परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पुस्तक आयातमा लागेको भन्सार महसुलको असरबारे अन्तरक्रिया गरिने

काठमाडौं । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले पुस्तक आयातमा लागेको भन्सार महसुल र यसको असर विषायक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

२०७६ साल असोज १ गते बुधबार आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालका प्रतिष्ठित बुद्धिजिवी, लेखक, पत्रकार, पुस्तक प्रकाशक, विक्रेता, अभिभावक, शिक्षाविद् तथा पुस्तकसँग सम्बन्धित बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहने कुरा पनि संघका अध्यक्ष लिखतप्रसाद पाण्डेले बताउनु भएको छ ।

Facebook Comments