परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘साहित्य संसार’ हाक्ने मेरा जेठाजु दहाल यज्ञनिधिको सम्झना

संस्मरण

घरमा प्रायः रेडियो बजिरहन्थ्यो । बुवाले सुनिरहनुपर्ने । घरभरिका सबैले सुन्नेगरी बजेको रेडियो मैले पनि नसुन्ने कुरै हुँदैनथ्यो । बुवाको चासो त्यसमा आउने समाचारमा हुन्थ्यो । आमा र मेरो आकर्षण गीतिकथा, नाटकमा हुनेगर्थे । दाजु र भाइहरू विशेषगरेर गीत सुन्न मनपराउँथे ।

स्वर्गीय दाहाल यज्ञनिधि

छ–सात कक्षा पढ्दादेखि म रेडियो नेपालबाट प्रसार हुने साहित्य संसार कार्यक्रमका प्रस्तोता यज्ञनिधि दहालको प्रशंसक भएँ । सातामा दुई दिन आउने यो कार्यक्रम सुन्न मेरा साहिला काका नगेन्द्र पोखरेल ‘रावाली’ पनि भेला हुनुहुन्थ्यो ।

यज्ञनिधि दहालको आवाज मलाई ज्यादै राम्रो लाग्थ्यो । उहाँले सञ्चालन गर्ने कार्यक्रम भरसक छुटाउँदिन थिएँ । ममात्रै होइन हाम्रो घरका सबै जना सुन्थ्यौँ, उहाँका कार्यक्रम । छिमेकका अरूहरू पनि त्यसैगरी सुन्ने गर्दथे । कार्यक्रमका विषयमा कुरा गर्दथे ।

उहाँका कार्यक्रम मनपर्नुमा उहाँको बोली नै प्रमुख थियो । मीठो स्वरका धनी उहाँले लयहालेर पढेका कविताले मुग्ध पार्थे । उहाँले प्रयोग गर्ने गाउँघरकै जस्तो शैलीले श्रोतालाई सँगै बसेर कुरा गरेको जस्तो बनाउँथ्यो । आफूले बोल्ने गरेको लयमा प्रयोग गरिने शब्दले श्रोताका मन रमाउथे ।

उहाँ आफूलाई गरीबका पक्षमा उभ्याउनुहुन्थ्यो । शोषित, पीडित, दलितका पक्षमा बोल्नुहुन्थ्यो । सामन्तहरूको उछित्तो काड्नुहुन्थ्यो । त्यसै भएर पनि उहाँको कार्यक्रम म जस्ता आम नेपालीलाई मन पर्थे ।

आफूले आदर्श मानेको व्यक्तित्वलाई भेट्ने चाहना सबैमा हुन्छ । त्यस्ता व्यक्तिसँग भेटेर कुरा गर्ने, सँगै फोटो खिचाउने रहर हुनु स्वाभाविक मानिन्छ । अचेल त झन् ‘सेल्फि’ को जमाना छ ।

उहाँलाई प्रत्यक्ष भेट्न, उहाँका कुरा सुनिरहन पाए हुन्थ्यो जस्तो लाथ्यो मलाई । अन्ततः २०४३ सालको कात्तिक वा मङ्सिर महिनामा उहाँलाई प्रत्यक्ष भेट्ने मौका पाएँ ।

विक्रम संवत २०४२ सालमा बिहे भएर म पुगेको घर उहाँकी साहिली फुपूको रहेछ । मेरा श्रीमान् उहाका भानिज–भाइ (कतै कतै बाहुन–भाइ पनि भनिन्छ) हुनुहुँदो रहेछ । काठमाडौँबाट फुपूलाई भेट्न सुनसरी जिल्लाको इनरुवामा पुग्दा उहाँलाई मैलै प्रत्यक्ष भेट्ने मौका पाएकी हुँ । त्यसबेला उहाँले हामीलाई हेरेर भन्नुभएको सम्झन्छु– ‘जोडी मिलेकै रहेछ ।’

साहित्यिक व्यक्तित्वका रूपमा उहाँ प्रशिद्ध हुनुभयो । राजनीतिकरूपमा पनि उहाँ निकै सशक्त हुनुहुन्थ्यो । एकपटक खै के विषयमा हो– सिंहदरबार अगाडि प्रहरीले कुटेर सुम्लैसुम्ला भएका थिए । उहाँ सधैँ प्रजातन्त्र, समाजवाद र गणतन्त्रका पक्षमा रहेको मैले पाएँ । उहाँले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहनुभएको थियो । रोगले धेरै च्यापेपछि उपचारका लागि भारतको चेन्नई (मद्रास) जानुभयो । त्यहीँ उहाँका दुईवटै मिर्गौला फालेर अर्काको एउटा मिर्गौैला प्रत्यारोपण गरियो ।

मेरा श्रीमान् काठमाडौँ घुम्न आउँदा उहाँका नपुग्ने कुरै हुँदैनथ्यो । त्यसक्रममा एक दिन मेरा श्रीमान्लाई ‘तिमीले स्नातक गरेको भए अस्थायी शाखा अधिकृतको पदमा विज्ञापन भएको रहेछ, त्यहाँ निवेदन दिनू’ भन्नुभएछ । नभन्दै मेरा श्रीमान् त्यस पदमा छानिएर काम गर्न थाल्नुभएछ ।

विराटनगरमा नेपाली एमए पहिलो वर्षको परीक्षा दिएर घुम्न २०४५ सालमा काठमाडौँ पुग्नुभएका श्रीमान् त्यसपछि यस्तै बस्न थाल्नुभयो । ठूलो छोरोलाई पनि आफूसँगै काठमाडाँैमै राखेर पढाउन थाल्नुभयो । २०४८ सालमा कान्छो छोरो र मलाई पनि काठमाडौँ नै ल्याउनुभयो ।

काठमाडौँको बसाइपछि यज्ञनिधि दाजुसँग प्रायः दैनिकजसो भेट हुनथाल्यो । उहाँको घरमै गएर भेट्ने, गफ गर्ने कुरा सामान्य जस्तै भयो । उहाँको स्वरबोली, उहाँले प्रयोग गर्ने शब्द अनि शैली झन् झन् राम्रो लाग्नथाल्यो ।

हामीसँग हाम्रा भानिज पनि बस्नुहुन्थ्यो । छोराहरू उहाँसँग झ्याम्मिन्थे । उहाँसँग पढ्थे पनि । यज्ञनिधि दहाल ‘दरबार’, ‘सामन्त’ जस्ता प्रथाका घोर विरोधी हुनुहुन्थ्यो । दरबारलाई ‘ठूलो पर्खालभित्रको’ भन्ने गर्नुहुन्थ्यो । मेरा दुईवटै छोराले भने भान्दाजुबाट दरबारिया भाषाका शब्दहरू प्रयोग गर्न सिकेका थिए ।

दहाल दाजु प्रायः हामी बसेको ठाउँमा पनि आइरहनुहुन्थ्यो । हामी पनि अनामनगरमा रहेको उहाँको घर ‘दहालको दैलो’ गइरहन्थ्यौँ । त्यसक्रममा गफगाफ हुँदा हाम्रा छोराले ‘बक्सियोस्’ जस्ता दरबारिया शब्द प्रयोग गर्थे । उहाँ कारणसहित त्यसो गर्नुहुँदैन भनेर सम्झाउनुहुन्थ्यो ।

साहित्यिक व्यक्तित्वका रूपमा उहाँ प्रशिद्ध हुनुभयो । राजनीतिकरूपमा पनि उहाँ निकै सशक्त हुनुहुन्थ्यो । एकपटक खै के विषयमा हो– सिंहदरबार अगाडि प्रहरीले कुटेर सुम्लैसुम्ला भएका थिए । उहाँ सधैँ प्रजातन्त्र, समाजवाद र गणतन्त्रका पक्षमा रहेको मैले पाएँ ।

उहाँले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहनुभएको थियो । रोगले धेरै च्यापेपछि उपचारका लागि भारतको चेन्नई (मद्रास) जानुभयो । त्यहीँ उहाँका दुईवटै मिर्गौला फालेर अर्काको एउटा मिर्गौैला प्रत्यारोपण गरियो ।

रोकिन नजान्नेको नाम हो– समय । यसको गति अनुसार हामीले दहाल यज्ञनिधि अर्थात मेरा मामा ससुराका छोरा, मेरा जेठाजुलाई गुमाएको वर्ष दिन पनि पुग्यो । २०७५ साउन १५ गतेको त्यो दिन डरलाग्दो सपना बनेर मेरा मनमा बसिरहेको छ । डर देखाइरहेको छ ।

‘के छ बा उषा ?’ भन्ने उहाँको लयालु बोली सुन्नबाट वञ्चित हुनुपरेको छ । कहिले काहीँ फोन गर्दा ‘जदौ, कसले गर्नुभएको फोन ?’ भन्ने प्रतिउत्तर सुन्न नपाइने भएको छ ।

चेन्नईबाट फर्किएपछि उहाँले औषधि खाएको देख्दा मलाई डर लाग्थ्यो । आजभन्दा झण्डै १५ वर्ष अगाडि महिनाकै ३० हजार रुपियाँभन्दा बढी उहाँको औषधिमा खर्च हुन्थ्यो । औषधि खानुपरे पनि पहिलेको भन्दा उहाँको स्वास्थ्यमा निकै सुधार आएको थियो ।
मिर्गौला फेरेका मानिसले धूलो, धूवाँबाट बच्नुपर्दो रहेछ । मानिस धेरै भएको ठाउँमा जानुहुँदैन रहेछ । रुघाखोकी लागेकाहरूबाट त झनै पर बस्नुपर्दो रहेछ । खानपीनमा पनि निकै परहेज गर्नुपर्दो रहेछ । यति हुँदाहुँदै पनि उहाँ ‘मास्क’ लगाएर हिड्ने गर्नुहुन्थ्यो ।

उहाँको स्मरणशक्ति निकै राम्रो थियो । सबै बहिनी, भाञ्जी, बुहारीलाई नाम लिएरै बोलाउनुहुन्थ्यो । ‘बा’ भन्ने उहाँको थेगो निकै आत्मीय लाग्थ्यो मलाई ।

परिस्थिति सधैँ एकैनास हुँदैन । दाजुको सम्बन्धमा पनि त्यही भयो । फेरेको मिर्गौलाले १०–११ वर्षसम्म त राम्रै काम ग¥यो । त्यसपछि भने उहाँले हेमोडाइलिसिस गराउनुप¥यो । डाइलासिससँगै औषधि खानेक्रम पनि चलिरहेको थियो ।

अनायास एक दिन खाना खाएर चुठिसकेर घरपछाडि निस्केर भित्र पस्न खोज्दा लड्नुभएछ । टाउकोमा चोट लागेछ । हतार हतार उहाँले सधैँ उपचार गराउने ठाउँमा पु¥याउँदा स्नायु (न्युरो) विशेषज्ञ भएको अस्पताल लग्न सल्लाह दिएछन् डाक्टरले । त्यहाँ अनेक उपाय गर्दा पनि केही लागेन ।

रोकिन नजान्नेको नाम हो– समय । यसको गति अनुसार हामीले दहाल यज्ञनिधि अर्थात मेरा मामा ससुराका छोरा, मेरा जेठाजुलाई गुमाएको वर्ष दिन पनि पुग्यो । २०७५ साउन १५ गतेको त्यो दिन डरलाग्दो सपना बनेर मेरा मनमा बसिरहेको छ । डर देखाइरहेको छ ।
‘के छ बा उषा ?’ भन्ने उहाँको लयालु बोली सुन्नबाट वञ्चित हुनुपरेको छ । कहिले काहीँ फोन गर्दा ‘जदौ, कसले गर्नुभएको फोन ?’ भन्ने प्रतिउत्तर सुन्न नपाइने भएको छ ।

उहाँको सम्झनाले मुटु त्यसै त्यसै एकतमासको भएर आउँछ । रेडियो नेपालको त्यो कार्यक्रम, दाजुको त्यो स्वर अनि उहाँले बान्कीपारेर प्रयोग गर्नुभएका शब्द सुनिरहन मन नभएको त कहाँ हो र ? जति र जस्तै भए पनि यथार्थ नस्वीकारी नहुने । उहाँमा हृदयदेखि नै श्रद्धाञ्जलि ।

Facebook Comments