परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ब्यापार

लघुकथा

खुब गफ्फिदै छन्नपसले बाजे ।
मान्छेहरु पनि टन्न थिए – कोही खाँदै गरेका –कोही पिऊँदै पनि । पुरुषहरु मात्र – युवा, बयस्क, पाका सबै । रात छिप्पिसके पनि के भो’त?

(एकै छिनमा लागे ग्राहकहरू ओरालो । साइडमा टोलाइरहेको मेरो आँखा पनि यस्सो घडीतिर गयो । रातको पौने दुई भैसकेको थियो ।)

पसलमा मात्र तीनजना देखिन्थे –– बृद्धोन्मुख जोडी र यिनका नवयुवक छोरा, साने ।
सानेको स्कूल बिदा रहेछ । उसै त स्कूल जान नपर्दा यिनीहरूलाई दशैं आए जस्तो हुने, झन बिदा परेकोले मस्ती भैहाल्यो नि । त्यसैले त अघिल्लो दिन नै मामाघर तिर चलेको रहेछ साने, स्कूल सकेर । एक रात उतै बसेर आजै फर्केको रे ।

अघिल्लो दिन यिनीहरूलाई हम्मे–हम्मे परेको रहेछ ग्राहक धान्न । मामाघर गएको सानेलाई बोलाएछन् –– तुरुन्तै आइज भनेर । अचानक चर्काचर्की पर्न थाल्यो आमा–छोराको । बाबु बुढो सम्हाल्न कोशिश गर्दै थिए ।

साने मुर्मुरिन्थ्यो ।
“खोइ त ग्राहक ? बेकारमा मामाघरमा रमाइरहेको मान्छेलाई बोलाएर लास्टै झूर गर्दिनुभो । त्यस्सै मान्छेहरू भीड हुन्छ भन्देर । सुत्न जान्छु म त बरू घरमा ।”

उसकी आमा भन्थिन –
“तेरो बा हिजो राती पनि सुत्न पाउनुभा’छैन । अब हेरम्न एक छिन –– यसो लाश आउन छाड्यो भने उहाँलाई पठाइदिने हो सुत्न । खुब थाक्नुभा’छ । हिजोदेखि खटेको खटेइ छन्, बुढामन्से ।”

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

अब बोल्ने पालो आएछ बुढाको । खुब पडकिनथाल्यो ः
“हैन कस्तो कुरो अर्छे sss  लाश नआएर पनि हुन्छ ? पोहोर–पोहर यो महिनामा ठाम पाउँन गाह्रो पथ्र्यो देउघाटमा । अनि बल्ल त दुई बज्दैछ । अब ल्याए भने नजिकै शहरतिर बाट ल्याउँछन् । बजारियाहरुले त खर्च पनि खुब गर्छन् । कहिले काहीँ आफैं पनि मिलेर खाइदिन पर्ने हुन्छ । दुई रात नसुतेर के हुन्छ ?

***
दाइलाई के चाहियो भन्नु : –– साहुनी अब म तिर फर्केर बोलिन ।
“चाहिंदैन केही पनि”–– अलि स्वभाविक अनि मलिन पनि –– मेरो उत्तर ।

“अनि अलि उत्ता जानुस् न त ।” बुढो प्वाक्क बोल्यो – “उ ल्याए ल्याए अर्को लाश । भन्दै थिएँ त म । त्यो चाहीँ शहरकै जस्तो छ । लस्कर छन मटर–साइकिल पनि । ल साने, सामान भर फिरीजमा ।”

तिनै बेकामे आधुनिक मलामीको भीडतिर मिसिन म आफ्नो बाटो लाग्दै थिएँ –– साह्रै नमीठो स्वरमा नेपथ्यबाट नारीको आवाज आयो : “हो भन्या, यो नकिन्ने मान्छे त मलाई पटक्कै मन पर्दैन । रातभरी निद्रा मारेर बस्नु पनि छ –– फेरि मलामी जति सबै यस्तै कन्जुस् पर्दे भने त ! है बुढा?”

के थाहा र तिनलाई –– देवघाट जाने सबै मान्छेहरु यिनका ग्राहक हुँदैनन् भनेर !

Facebook Comments