नशालु ती आँखा कविता तृणविन्दु कौशिक शनिबार, भदौ १३, २०७७ मा प्रकाशित Share नशादार आँखा, नशादार बोली कलेजी जलाई रहन्छन् नपोली। तिखा मर्मभेदी परेली रहेछन् चलाई रहन्छ्यौ नबोली नबोली। * अँधेरी निशामा तिमी जून बन्छ्यौ सधैं बाँसुरीको मिठो धून बन्छ्यौ कसैले कसीमा चढाएर हेरे— उजेली, पहेली सधैँ सून बन्छ्यौ। * तिमी स्वच्छ पानी भयौ जिन्दगीमा अन्य आकर्षणहरू पर्दा उघार्न आओ शनिबार, भदौ २०, २०७७ बल्झिएर रोएँ ! शनिबार, भदौ ६, २०७७ साम्यवादको नक्कली रटान शनिबार, साउन ३१, २०७७ पश्चाताप शनिबार, साउन २४, २०७७ जीवन शनिबार, साउन १०, २०७७ बनी प्यास चर्को रह्यौ जिन्दगीमा। तिमी कर्कलामा हुने शीत जस्ती सधैं टल्पलाई रह्यौ जिन्दगीमा। * हुरी–हुन्डरीमा सतीसाल बन्नू नदीमा उठेकी ठुलो छाल बन्नू चुनौती परेमा कुनै दुर्दशामा बनी ढाल चौडा महाकाल बन्नू। (छन्द-भूजङ्गप्रयात ) Facebook Comments Share