परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

महाधिवेशन प्रतिनिधिहरू शङ्कर पोखरेलको पक्षमा

नेपाली वाम आन्दोलन साथै नेपाली जनताको आशा, भरोसा र विस्वासको आधार बनेको नेकपा एमालेको १० औं महाधिवेशन पर्सि १० गतेबाट चितवनमा हुन गई रहेको छ । यस महाधिवेशनप्रतिका टिकाटिपणी र चासोलाई विचार गर्दा राष्ट्रकै ध्यान महाधिवेशनप्रति आकृष्ट भएको बुझ्न सकिन्छ । अहिले यही महाधिवेशनलाई केन्द्र भागमा राखेर विभिन्न पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले आआफ्नै प्रकारले बहस चलाइरहेका छन्। खास गरी विधान अधिवेशन भई सकेका कारण महाधिवेशनले नेतृत्व कसरी चइन गर्ला र पदाधिकारी को को बन्लान ? भन्ने प्रश्नले ब्यक्ति ब्यक्तिको मथिङ्गल मस्काइ रहेको छ ।

बौद्धिक क्षेत्र, पत्रकार जगत, विभिन्न राजनीतिक दल, शुभचिन्तक र राजनीतिप्रति चासो राख्ने ब्यक्ति विशेषले समेत अनुमानका भरमा महाधिवेशनले फलाना–फलानालाई फलानो फलानो पदमा निर्वाचित गर्ने निश्चित छ भनेर लेख्ने, बोल्ने र अड्कल काट्ने गरी रहेकाछन्। उनीहरू सबैले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा सर्वस्वीकार्य भनेकाछन् भने अन्य ब्यक्तिका लागि पनि पद छुट्याई दिएका छन्।

अध्यक्ष पछिको महत्वपूर्ण मानिएको महासचिवको पदमा कसले बाजी मार्ला भन्नेमै धेरैको चासो र अड्कलबाजी रहेको छ । पार्टीकै भए पनि निर्वाचन भएमा एकले जित्ने र सहमति भएमा अर्कै आउन सक्ने अवस्था प्रति कोही अनविज्ञ छैनन् । तथापि संखुवासभाबाट महाधिवेशन प्रतिनिधि, १ नं. प्रदेश सदस्य साथै जनजाति कोटाबाट केन्द्रीय सदस्यका उमेदवार भविश्वर गु?ङ भन्नुहुन्छ– युवाहरूको भरोसा, विश्वास र जनताको बहुदलीय जनवादका ब्याख्याता तथा युवा नेता शंकर पोखरेल नै महासचिवको लागि उपयुक्त ब्यक्ति हो ।

अहिले महाधिवेशन प्रतिनिधि बनेर चितवन आउँदै गर्नु भएका अधिकांशको भावनाको प्रतिनिधित्व भविश्वर गु?ङले ब्यक्त गर्नु हो भन्न सकिन्छ । हुन त एमालेमा एकसे एक नेता महासचिव बन्न योग्य हुनुहुन्छ । तर समन्वय गर्न, सबैलाई समेट्न र विचार दिन सक्ने नेतामा एक मात्र शंकर पोखरेल नै हो भन्न सक्ने निर्विवाद हैसियत पोखरेल स्वयंले निर्माण गर्नु भएको छ । धेरै बाधाब्यवधान र अड्चनहरू हटाउँदै, पार्टीले जिम्मा दिएको दायित्व पुरा गर्दै यहाँसम्म आइपुग्नु भएका पोखरेल महासचिवका लागि योग्य र उचित पात्र हुनुहुन्छ भन्न कसैले अनकनाउनु पर्दैन ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशन प्रतिनिधिले पाँच वर्षका लागि आफ्नो नेता योग्य र उचित छान्ने पूर्ण विश्वास गर्न सकिन्छ। नेकपा एमालेको चितवनमा हुन गइरहेको दशौँ महाधिवेशन भब्यता र सफलता पूर्वक सम्पन्न होस् । हार्दिक शुभकामना !

Facebook Comments