परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भद्रगोल स्वास्थ्य सेवा कहिलेसम्म?

नेपालमा अपनाइएको स्वास्थ्य सेवा प्रदान गर्ने प्रणाली नेपालको सङ्घीयता जकडिएको अवस्थामा जसको फलस्वरूप सङ्घीयतामा अपनाइने स्थानीय स्वास्थ्य प्रणाली थाती राखी पहिलेको जिल्ला जनस्वास्थ्यलाई नै निरन्तरता दिने कुरो आएको छ। जसले गर्दा स्थानीय निकायहरूः महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउँपालिका आदिमा स्वास्थ्यमा अलमलिएको अवस्था सृजना भएको छ । न स्वायत्त अधिकार छ न त नयाँ ढाँचाबाट स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य सम्भव नै भएको छ । 

 त्यस्तै जब जब त्रिभुवन विश्व विद्यालयमा चिकित्सक अध्ययन गराउन भर्ना हुने समय हुन्छ, तब सुरू हुन्छ अनसन आन्दोलन। त्यस्तै, अर्कोतर्फ काठमाडौँ विश्वविद्यालय अन्तर्गत सञ्चालित केही निजी कलेजहरूमा भर्नाको समयमा कुनै रोकावट हुँदैन। तर मनमोहन मेडिकल कलेजले काठमाडौँ उपत्यकाभित्र दस वर्षसम्म कुनै नयाँ मेडिकल कलेज खोल्न नदिने निषेधित नियम अनुसार चाउरिनुपर्ने! साथै, यस्ता  आदि इत्यादि जालोभित्र कतै कतै बिचौलिया माफियाको ठूलो चलखेल भनी अनुमान लगाउन कठिन नहोला भनी लेख्न बाध्य छु।

जसरी भए पनि कमाउ धन्दाको गलत प्रचलन हावी भएको छ। मानवीय संवेदनाको पाटो हराएको , सामूहिक निर्णय गरिने समूहगत प्रयासमा सेवा प्रदान गर्ने प्रणाली ध्वस्त पारी, मात्र चिकित्सक हावी प्रणालीको विकास गरिएको छ।

चिकित्सक बढी मर्यादित अनुशासित, संवेदनशील, परिश्रमी व्यक्ति, परिवार समाजप्रति अति नै उत्तरदायी पेशा हो तर केही व्यक्तिहरू, जो आफैँ अनुशासित, मर्यादित, संवेदनशील र परिश्रमी थिए, मात्र अनेक जालझेल गरी, पैसाका भरमा चिकित्सक भए मेडिकल कलेजका मालिक बने, उनीहरूले नै मर्यादित उच्च स्थानको पेशालाई धमिल्याउने काम गरेका थिए र गर्दै आएका छन् । यो प्रवृत्तिलाई मलजल गर्ने काम राज्यको अस्थिर राजनीतिले गर्यो। यसको प्रत्यक्ष असर आजको स्वास्थ्य सेवा प्रणालीमा गहिरो नपुरिने घाउको रूपमा देखा परेको छ। जसरी भए पनि कमाउ धन्दाको गलत प्रचलन हावी भएको छ। मानवीय संवेदनाको पाटो हराएको , सामूहिक निर्णय गरिने समूहगत प्रयासमा सेवा प्रदान गर्ने प्रणाली ध्वस्त पारी, मात्र चिकित्सक हावी प्रणालीको विकास गरिएको छ।

यसमा राज्यको प्रशासन सन्यन्त्रले चिकित्सकलाई शिखण्डीको रूपमा स्वास्थ्य सेवा प्रणालीमा उपायोग र्दै आएको छ भनी लेख्दा कुनै अपराध नठहरिएला । प्रमाणित कारणहरू र यसका साक्षी धेरै छन्, यहाँ उल्लेख गरिरहन आवश्यक छ जस्तो लाग्दैन । तर, आमसमुदाय, जो मात्र उपभोक्ता हुन् र जसलाई प्रत्यक्ष यस स्वास्थ्य सेवा प्रणालीमा जानीजानी राज्यले समावेश गराएको छैन, तैपनि परिआएमा स्वस्फुर्त समावेश हुने गर्दछन्, उनीहरूका लागि भए पनि यहाँ उल्लेख गर्न करै लाग्दछ्, त्यसैले यहाँ लेख्नुपर्ने भएको छ ।  राज्यको स्वास्थ्य निकायका  उपल्लो दर्जामा चिकित्सकहरूलाई मात्रै राख्नु, अन्य स्वास्थ्यका पेशाकर्मीहरूलाई अलग्याउनु, स्वास्थ्य सचिव जस्ता पदमा रहेका अधिकारीले किन चासो पर्‍यो नर्सहरूलाईभन्नु, छात्रबृत्ति चिकित्सकहरुलाई मात्र दिनु, अन्य राज्यले दिएको छात्रबृत्ति पनि नदिलाउनु आदि इत्यादि धेरै नै प्रमाणहरू छन्

यस स्वास्थ्य सेवा प्रणालीमा समावेश गरिने मानव स्रोत्, आधुनिक औजार्, प्रविधि, कार्ययोजना र ढाँचा सही हुनुपर्‍यो, साथै यसलाई परिचालित गराउने नियम-कानून समय मुताबिक सबैलाई सम्बोधन गरिने खालका हुनुपर्दछ, साथै पूर्वअनुमानित परिणाम समय सान्दर्भिक र नाफामुखी हुनुपर्‍यो । यसरी यी तिनै कारक तत्त्व Input, Throughput र Output सही तरिकाले योजना अनुसार प्रयोगमा नल्याउँदा खराब परिणाम आउँछ।  

हो, कानून निर्माण गर्ने सवालमा केही कमजोरी वा त्रुटि भए होलान्, तिनलाई सच्याउन सकिनेछ । तर त्यो दौरानमा चिकित्सकहरुको प्रस्तुति वास्तवमा समाजप्रति संवेदनशील छ भन्ने आभाष हुन सकेन ।

त्यसैले घांटीको अपरेसन गर्नु पर्नेमा पाठेघरको, दाहिने घुँडाको अपरेसन गर्नु पर्नेमा देब्रे घुँडाको अपरेसन गरिएको थियो । मात्र कम समयमा बढी कमाउनुपर्ने नियतको नै केही प्रमुख भूमिकाको कारणले नै अति महँगो जाँच गराइने गरिएको छ । यसलाई बन्देज लगाउने, आवश्यक छ या छैन भनी अनुगमन गर्ने निकायको विकास गरिएको छैन किनकि चिकित्सक नै एकल सर्वेसर्वा हुने स्वास्थ्य सेवा प्रणाली बिकास गरिएको छ। 

यसै कारणले गर्दा केही व्यक्ति, जसले आफूलाई देव नै सम्झिने गरेका छन्, उनैका सबै कुरा लागु हुनुपर्ने, एक दुई तल माथि परे आकाश नै झर्ला, पाताल नै भासिएला जस्तै गर्ने केही हनुमानहरू उसैका पछि लाग्ने!! खै केजाती गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भएको नेपालको स्वास्थ्य सेवा प्रणाली । जबकि मानव समाजको उत्पादन र समाजप्रति बढी जवाफदेही हुनुपर्दछ ।

 हो, कानून निर्माण गर्ने सवालमा केही कमजोरी वा त्रुटि भए होलान्, तिनलाई सच्याउन सकिनेछ । तर त्यो दौरानमा चिकित्सकहरुको प्रस्तुति वास्तवमा समाजप्रति संवेदनशील छ भन्ने आभाष हुन सकेन । वास्तवमै, कार्यस्थल भयरहीत हुनुपर्दछ र जानीजानी चिकित्सकहरूले बिरामी लिने काम र्दैनन् र गर्नु पनि हुँदैन । यसका लागि पत्रकार्, वकिल र नागरिक समाज पनि सचेत हुन जरुरी छ । यो व्यक्तिगत मेरो मनोभावना हुँदाहुँदै पनि यदि सोही अनुरूप व्यक्ति, परिवार, समाज, चाहे बिरामी हुन वा निरोगी हुन्, स्वास्थ्यको सवालमा सुरक्षित र भयरहीत बनाउन सकेनौँ भने आम नागरिकले नकरात्मक तवरले आभाष पाउनु जायजै हुनेछ ।

बिरामी लगायत स्वस्थ व्यक्ति, परिवार र समाजको स्वास्थ्यको प्रवद्र्धन, रोगको रोकथाम उपचार एवम् पुनर्स्थापना गराउने पूर्ण कार्यको जिम्मेवारी नर्सहरूको पनि हो। यसैका लागि अन्तर्राष्ट्रिय जगतदेखि राज्य एवम् स्थानीय निकायमा जनताको घरघरमा कसरी स्तरीय, सर्वसुलभ स्वास्थ्य  सेवा पुर्याउने भनी बिभिन्न तहगत अध्ययन अध्यापन गराइन्छ गरिँदै आएको छ। 

यसमा अलिकति पनि बिचलित भय नराखी लेखिरहेको छु।हिरा ले हिरा नै काट्दछ” भने झै नर्सिङलाई यस समाजमा उभ्याउन नसक्ने नर्सहरू नै हुन् भनिरहँदा कताकता मन दुखिरहन्छ किनकि नेपालको संस्कार पनि एक दोषी नै हो।

तर यो एकदम आवश्यक भित्री पाटोलाई अलग्याउने, मानव शरीर विज्ञानलाई आवश्यक ल्याब, एक्स्रे अथवा रेडियोलोजी, औषधी विज्ञान, जनसरोकारको जनस्वास्थ्य, फिजियोथेरापी, स्पीच एण्ड हियरिङ आदिमा पनि बिभिन्न तहगत अध्ययन अध्यापन गराइन्छ गरिँदै आएको जुन विश्वब्यापी तर उल्लिखित सबै बिधा र विद्यालाई पाखा लगाएर मात्र चिकित्सक हावी हुने प्रणाली हाम्रो राज्यमा अपनाइएकाले नै यो स्वास्थ्य सेवा प्रणाली आफैँ दीर्घ रोगी भएको भन्ने मेरो ठम्याइ हो।

त्यस्तै यसलाई पूर्णता दिने खानेपानी तथा सरसफाइ, समाजशास्त्र, स्वास्थ्य, अर्थशास्त्र लगायत कृषि, पशु तथा किटजन्य विज्ञान आदिले प्रत्यक्ष-अप्रत्यक्ष स्वास्थ्य सरोकार राख्दछ। त्यसैले चिकित्सक एक्लै सर्वेसर्वा हुने बिषय होइन।

हो, यो अव्यवस्थित स्वास्थ्य सेवा प्रणालीमा मात्र चिकित्सकहरूलाई दोषारोपण गरी नर्सिङ अन्य अरू पेसाकर्मीहरू पन्छिन मिल्दैन पनि। तर नर्सिङको सवालमा अति नै खडेरी परेको नै हो नेतृत्व तहमा, आफूलाई चट्टान झैँ अडान नर्सिङको पक्षमा लिन नसक्नु नै ठूलो कमजोरी हो। चिकित्सक मदनप्रसाद उपाध्यायज्यूले नर्सिङमा पुरूषहरूलाई समावेश गराई नयाँ आयाम थपिदिनु भएको नै हो तर हाम्रा वरिष्ठ महान हस्तीहरूले यसलाई निरन्तरता दिन नसक्नु ठूलो कमजोरी हो । यसमा अलिकति पनि बिचलित भय नराखी लेखिरहेको छु।हिरा ले हिरा नै काट्दछ” भने झै नर्सिङलाई यस समाजमा उभ्याउन नसक्ने नर्सहरू नै हुन् भनिरहँदा कताकता मन दुखिरहन्छ किनकि नेपालको संस्कार पनि एक दोषी नै हो। सय हातहरू चलाउनुपर्ने नेपाली समाजमा स्त्रीवर्गले घर, अफिस, पाहुना, बालबच्चा सबैको गहन जिम्मा स्त्रीवर्गले नै लिनुपर्ने, त्यसैले पुरूषहरूको उत्तिकै समान भूमिका भन्न खोजेको समावेशी पुरुष वर्ग पनि चाहेको हो नर्सिङमा।

 

अस्पतालहरूका प्रशासनमा यस्तो सेटिङ्गयुक्त सयन्त्रको विकास गरिएको छ, दबाई लगायत सर्जिकल औजारहरू सबै भित्रबाट नै बिक्री बितरण गरिने, पूरा कमसल खालका राखिने र बहिरको भन्दा सकेसम्म दोब्बरदेखि तेब्बरसम्म दाम लिने, हरेक बिरामीलाई चेकजाँचको नाममा पूरै अनावश्यक  रक्त परीक्षण, भिडियो एक्सरे (अल्ट्रा साउन्ड्), सिटिस्क्यान्, एमआरआई आदि गर्न लगाउने अनि त्यसबाट आएको केही प्रतिशत रकम पोस्टिङ सकेर, अन्यत्र सरुवा भएका सरोकारवाला सरकारी निकायकाहरूलाई खाममा महिनावारी रूपमा नजराना टक्र्याउने पनि गरिएको भेटिएको छ ।

यिनै विषय हुन् जसले स्वास्थ्य सेवालाई अपुरो, अधुरो र बिकलाङ्ग बनाएका छन् मतलब, नेपाल सरकारको स्वास्थ्य सेवामा भएको बहुमत जनशक्तिलाई अत्यावश्यक काममा जस्तै स्वास्थ्य सेवामा सुरक्षाको सुनिश्चितता, सर्वसुलभ्, स्तरीय. कम खर्चिलो आदि बनाउने काम यस स्वास्थ्य सेवा प्रणालीले गरेर विश्वास दिलाउन  सकेको छैन र जनाताको उच्चस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाइने नैसर्गिक अधिकारलाई हाम्रो स्वास्थ्य सेवा प्रणालीले बञ्चित गराएको छ भनी लेख्दा अन्याय तथा अनुचित नहोला भन्ने मेरो ठम्याइ छ ।

स्वास्थ्य सेवा प्रणालीमा चिकित्सकलाई मात्र बहुप्राथमिकता दिनाले पूर्णतामा अपूर्णता जबरजस्ती थोपरिदिने काम भएको हो र चिकित्सकहरूमा दिनमा दुईगुणा र रातमा चार गुना कमाई हुने निजी स्वास्थ्य संस्थाहरू सञ्चालन गरौँ भन्ने मनस्थिति विकास हुनु पनि हो । किनभने, सरकारी स्वास्थ्य संस्थामा, जहाँ राज्यको लगानी, अन्तर्रराष्ट्रिय जगतको निगरानीमा लगानी गरिएको संस्थामा त पारदर्शी अनुगमन र मूल्याङ्कनको संयन्त्र बिकास गरी निगरानी गर्न सकिएको छैन, सही मानेमा  प्रशासनलाई पनि कमाई खाने भाँडो भएको छ भने निजी संस्थाहरूको त कुरै भएन । जस्तो, सिटिईभिटीलाई लिन सकिन्छ्, अनुगमन र मूल्याङ्कन गर्ने निकायलाई कुनै मतलब छैन, अभ्यास गर्ने स्थान होश या नहोस्, स्तरीय मानव स्रोत र साधन होस् या नहोस्, धमाधम खोल्न दिए हुन्छ तर शिक्षाको बजेट अनेक नाममा लगभग सबैभन्दा उसैले बढी कुम्ल्याएको छ । त्यस्तै ठूलठूला मेडिकल कलेजहरूमा राखिएका मानव स्रोतहरू हेरौँ अनुभवहीन आफन्तहरूलाई माथिल्लो दर्जामा राखिएको छ, शिक्षाको पूरै उपहास गरिएको छ ।

त्यस्तै, अस्पतालहरूका प्रशासनमा यस्तो सेटिङ्गयुक्त सयन्त्रको विकास गरिएको छ, दबाई लगायत सर्जिकल औजारहरू सबै भित्रबाट नै बिक्री बितरण गरिने, पूरा कमसल खालका राखिने र बहिरको भन्दा सकेसम्म दोब्बरदेखि तेब्बरसम्म दाम लिने, हरेक बिरामीलाई चेकजाँचको नाममा पूरै अनावश्यक  रक्त परीक्षण, भिडियो एक्सरे (अल्ट्रा साउन्ड्), सिटिस्क्यान्, एमआरआई आदि गर्न लगाउने अनि त्यसबाट आएको केही प्रतिशत रकम पोस्टिङ सकेर, अन्यत्र सरुवा भएका सरोकारवाला सरकारी निकायकाहरूलाई खाममा महिनावारी रूपमा नजराना टक्र्याउने पनि गरिएको भेटिएको छ । यस्तो अवस्थामा कसरी स्वास्थ्य सेवा राम्रो हुन्छ ?  सबै सरोकारवालाले सोच्न जरूरी छ ।

लेखक नेपाल नर्सिङ सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । 

 

 

Facebook Comments