेर प्रचार गर्ने चलन मौलाएको छ । यस्ता खालका कुतर्क पस्कनेहरुले वर्तमान सरकारलाई त होइन पत्रिका पढेर धारणा बनाउनेहरुलाई केही समय भ्रममा राख्न सक्छन् ।

उदाहरणका लागि भारतले लगाएको नाकाबन्दी नै काफी छ । त्यसताका लेखक बुद्धिजीवी भनाउँदाहरुको एउटा झुण्ड ‘भारतले नाकाबन्दी लगाएकै होइन, यो सबै ओली सकारकाले भारत माथि लगाएको झुठो आरोप हो’ भन्दै वीरगञ्जको मितेरी पुलमा गएर धर्ना बसे । तत्कालीन ओली सरकार माथि आरोप लगाउँदै लेखहरु लेखे । भोगी जान्नेहरुलाई गुमराहमा राख्न सकिन्छ कि भनेर भगिरथ प्रयत्न गर्दै ‘ओली ग्याँस’ भनेर दाउरा बोकेको कार्टुन बनाउन लगाएर उडाए । पराईले दिएको निमकको सोझो गर्दै तथाकथित विद्वानहरु भाङ खाएको नशामा जस्तै रमाएर नाचे । सायद नेपाली जनताले यो घटना बिर्सेको छैन । अहिले पनि त्यही जमातलाई तालिम र सातु सामल दिएर कन्दनी कसेर ओली सरकारको विरोधमा लेख्न लगाइएको छ ।

बडो घिन लाग्दो गरी अक्षरहरु छादेर ‘यो सरकारले राष्ट्र समाप्त पा¥यो’ भन्ने घोषणा गर्छन् । धन्न उनीहरु राष्ट्र कसरी समाप्त भयो भन्ने कुरा चाहिँ लेख्न सक्तैनन् । उनीहरु भट्टीमा बसेर शेयर बजार डामाडोल भएको, जग्गाको दलाली गर्न नपाएको, बैंकले रकम जम्मा गर्दा केमा कमाएको भनेर उल्लेख गर्नु परेको, प्रधानमन्त्रीले बोलेको मन नपरेको, सञ्चार मन्त्रीको बोल्ने ‘स्टाइल’ पटक्कै मन नपरेको जस्ता कुराहरु मात्र गर्छ्रन् । एकातिर उनीहरु एमसीसीको विरोध वा समर्थन गर्न सक्तैनन् भने अर्कातिर अमेरीका र इरानका बारेमा के लेखौं के लेखौं दोधारमा छन् । यी परजीवीहरु आफ्नो मुुलुक भन्दा पनि पराई मुलुकप्रति वफादार रहेका देखिन्छन् । उनीहरुको अहिलेसम्मको लेखाईमा ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा कहिल्यै समेटिएन । उनीहरुले आयात घटेको र निर्यात बढेको लेख्न सकेनन् । त्यो झुण्डले रेल आउने, आफ्नै झण्डा फहराएको पानी जहाज समुद्रमा दौडने विषय कहिल्यै लेख्न सकेनन् ।

यस लेखमा सरकारका कमी कमजोरीहरु छदै छै्रनन् भन्न खोजिएको होइन । काम गर्ने सिलसिलामा मानवीय कमी कमजोरी हुन्छन् । यस्ता कमी कमजोरी सरकारले सच्याउनु पर्छ । तर, नभएका र नगरेका विषय उठाएर विरोध गरिन्छ भने त्यसलाई संयमता पूर्वक सरकारले उठ्नै नसक्ने गरी जवाफ दिनुपर्छ । अरुले नै गरेको अपजसको भार वर्तमान सरकारले बोक्नु पर्छ भन्ने हुदैन । एनसेलको कर प्रकरण, वाइड बडी, बालुवाटार, कलंकिको जग्गा प्रकरणमा वर्तमान सरकारलाई नै मुछ्ने काम गरिदै छ । जबकि यी काण्डहरु पहिल नै भएका थिए । अहिले ती फायलहरु खोज्ने हो भने बग्रेल्ती भेटिन्छन् । यदि उहिल्यै अर्कैले गरको गल्ती तेस्र्याएर वर्तमान सरकारलाई आछेप लगाइन्छ भने ती फायल बाहिर ल्याउन मिल्ने जति निकाल्नु पर्छ । अन्यथा त्यो अफवाह फैलाउने जमातले यो सरकारलाई हदैसम्मको बद्नाम गराउन कोशिस गर्नेछ ।

आमसञ्चारका माध्यमलाई तरबारको रुपमा उज्याएर सरकारको धर्नासो ताकिदै छ । ठूला र विकाउ पत्रपत्रिकालाई भाडामा लिएर सरकार माथि खनिन लगाइएको छ । संसद र अदालतलाई समेत ‘यो विधेयक पास गर्नु, यो नगर्नु, यो पक्षमा फैसला गर्नु यो विपक्षमा गर्नु’ भनेर त्यही झुण्डले लेखेर निर्देशनात्मक धम्की दिदै छ । यस्तो अवस्थामा पनि सरकारले अफवाह चिर्न सकेको छैन । सरकारी संयन्त्रहरु निरिह सावित भएको प्रतित हुन्छ । सरकारले गरेका राम्रा कुराहरु पनि ओझेलमा परेका छन् । यसतर्फ सम्बन्धित पक्षले समवेदनशील भएर गम्भीरतापूर्वक तत्काल ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

Facebook Comments