परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संसद्मा प्रधानमन्त्रीको सम्बोधनमा अवरोध, पत्रकार सम्मेलनमार्फत् राष्ट्रलाई सम्बोधन, लाेकतन्त्रको रक्षा गर्न जनतालाईआह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज संसद्मा सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि उहाँले पत्रकार सममेलन गरी राष्ट्रसामु सरकारको धारणा राख्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखि लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको हैसियतमा संसद्मा सम्बाेधन  गरर्न नदिएको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिनुभयो ।

यस विषयमा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले भने पहिले आफूले प्रधानमन्त्रीलाई कुरा सुनाउनुपर्ने भएका कारण पहिले प्रधानमन्त्रीलाई बोल्न अवरोध गरेको प्रतिक्रिया दिनुभएको कुरा सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीले सम्बाेधनका लागि संसद्मा पहिले नै समय लिइसकेको अवस्थामा पहिले आफूले बोल्न पाउनुपर्छ भन्नु नेपाली कांग्रेसको बाल हठ हो, प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा भन्नुभयाे । प्रधानमन्त्री ओलीलाई सभामुखले बोल्न समय दिएर उहाँ रोष्ट्रममा पु्ग्नुभएपछि नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेरेर प्रधानमन्त्रीलाई बोल्न अवरोध गरेपछि आजको बैठक स्थगित भएको थियो ।

भर्खरै साताव्यापी युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीले आज संसद्को प्रतिनिधि सभालाई सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।
संसद्लाई गर्न लागेको आफ्नो सम्बोधन प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको केही समयपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र जनता मिलेर लोकतान्त्रिक पद्धति र संघीयता जोगाउन आह्वान गर्नुभयो ।

धमिलो पानीमा माछा मार्न गलत तत्त्वले आम जनतालाई भ्रभ फैलाएकाले भूमिसुधार मन्त्रीले राष्ट्रिय सभामा दर्ता गरिएको गुठी सम्बन्धी विधेयक फिर्ता लिनुभएको जानकारी दिनुभयो । यसअघि प्रेस विज्ञप्ति प्रकाशित गर्दै भूमिसुधार मन्त्री पद्माकुमारी अर्यालले जनसम्ुदायसँग थप छलफल गर्नुपर्ने भएकाले सो विधेयक फिर्ता लिएको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको समेत संक्षिप्त विवरण पत्रकारहरूसमक्ष प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले हिजोको प्रतिगामी शक्ति विभिन्न तरहले लोकतान्त्रिक सङ्घीय गणतन्त्रका विरूद्ध उत्रेको र जनतामा भ्रम फैलाउन उद्यत रहेको भन्दै यसतर्फ नेपाली जनता सचेत रहनुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रमा सबैखाले समस्याको समाधान संवाद्बाट हुने भएकाले आन्दोलनमा जानु पर्ने कुनै आवश्यकता नरहेको टिप्पणी पनि गर्नुभयो ।

विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका थिए ।

Facebook Comments