परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अचम्मलाग्दा अपहरणका कथाहरू

फरक नजर

हुन त सत्रौं शताब्दीमै संसारमा अपहरणका घटना शुरु भएता पनि, त्यसबेला अपहरण कुनै आपराधिक फाइदा वा पैसाका लागि भने हुने गरेको थिएन । मानिसले पैसाकै लागि अपहरण काण्ड रच्न थालेको भने डेढ सय बर्षभन्दा बढी भएको छैन ।

विश्वकै अहिलेसम्मको चर्चित अपहरण काण्ड सन् १९९७ मा भएको हङ्गकङ्गका व्यापारी वाल्टर क्वोकको हो । उनी त्यसबेला ५ करोड डलर फिरौती दिएर छुटेका थिए । अर्थात्, आधा अरब नेपाली रुपियाँ तिरेका थिए ।

चार्ले रोस
“अपरिचितले दिएको नखानु होला“, चार्ले रोस अपहरण काण्ड यसैबाट चिनिन्छ । विश्वमा पहिलो चोटी सार्वजनिक स्थान, सवारी साधन, रेडियो÷टिभीमा यो सूचना सन् १८७४ मा उनकै अपहरणपश्चात जारी गरिएको थियो । अमेरिकाको फिलाडेलफियाका सम्पन्न परिवारका चार बर्षे वालक चार्ले रोस घरबाट दिउँसो खेल्न निस्के, अपरिचितले दिएको चकलेट खाए । अनि उनी वेपता पारिए । त्यसपछि उनका बुवालाई लगातार फिरौती रकम सहित धम्कीपत्र आउन थाले । अपहरणकारीले त्यसबेला चार्लेका पितासित बिस हजार फिरौती रकम माग गरेका थिए । त्यसको पाँच महिनापछि एउटा घरमा डकैती गर्न पसेका दुईजनालाई प्रहरीले गोली प्रहार गरेको थियो । दुईमध्ये एकले मर्नुअघि चार्लेको अपहरण गरेको स्वीकारेका थिए । उनका परिवारले रोसेलाई खोज्ने क्रम जारी राखे, तर उनी कहिल्यै फेला परेनन् ।

इडी कुडेहे
ओमाहाका स्वधन्य व्यापारीका १६ बर्षे छोरा इडी कुडेहेलाई सडकबाटै अपहरण गरियो । अपहरणकारीले त्यसबेला २५ हजार अमेरिकी डलर फिरौती मागेका थिए । इडीका पितालाई मागेको रकम भनेको ठाउँमा पुरयाइदिए । त्यसको केही घण्टामै कुडेहे सुरक्षित अवस्थामा घर पुगे । अपहरणको कथा सिद्धिए पनि त्यसपछि यो घटनाले सञ्चारमाध्यममा उखरमाउलो मच्चायो । अपहरणको दोषी भनेर मुद्दा चलाइएको व्यक्तिलाई सन् १९०५ मा निर्दोष ठहर गरयो । उनी मुक्त भए । त्यसपछि उनी यति प्रसिद्ध भए, ठाउँ ठाउँबाट आफ्नो कथा सुनाउन आमन्त्रण गर्न थालियो । उनी केही हलिउड सिनेमामा समेत अनुवन्धित भए ।

फ्रयांक सिनात्रा, जुनियर
नामुद बाउको छोरा हुनु पनि गाह्रो हुँदो रहेछ । फ्रयांक सिनात्रा जुनियरले त्यही नियति भोग्नुपर्यो । उन्नाईस बर्षकै उमेरमा उनले बुवाको पदचाप पच्छयाउँदै आफ्नो कार्यक्रम गर्न थालेका थिए । उनलाई लस भेगासको एउटा जुवाघार (क्यासिनो) बाट अपहरण गरिएको थियो । उनका पिताले फिरौती स्वरुप २ लाख ४० हजार अमेरिकी डलर रकम तिरेका थिए । केही समयपछि नै गिरफ्तार अपराधीहरू धरौटीमा छुटेका थिए । तर यो अपहरणमा फ्रयांक सिनात्रा, सिनियरकै नाम मुछिएको थियो ।

विभिन्न स्रोतका आधारमा प्रस्तुतिः प्रतीक भण्डारी

Facebook Comments