परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अब हाम्रो सांसद डा. राजन भट्टराई

काठमाडौं – चुनाव जितेर काठमाडौं छिरेर हराएका अधिकांश नेताहरू अहिले गाउँ फर्किएर अाफ्नो चुनावी क्षेत्र घुम्न थाल्नु भएको छ । विशेष गरी संघिय संसद्का सदस्यहरू टिकट पाउने वा नपाउने निर्णय नभए पनि अाफ्नो क्षेत्रमा घुम्दै हुनुहुन्छ । तर, सबै नेता एकै प्रवृत्तिका हुदैनन् । कतिपय नेताहरू चुनावमा हारे पनि अाफ्नो क्षेत्रको विकासका लागि निरन्तर खटीरहेको देखिनु हुन्छ ।

यस्तै मध्य एक हुनुहुन्छ काठमाडौं क्षेत्र नं. ४ बाट झिनो मतले पराजित एमाले नेता डाक्टर राजन भट्टराई । उहाँले ५ वर्षसम्म अाफ्नो क्षेत्रका जनताको समस्या समाधान गर्न र स्थानीय विकासका लागि मिहिनेत पूर्वक काम गरेको कुरा बुढानिलकण्ठ नगरपालिका-२ निबासी हर्कमान तामाङ बताउनु हुन्छ । तामाङ भन्नु हुन्छ- डुकुर्नी सामुदायिक पर्यटकीय पार्क निर्माणमा ५० लाख बजेट ल्याएर राजन भट्टराईले काम सम्पन्न गराउनु भयो  । उहाँकै पहलमा जयभद्रकालीदेखि तौलुङ्ग चौतारासम्म ७५ लाखमा बाटो निर्माण भयो । यसै गरी जयभद्रकालीदेखि दक्षिण तर्फ वडा नं. २ को सीमनासम्म ५० लाखमा बाटो स्तरोन्नतिको काम सम्पन्न भएको छ । जितेर गएका हाम्रा माननीय गगन थापा त देखा पनि पर्नु भएन ।

वडा नं. २ कै युवा सानोराजा बस्नेत भन्नु हुन्छ- वास्तवमा अबको चुनावमा स्थानीय मतदाताले सोच्नु पर्छ । रातोदिन यहाँ खटेर काम गर्ने डाक्टर राजन भट्टराई ठिक कि उता अन्तै गएर अन्टसन्ट भाषण गर्ने गगन थापा ठिक !अब त जनताले सोच्नु पर्यो, अाफूलाई काम लाग्ने व्यक्ति चिन्नु पर्यो । यो निलो पुलदेखि वडा कार्यलय हुदै भैरव टोल देउवा चोक हुदै वडा ३ को सिमानासम्म ढल निर्माण, सडक कालोपत्रे र ढलानसहितको निर्माणका लागि हरेक ठाउँमा धाएर राजन भट्टराईले १२ करोड रुपैयाँ बजेट निकासा गराउनु भयो । उहाँ अाफै खटेर निर्माण सम्पन गराउनु भयो । यो त देखेको छनी यहाँका जनताले । जितेर जानेबाट कुनै काम भएन भन्ने पनि प्रत्यक्ष देखियो नि ।

एमाले नेता डा. राजन भट्टराई अहिले हाम्रो एक्लो नेता हुनुहुन्छ भन्ने कपनबासी मात्र होइन काठमाडौं महानगरपालिका भित्र पर्ने मैतीदेवीदेखि पशुपति, गुजेश्वरी, कुमारीगाल, चावहिल र मित्रपार्कका जनतासमेत अाफ्नो ठाउँको विकासका लागि राजन भट्टराईलाई पर्खिन थालेका छन् । काठमाडौं महानगरपालिका ७ गौरीघाट निबासी सतिश डंगोल भन्नु हुन्छ – यो बागमती करिडोरमा गाडी चलाउनै नसक्ने गरी सडक बिग्रेको थियो ।  कसलाई हारगुहार गर्ने हामीलाई थाहा थिएन । एकजना युवासंघका भाइले राजन भट्टराईको नाम लिए र फोन नम्बर पनि दिए । मैले फोन गरे बडो राम्रो रेसपोन्स् गर्नु भयो । उहाँले भने जस्तै त्यही बेलुका सडक विभागका कर्मचारी अाएर सडक हेरेर गए । भोलिपल्ट देखि ट्रकमा धमाधम गिटी, बालुवा र सिमेन्ट झारेर सडक मर्मत गराई दिनु भयो । जितेर जानु भएको गगन कहाँ हराउनु भयो हामीलाई थाहा छैन ।

एमाले नेता डाक्टर राजन भट्टराई भन्नु हुन्छ -नयाँ शहरीकरण भएको बुढानिलकण्ठ नगरपालिका अन्तरगत पर्ने कपन क्षेत्र निकै अस्तव्यस्त थियो । त्यहाँ समस्याहरू धेरै थिए । त्यहाँका जनतासँग छलफल गर्दै त्यसलाई सकेजति समाधान गर्नु मेरो कर्तव्य हो । मैले त्यहाँ अाफ्नो कर्तव्य पुरा गर्दै छु । यसो भनीरहदा मैले अरुतिर नहेरेको भन्ने चाहिँ हुदै होइन । मलाई थाहा छ झिनो मतले हारे भन्दैमा मैले काठमाडौं क्षेत्र नं. ४ का जनताको  समस्या विर्सनु हुदैन। भट्टराई अगाडि भन्नु हुन्छ – काठमाडौं महानरपालिका भित्र पर्ने वडा नं. ७, ८ र मैतीदेवीदेखी ज्ञानेश्वर, पशुपति, गुजेश्वरी जस्ता ठूला र प्रसिध्द  मन्दिर साथै चैते र गुम्बाहरू यसै क्षेत्रमा पर्छन । यी विश्व सम्पदा सूचीमा परेका धरोहरको संरक्षण, संवर्धन र जिर्णोद्वार गर्न पनि स्थानीय जनतासँगको छलफल पछि काम अगाडि बढाएको छु ।

गुजेश्वरी अगाडि बसोबास गर्ने चिरञजीवी घिमिरे भन्नु हुन्छ -वास्तवमा यस क्षेत्रका सांसद गगन थापा हुनुहुन्थ्यो । उहाँले यहाँका जनताको समस्या बुझेर समस्या समाधानको लागि पहल गर्नु पर्थ्यो । तर, उहाँबाट यस क्षेत्रको लागि वरको सिन्को पर सार्ने काम पनि भएन । यस क्षेत्रमा जति पनि काम भएको छ त्यो डाक्टर राजन भट्टराईको एकल प्रयासबाट भएको हो । घिमिरे अगाडि भन्नु हुन्छ -यहाँका जनताका समस्य त्यस्ता ठूला छैनन् । सडक, ढल मर्मत, मठमन्दिरको संरक्षण र जिर्णोद्वार साथै खानेपानी र फोहोरको व्यवस्थापन हो । यी समस्याहरू मध्य फोहर व्यवस्थापन स्थानीय वडाले गर्दै छ भने अरू समस्या समाधान राजन भट्टराईको पहलमा समाधान भइरहेका छन् । घिमिरे भन्नु हुन्छ- अब भने यहाँका मतदाताले गगन होइन अबको हाम्रो सांसद भनेको राजन भट्टराई हो भन्न थालेका छन् ।

Facebook Comments