परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विकास र वातावरण दुवैको सन्तुलन खोज्ने कस्ले र कहिले ?

विकास वहस

हामी आफै सँग प्रश्न गरौं, हामी केका लागि लड्दै छौं ? हाम्रो एजेण्डा के हो ? कस्को हकहितको पक्षमा लड्दै छौं ? के हामीले बोलेका कुरा हाम्रो जीवनमा लागु गरेका छौं त ?

म काठमाडौ शहरको बीचमा बस्छु । घरैघरको बीचमा खुल्ला ठाँउ देख्न मुस्किल भैसकेकोछ । रुखलाई अत्यन्त माया गर्छु र आफ्नो घरमा केही रुख लागाएर हरियाली बनाँएको छु । घर वरपरका जमिनमा सिमेन्टको संरचाना बनाएर भाडामा दिनुको सट्टा सानो करेसावारी बनाएर खुल्ला छाडेको छु ताकि बर्षाको पानीले भूमिगत पानीे भण्डारको पुनर्भरणमा मद्दत पुगोस् । बर्षाको पानी जमिन मुनि जान्छ र पुनर्भरण गर्छ भनेर मनमा सन्तुष्टि आँउछ । वर्षाको पानी संकलन गरी दैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको छु ।

गत हप्ता काठमाडौमा वातावरण प्रेमीहरुको जमघट र विरोधसभा थियो । कलङ्की र महाराजगञ्ज बीचको बाटो फराकिलो पार्ने क्रममा धेरै रुख काट्नु पर्ने कुरा अगाडि आएको हुदाँ यो कुरा वातावरण प्रेमीलाई दुःख लागेर त्यसलाई ब्यक्त गर्दै रुखलाई अङ्गालो मारेर विरोध गरेका थिए । केही समय अगाडि पनि यस्तै किसिमको विरोध प्रदर्शन भएको थियो । त्यो हो निजगढमा बिमानस्थल बनाउँदा काट्नु पर्ने रुखको बिषयलाई लिएर । सामाजिक सञ्जालमा पनि ब्यापक विरोध भयो । प्रदेश २ ले रुख काट्न नदिने भन्दा राज्य र प्रदेशबीच नयाँ किसिमको द्वन्द्व शुरु भएको छ । यो विरोध हुँदै गर्दा दक्षिण अमेरीकाको एमेजन जङ्गलमा ब्यापक आगलागी भयो जस्ले हजारौ हेक्टर जङ्गल नास ग¥यो । जङ्गलमा बस्ने जनावर र अरु प्रजातीका बोटबिरुवा ध्वस्त भए । हजारौ वर्षदेखि जङ्गलमा बस्दै आएका आदिवासीकोे अस्तित्वमा पनि संकट पैदाग¥यो ।

कतिजनाले आफ्नो घर वरपरका आफ्नो जग्गामा रुख रोपेका छौं वा हरियाली कायम गरेका छौ ? गाँउ र शहरको जग्गामा, सानो ठाँउ पनि बाँकी रहेमा कि त भाडा दिएका छांै वा कुनै न कुनै संरचना बनाएर बर्षाको पानी जमिनभित्र जानबाट रोकेर ढलमा पठाएका छौं । विद्यार्थीको हकमा, कतिजनाले आफ्नो अविभावकलाई रुख रोप्न वा हरियाली कायमा गर्न प्रेरित गरेका छौ ? कतिजना वातावरणको पक्षमा आवाज उठाएर बस्यांै र नेपालमा केही हुँदैन भनेर निरास भई अमेरीका, यूरोप वा अष्ट्रेलियातिर विदेशियौं ? आफ्नो प्रतिवद्धता र धैर्य संगसंगै देश पनि त्याँगेर गयौं ।

जोकोेही स्वयम्भूको डाँडामा गएर काठमाडौ शहरतिर आँखा घुमाउने हो भने गजाङ्गगुजुङ्ग परेको घरको झुण्ड मात्र देखिन्छ । बीचबीचमा केही हरीया रुख हो कि जस्तो लाग्छ तर ठूलो परिवेशमा यी कता हराउँछन् कता । यसरी नाङ्गो पारिएको शहरमा रुख रोपेर हरियाली बनाउनु पर्नेमा भएका रुख काटेर बाटो बढाउने कुरा गर्दा मन नदुखोस् पनि किन वातावरण प्रेमीहरुको । तर विकास गर्नु सरकारको दायित्व पनि छ । यो द्वन्द्व सल्ट्याउन बीचको बाटो लिनु पर्छ । अनि बीचको बाटो के त ?

सरकारले भन्नसक्नु प¥यो हामी जति रुख काट्छौ त्यस्को दोब्वर वा तेब्वर रुख लागाउने छौं वा अन्य कुनै ब्यवस्था गर्नेछौं शहरमा हरीयाली कायम गर्न र उत्सर्जित कार्वन वातावरणबाट सोस्न । रुख काट्नु आफंैमा नराम्रो चाहि होइन, हजारौं वर्षदेखि हाम्रो सभ्यता जङ्गलको काठ र नदिनालाको पानीमा अवस्थित थियो । त्यतिबेला मानिसको संख्या थोरै भएको हुनाले रुख काटेपनि प्रकृतिले सन्तुलनमा राखेको थियो । जति जनसङ्ख्या बढ्दै गयो त्यतिनै यी प्राकृतिक स्रोतमाथि दबाव बढ्दै गयो र शहरबजारतिर रुख देख्न दुर्लभ भयो । तर रुख रोप्ने र व्यवस्थापन गर्ने जिम्मा कस्को त ? सरकारको आफ्नै एजेण्डा छ र विकास गर्दै जान्छ वातावरणलाई कम महत्व दिएर । सरकारलाई सर्तक रहन दबाव दिने हाम्रो (नागरीक समाज) जिम्मेवारी हो तर हामीले चाहिँ के गर्ने त ? रत्नपार्क वा माईतीघरमा गई विरोध मात्र गर्ने कि आफुले पनि सक्दो जिम्मेवारी लिने ?

अन्य आकर्षणहरू

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

बा-आमा देवता हाम्रा

विसं. १९७० को दशकमा भएको वातावरण/रुख बचाँउ चिप्को आन्दोलन सफल हुनुमा ठूलो मात्रामा राजस्थानका गाँउका महिलाहरुको सहभागीता थियो । वातावरण र वन विनासले उनीहरुको जिविकामा प्रत्यक्ष असर गर्दै गर्दा उनीहरुको लडाईं वन विनास कम गर्नु, निजी स्वार्थमा वन विनास गर्नेलाई निरुसाहित गर्नु, समाजमा पारिस्थितिक प्रणालीको संरक्षणमा सजगता ल्याउनु, साथसाथै त्यहाँ रहेका आदिवासीको मुद्दा अगाडि ल्याउनु थियो ।

कुनै पनि समाज अगाडि बढ्न सरकार, नागरीक समाज र संधसंस्थाहरु चाहिन्छ । यी सबैले आफ्नो दायित्व पुरा गर्दै एक अर्कासँग सन्तुलन कायम गर्नु पर्छ । यसो भएमा वातावरण र विकाससँगै लैजान मद्दत पुग्छ । तर यो प्रक्रिया एक दिनमा वा एक वर्षमा पुरा हुँदैन् । वर्षौं लाग्छ र धैर्य चाहिन्छ । अहिले यो संतुलन कायम गर्ने जिम्मा युवाको काँधमा आएको छ । विरोध पनि गरौं तर आफूले बोलेको कुरा आफ्नो जीवनमा उतारौं र अरुका लागि उदाहरण बनौं । संगसंगै विकल्प पनि विकासको विकल्पका लागि पनि चिन्तन गरौं ।

हामी आफैसँग प्रश्न गरौं– हामी केका लागि लड्दै छौं ? हाम्रो एजेण्डा के हो ? कस्को हकहितको पक्षमा लड्दै छौं ? के हामीले बोलेका कुरा हाम्रो जीवनमा लागु गरेका छौ त ? कतिजनाले आफ्नो घरवरपरका आफ्नो जग्गामा रुख रोपेका छौं वा हरियाली कायम गरेका छौ ? गाँउ र शहरको जग्गामा, सानो ठाँउ पनि बाँकी रहेमा कि त भाडा दिएका छांै वा कुनै न कुनै संरचना बनाएर बर्षाको पानी जमिनभित्र जानबाट रोकेर ढलमा पठाएका छौं । विद्यार्थीको हकमा, कतिजनाले आफ्नो अविभावकलाई रुख रोप्न वा हरियाली कायमा गर्न प्रेरित गरेका छौ ? कतिजना वातावरणको पक्षमा आवाज उठाएर बस्यांै र नेपालमा केही हुँदैन भनेर निरास भई अमेरीका, यूरोप वा अष्ट्रेलियातिर विदेशियौं ? आफ्नो प्रतिवद्धता र धैर्य संगसंगै देश पनि त्याँगेर गयौं ।

कुनै पनि समाज अगाडि बढ्न सरकार, नागरीक समाज र संधसंस्थाहरु चाहिन्छ । यी सबैले आफ्नो दायित्व पुरा गर्दै एक अर्कासँग सन्तुलन कायम गर्नु पर्छ । यसो भएमा वातावरण र विकाससँगै लैजान मद्दत पुग्छ । तर यो प्रक्रिया एक दिनमा वा एक वर्षमा पुरा हुँदैन् । वर्षौं लाग्छ र धैर्य चाहिन्छ । अहिले यो संतुलन कायम गर्ने जिम्मा युवाको काँधमा आएको छ । विरोध पनि गरौं तर आफूले बोलेको कुरा आफ्नो जीवनमा उतारौं र अरुका लागि उदाहरण बनौं । संगसंगै विकल्प पनि विकासको विकल्पका लागि पनि चिन्तन गरौं ।

आफ्नो लक्ष्य समाजमा आवाज उठाउँन नसक्ने मानिस÷समूह वा असहाय प्राणीतिर लक्षित गरौं । यसो गरेमा मात्र हामी सही ढंगले वातावरण प्रेमी हुन सक्छौं र अरुलाई पनि प्रेरित गर्न सक्छांै । कुरा आयो, कलङ्की र महाराजगंजबीचको रुखको कुरा, यसका लागि युवाहरको अगुवाइमा सरकारसँग वार्ता गरी काटेको रुखको दोब्वर वा तेब्वर रुख लागाउने प्रतिवद्धता लिउँ र काम भएको छ कि छैन भनेर कडाइका साथ अनुगमन गरौं । हाम्रो अन्तिम लक्ष्य आफ्नो बासस्थानलाई हरियो र स्वच्छ बनाउने हो यस्मा एक अर्काको हातेमालो गरौं, लक्ष्यमा पुगौं । यसैमा नै सबैको हित निहित छ ।

Facebook Comments