परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विभिन्न पेशाकर्मीहरु र स्वास्थ्य मन्त्रालयबीच कोरोना नियन्त्रण रणनीति बारे छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गर्नुभएको हो ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताउनुभयो ।

उहाँले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताउनुभयो ।
उहाँले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी सतप्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिलेको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गर्नुभयो ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारी विरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताउनुभयो। महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने बताउनुभयो ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारी विरुद्धको लडाइँ कठिन हुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने बताउनुभो ।

अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताउनुभयो । महामारी विरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताउनुभयो ।

डा. कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताउनुभयो ।

नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष मनकुमारी राईले सरकारका काम कारबाही राम्रै भएको तर्फ इंगित गर्दै भन्नुभया– सेवा सुविधाको विषय मिडियामा निरन्तर उठीरहेका छन् । बीमा र भत्ताको कुरामा विभेद नहोस् । काम गर्दा स्वास्थ्य सामग्री अभाव भएको छ । यसका कारण विभिन्नि असन्तुष्टि सार्वजनिक भएका छन् । चिकित्सलाई चाहिँ होटलमा राख्ने अरुलाई चाहिँ घरमै जा भन्ने खालको स्थिति नहोस् । प्रभावकारी सञ्चार गर्न सक्यौं भने अहिलेको ५० प्रतिशत गुनासो स्वतः कम हुनेछ ।”

स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले ७७ जिल्लामै कोराको संक्रमण बढ्न सक्छ भनेर काम गर्नुपर्नें कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो– “मन्त्रालयले धेरै काम गरेको छ । केहीले आलोचना गर्ने पनि धेरै जनाले महशुस गरेका छन् । निजी र सरकारी अस्पताका बीचमा रहेका भ्रमहरु हटाएर अघि बढ्नु राम्रो हुन्छ ।”

स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान) का अध्यक्ष राजेन्द्र खड्काले काम गरेका साथीहरुलाई चिया खर्च समेत दिन नसक्ने अवस्था आउनु दुखको कुरो हो भन्नुभयो । उहाँले भन्नुभया– “नमुना परीक्षण भन्दा पनि कस्तो नमुना परीक्षण कस्तो गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी एक हजार एक सय साथीहरु एकैपटक परिचालन गर्न सक्छौँ । तर दिनभर नमुना संकलन गरेको व्यक्ति बेलुका घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गरिदिनु राम्रो हुन्छ ।”

यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत रहेका उच्च माध्यामिक विद्ययालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले हामीसँग सबै थरीका मानिसहरु छन् र उनीहरुलाई राज्यले सदुपयोग गर्न सक्छ भन्नुभयो । उहाँले भन्नुभयो– “नमुना संकलनमा, पिसिआर परीक्षणमा पनि सहयोग गर्न सक्छौँ । सबै सरोकारवालालाई एकै ठाउँमा राखेर एकद्धार प्रणालीको काम होस । यातायातको साधान उपलब्ध गराउनुपर्छ भने त्यहाँका सबै कर्मचारी ओसारपसार गर्ने गरी काम लगाउन सकिन्छ । हामी सबैको प्रयत्न राम्रो छ ।”

Facebook Comments