परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जुम्लामा हल्ला हमला

झ्यालकाे कापबाट छिरेकाे घामकाे उज्यालाे आँखामै तिमिर्र परेपछि म झल्यास्स व्युँझिएँ । राती छिरेकाे अँध्याराे काेठामा उज्यालाे छाइसकेकाे रहेछ । बाहिर, मानिस बाेलेका आवाज काेठासम्म प्रष्ट सुनिन्थ्याे । काेठमा हामी जस्ताे अवस्थामा सुतेका थियाै, त्यहि अवस्थामा थियाै । जाे जता फर्केर सुतेका थिए, काेही उतै फर्केर सुतिरहेकै थिए । काेही आधा व्युँझिएका थिए, काेही उठेर बाहिर निस्किसकेका रहेछन् । हुन त, त्याे काेठामा हामीलाई दायाँवायाँ गर्ने थाेरै ठाउँ पनि थिएन । अट्ने जति अटाएर रात कटाएका थियाै ।

नाग्मा बजार । हामीले रात विताएकाे ठाउँ । यहीँबाट एउटा बाटाे मुगु जानका लागि उत्तरतिर छुटिन्छ । हामी हिँडनु पर्ने बाटाे भने सिँधै पूर्व लाग्छ । जुम्ला खलंगा बजारितर । यहीँबाट कालीकाेट र जुम्लाले पनि आफ्नाे सिमाना साँधेकाे छ । पूर्व र उत्तर पहाडी ढिस्कामा अडेस लागेर याे सानाे बजार बसेकाे रहेछ । सबै हिसाबले महत्वपुर्ण । माआेवादी । सेना । सर्वसाधारण । सबैका लागि संवेदनशील ।

बाहिर निस्कदा, घाम पुर्व ढिस्काे सिरानसम्मै आईसकेकाे रहेछ । हामीले रात विसाएकाे घर त हाेटल पाे रहेछ । हाेटलकाे चुल्हाेमा दाउरा बलिसकेकाे थियाे । हाेटल्नी दिदी अँगेनामा पलेटी कसेर बसेकी थिईन । बेला बेला आगाे निभ्ला कि भन्दै, फुक्द‌ै थिईन । उनकाे अनुहार खुसीले चम्केकाे थियाे । अहिलेसम्मकै यात्रामा देखेकाे न्यास्राे अनुहार भन्दा एकदम भिन्न । कपालमा तेलकाे लेप टल्किदाे थियाे । केहिबेरकाे बुझाईपछि थाह भयाे । उनी हाम्रै कारण यति विध्न खुसी भएकी रहेछिन । ‘कति समयपछि, पाहुना देख्न पाया’ उनीले मुख फाेडेरै सबैका अघि कुरा राखिन ।

वरिपरि स्थानियकाे धेरथाेर चहलपहल थियाे । पाँचसात वटा पक्की घरहरू । गाउँका जस्ता नभएर, राजमार्गमा पर्ने विसाैनी बजारका जस्ता लहरै थिए । हरेक घर, हरेक हाेटल । सा-साना किराना पसलहरू पनि थिए । घरका भित्ता र छानामा भने माआेवादी कब्जा प्रष्टै देखिन्थे । भित्तमा पाेतिएका नारा र छानामा गाडिएकाे हँसिया हथाैडाका झण्डा त्यसका साक्षी थिए ।

आँगनमा सयपत्री फुल पहेंलाे फुलेकाे थियाे । उज्यालाे आँगन न्यानाे थियाे । सयपत्रीले दशैं आगमनकाे संकेत गरिरहेकाे थियाे ।

‘याे बाटाे मुगु, हुम्लातिर जान्छ’ काकुले वताए । तर, त्यहाँ बाटाे थिएन, एउटा भिर ठाडाे उभिएकाे थियाे । शायद ट्रयाक खाेल्ने काम शुरु भएकाे छैन, मैले आफैसित उत्तर खाेेजे । हाम्राे टाेली सबैतिर, चारैतिर फैलिएकाे थियाे । दुईदिनकाे साँघुराे हिडाई र बसाइँबाट फराकिले हुन चाँहदै थियाै । राती आएका हाेल टाईमर(डब्लुटि) विहानै फेरि आएर हाम्राे बारे जानकारी लिएर गईसकेका रैछन । हाेटल साहुले जानकारी गराए । त्यसपछि, बाटाेमा उनीहरू कहि कतै भेटिएनन, देखिएनन् । ताताे दूध चियाले हाम्राे विहानमा अर्काे उज्यालाे थप्याे । हिजाे अस्तिभन्दा काकु अलिक आनन्द मुडमा थिए । ‘ अब यताका कामरेडहरू दुःख दिने खालका छैनन्’, आफ्नाे सहज मुडका कारण खाेले । तीलाले हामीलाई, हामीले तीलालाई छाडेका छैनाै । आकाश सफा, कन्चन, नीलाे छ । कतैकतै सेताे धर्सा बनेर बादल वगिरहेकाे छ ।

हामी मुगु जाने बाटाे खाेज्न, पश्चिम उत्तर फर्कियाै । थाेरै टाढा, उत्तर पहाडबाट एउटा खाेल्साे वेग सहित तीलातिरै झर्दै थियाे । ‘यही खाेल्सा किनार भएर बाटाे मास्तिर लाग्छ’ हामीलाई बाटाे जाने ठाउँ देखाउन लगेका दुई स्थानियले बताए ।  ‘मुगुभन्दा रारा जाने बाटाे’ भनेर बढी चिनिँदाे रहेछ, बाटाेलाई ।

म बाेरा नम्बर ७ सग्लाे मान्छे भएर सकुशल नेपालगन्ज फर्किँद‌ै थिएँ । जुम्ला विमानस्थलमा चहलपहल थियाे । निजी कम्पनीका हेलिकप्टरहरू अवतरण र प्रस्थान गर्ने क्रम जारी थियाे । विमानस्थल कालाेपत्रे भएकाले अवतरण मैदान सहज र सरल बनेकाे रहेछ । केही पर्खाइपछि, हामीलाई लिन आएकाे विमान आई पुग्याे । हामी सबै जहाजभित्र सहज अटायाैँ ।

यसरी, नाग्मालाई त्रिवेनी भने हुन्छ । एउटा हामीले पच्छयाईरहेकाे मन्माबाट खलंगा बजार बाटाे अनि यहाँबाट छुटिने राराहुदै गमगढी पुग्ने बाटाे । यहि बाटाेकाे रेखा हुम्लाका लागि पनि काेरिएकाे छ । शसस्त्र द्वन्द्वकाे याे वेला त्यहि भएर पनि नाग्मा बजार महत्वपुर्ण र संवेदनशिल दुवै थियाे ।

अनि, व्यापारिक हिसाबले पनि याे भेगका स्थानियका लागि किनमेल र बटुवाकाे बाँस बस्ने विसाैनी रहेछ, नाग्मा बजार । तर, हामी पुग्दा यसकाे हालत पनि उस्तै थियाे । सदरमुकामसित विच्छेद भएपछि न हाेटल, न पसलमा राख्ने सामान थिए । हिँडडुल नै बन्द भएपछि बास वस्ने बटुवा पनि हुने कुरै भएन ।

हामीले नाग्मामा धित मरुन्जेल जुम्ली सिमीझाेल र भात खायाै । र, अगाडीकाे बाटाे ततायाै । यति बेलासम्म घाम निधारमा आइसकेकाे थियाे । आज हामीले नाग्मालाई मात्रै हाेईन, कालिकाेटलाई समेत विदा गर्याै । मान्मा, पिली र जुविथालाई सम्झदै हामी नाग्माबाट टाढिँदै थियाैँ ।

बाटाे त्यति अप्ठयाराे छैन । तर, मान्छेकाे आवतजावत नभएपछि भत्केका, वगेका, सानातिना पैर्हाेले छेकेकाे बाटाे कसैले पन्छाएका छैनन । हामी तिनै बाटाेहरू पन्छाउँदै अघि बढिरहेका थियाै । हामी हिँडिरहेकै बाटाेमा उत्तर भिरालाेबाट एक लश्कर युवायुवतीहरू तल झरिरहेका थिए । हामीसित अचानक जम्काभेट भयाे । काेही कसैसित बाेलेनाै । उनीहरू, हामी आएकै बाटाेतिर सरासर वेताेडका साथ अघि लागे । कम्वयाट लुगा लगाएका उनीहरू १८/१९ बर्षभन्दा माथिका थिएनन् । आेठ फुटेका थिए, नाकका टुप्पामा घाउकाे कालाे दाग थियाे । ‘हिउँले खाएकाे हुनुपर्छ’ टाेलीकै कसैले वाेले । सबैकाे अडकल थियाे, ‘उत्तर विकटबाट तल झरेकाे हुनुपर्छ ।’

रारालिही, जुम्ला । वाक्लाे बस्ती छ । म यहाँ पहिला पनि पुगिसकेकाे हाे । त्यसताका यहाँ मैले चरम गरिबी, भाेक, राेग, छुवाछुत र अन्धविश्वास भेटेकाे थिए । यसबारे म सविस्तार लेख्ने छु ।

यहाँ आइपुगेर वल्ल हाम्राे र तीला नदिकाे आमने सामने भयाे । हामीले तीलालाई छाम्याै । चिसाे पानीमा हात खुट्टा डुवाया‌‌ै । नदि किनारमा तेर्सिएकाे ढुंगामा हामी पनि लमतन्न भयाै । उत्तर फैलिएकाे रारालिही शान्त थियाे । घरहरू एकपछि अर्काे थुप्रिएर उकालाे लागेकाे थियाे । तीला किनारकाे याे मानव सभ्यता निरन्तर थियाे । हामीलाई गाउँ छिर्ने र अवलाेकन गर्ने माैका भने मिलेन । काकुकाे यात्रा याेजनामा त्याे थिएन । त्यसैले, हामीले परैबाट रारालिहीलाई नियाल्याै ।

त्यही, बाटामै भेट भयाे । जवहारलाल भट्टराई । उनकाे रारालिही मुन्तिर, ताताेपानी नजिक, बाटाे छेउ आैषधि पसल थियाे । केही बर्ष अघिसम्म । नपढिकनै भएका आफ्नाे आैषधि पसलका उनी एक्लाे डाक्टर । गाउँलेलाई पनि उनकै पसलकाे भर थियाे । सानातिना राेग उनी ठिक पनि पार्थे ।

एकदिन, सेना गश्तिमा आए । उनकाे घर समेत जाेडिएकाे आैषधि पसल चिन्नै नसक्नेगरि ध्वस्त वनाए । घरमा भएका जवहारका परिवारलाई कुटपिट पनि गरे । अनि, घरवारविहिन वनाएर सेना फर्के । घरमा नभएका बेला परेकाले जवहार वाँचे । उनीमाथि आराेप थियाे, ‘घाईते माआेवादीलाई उपचार’ । सामान्य जीवन विताईरहेका जवहार न घरका, न घाटका भए । अन्तिम उपाय, जंगल पस्नु वाहेक केही रहेन । अनि, माआेवादी व्हाेल टाईमर बने । हामी पुग्दा, उनकाे भग्नावेश घरपसल एकान्तमा त्यहि अवस्थामा लम्पसार  थियाे । हामीले तीलाकाे चिसाे पानी छाम्दा, जवहार पनि सँग‌ै थिए ।

तीला क्रीडा पश्चात्, उनीहरू हामीलाई माआेवादी कृषि कार्यक्रम भनेर स्याउ बारीतिर लाँदै थिए । अचानक, कम्वयाट लुगा लगाएका अर्का माआेवादी सेना बाटैमा देखिए । उनका पछाडि सुरक्षा गार्ड जस्ता चारजना पछिपछि थिए । ियनी पनि हावा जस्तै वेताेड आए । त्यसरी नै एकैछिनमा अगाडि िवलाए । उनकाे आगमनिसतै जवहार र उनका साथीहरूकाे चाल फेरियाे । उनीहरू पनि पछि पछि त्यतै कतै लागे । हामी अलमल्लमा परेर बाटाेमै उभिईरहयाै । निकै बेरपछि मात्रै उनी र उनका साथीहरू प्रकट भए । काे हुन ? उनीहरूले वताउन चाहेनन् । हामीले पनि दाेहोराएर साेधिरहन सकेनाैँ । सबैले अड्कल काट्दा तिनी याे भेगका ‘ठुलै नेता’ हुनुपर्छ ।

त्यसपछि, हामी गाउँ मास्तिर स्याउबारी हेर्न गया‌ै । स्याउका बुटयानहरू भर्खरै हुर्कदै थियाे । ठूलाे फाँटमा स्याउ खेती फैलिएकाे थियाे । स्याउ कहिले फल्ने हाे, यकिन छैन । बजारसम्म याे कसरी पुग्छ, थाहा छैन । तर, जवहार र उनका साथीहरू, पार्टीकाे आय आर्जनमा यसले सघाउने विश्वास गर्दै थिए ।

अन्य आकर्षणहरू

गाउँ यात्रा

जुविथामा खल्बल

छर्लङ्ग सम्झना

रारालिहीपछि, ताताेपानी अनि कुँडारी । सदरमुकाम नजिक पुग्दै जाँदा गाउँमा सेनाबाट पीडित बढी भेटिन थाले । कठाेर जेल याताना भाेगिसकेका पनि भेट भयाे । माआेवादी अपहरणमा कैयन दिन जंगलमा विताएका पनि नभेटिएका हाेईनन । सेना अपरेशनमा आफन्त गुमाउनेहरू पनि रहेछन् । तर, काेही कसैसित खुलेर वाेल्न चाहेनन । हरेकका अनुहारमा आशङ्का, त्रास भरिएकाे थियाे । काेही कस‌ैलाई पत्याउन चाहद‌‌‌ैन थिए । सबैलाई कि यताकाे, कि उताकाे सुराकी देख्थे । सामाजीक संरचना पुरै भत्किएकाे थियाे । परिवार भित्रै पनि त्यहि वातावरण थियाे । सेनाले रातकाे अन्धकारमा गरेकाे मनपरि र अचाक्लीका कथाहरू सुनेर हामी अघि बढया‌ै । सेनाका गश्ती यी नजिकका गाउँहरूमा आउँथे, विध्वंस मच्चाउथे, फर्कन्थे । अनि, माआेवादी गाउँमा फेरि सक्रिय हुन्थे ।

अब बाटाे चाक्लाे र सम्म छ । फराकिलाे पनि छ । बाटाेमै,  एउटा ट्रयाक्टर दुर्घटनामा परेकाे देखेपछि, राजमार्गकाे बन्न लागेकाे संकेत देखिन थाल्याे । दुर्घटनामा केहिकाे ज्यान पनि गएकाे रहेछ । ‘बाटाेले ल्याएकाे खुसी, बाटैले कति छिटाे खाेसीसकेछ’ मलाई लाग्याे ।

हामी हिँडिरहेकाे बाटाेमा माल र मान्छे आेसार्न ट्रयाक्टर सक्रिय भईसकेकाे छ । हिडने मानिसहरूकाे आेहाेरदाेहाेर थियाे । चहलपहल थियाे । चकमन्न बाटाेमा हिडिरहेका हामीलाई वल्ल मानव संसार आएजस्ताे लाग्याे । बाक्लाे महत गाउँ हुदै, रात नपर्दै हामी जुम्ला खलंगा छिर्या‌ै । तर, ६ बजेपछि लाग्ने कर्फ्युले हाम्राे समयलाई विश्राम दियाे । शसस्त्र युद्धपछिकाे खलंगा हामीले देख्न पाएनन । एउटा हमलापछिकाे घाईते खलंगा बजार नियाल्न पाएनाै । यहाँकाे रातले मान्मा, कालीकाेटिसत मितेरी लगाइसकेकाे रहेछ । उहीँ सुनसान, उहीँ त्रास,डर र निष्पट अँध्याराे हुनुभन्दा अघिकै अँध्याराे । यस्ताे लाग्दै थियाे, याे अन्तिम रात हाे, खलंगा बजार जिउँदाे मानिसहरूकाे मसानघाट हाे ।

चन्दननाथमा घंटी बजिरहेकाे आवाज लगातार आईरहेकाे थियाे । मालश्री धुन पनि सुनियाे । म सुतेकाे काेठा छेउमा रेडियाे कर्णालीमा समाचार बजिरहेकाे िथयाे । समाचारले दशैकाे शुरुवात र आज घटस्थापनाकाे खबर फुकिरहेकाे थियाे । रेडियाे कर्णाली सामुदायिक रेडियाे हाे । झ्याल बाहिर उज्यालाे छाईसकेकाे थियाे । त्यहीबाट मैले झ्यालकाे चारकाप फ्रेममा एउटा आधा भत्किएकाे भग्नावशेष घरकाे अस्तित्व देखे । याे प्रश्नकाे उत्तर खाेज्नु छ । काेठामै वाफ उडाउदै चिया आईपुगदा मलाई अब सुविधाकाे जीवन शुरु भएकाे अनुभुती भयाे ।

नारायण र म, हिजाे देख्न नपाएकाे खलंगा बजार र वरिपरिलाई क्यामरामा उतार्न खलंगा चार किल्ला चहार्न थाल्याै । मेरा प्रश्नहरूले उत्तर भेटिरहेकाे थियाे । माआेवादी हमलाका घाइते सरकारी भवनहरू अलपत्र उभिएका िथए । काेही नमिटयान्न अवस्थामा, काेही अर्ध अस्तित्व लिएर लम्पसार थियाे । खलंगा लगभग लङ्गडाे थियाे । अपांग थियाे ।

बन्दुक बाेकेका एक लश्कर सेनाकाे दस्ता बुट बजार्दै हाम्रै अगाडिबाट मास्तिर लाग्याे । याे गश्ती कहाँका लागि थाहा भएन । तर, तिनका बुटले रातभर आेसिएकाे बाटाेमा डर र त्रासकाे धुलाेका कण छाडिरहेकाे थियाे ।

खलंगा । कर्णाली भेगकै केन्द्र विन्दु भन्नुपर्छ । हुम्ला र डाेल्पाले याेसित ठाडाे साईनाे नगाँसे पनि अञ्चल शासन हुँदासम्म, अञ्चालाधिस मुकाम यहि छउन्जेल, अञ्चल सदरमुकाम यहि रहयाे । र, आफ्ना लागि अपायक भएरै पनि शक्ति केन्द्र खलंगासित उनीहरूले घुमाउराे साईनाे गाँसिरहे । उनीहरू सजिलाे, सहजता र छिटाेका लागि नेपालगञ्ज भएर सदरमुकाम खलंगा बजार अञ्चलाधिसकाे दर्शन गर्न पुग्नु पर्थ्याे ।

विहान चहलपहल थियाे । काठमाडौंले थाेपारेकाे घटस्थापना यहाँ पनि लागेकाे थियाे । नत्रभने, कर्णालीमा बर्षका पाँच पुर्णिामालाई बढी महत्व दिइन्छ । उनीहरूकाे मष्ठ भित्र्याउने र मष्ठ पुजा गर्ने यिन‌ै पुर्णिमामा पर्दछ । यी दिनमा ठाउँ ठाउँमा ठुल्ठुला जात्रा लाग्छ । भाेज भतेर हुन्छ । नाचगान हुन्छ । धामीहरू पर्सिन्छन । वलि चढाईन्छ ।

चन्दननाथकाे मन्दिरकाे लिङ्गाे पनि घटस्थापनाका दिन फेरिदाे रहेछ । त्यसैले याे विशेष पुजाआजा भइरहेकाे मन्दिर पुगेपछि थाहा भयाे । उसाे त, चन्दननाथमा दशै भन्दा तिज, िशवरात्री र एकादशीमा खास घुइँचाे लाग्दाे रहेछ । खास रमाइलाे हुँदाेरहेछ । अनि, जात्रा र मेला लाग्ने रहेछ । नाचगान र रमाइलाे गरिँदाे रहेछ ।

त्यसैले पनि हाेला, लिङ्गाे स्थापना उत्सवमा स्थानियकाे उत्साह हामीले देखेनाै । बरु जिल्ला बाहिरबाट जागिर सिलसिलामा पुगेका सरकारी तथा गैर सरकारी कर्मचारी उत्साहित पायाै ।

दशाै शताब्दीमा चन्दननाथ बाबा नामका घुमन्ते साधु भारतकाे काश्मिरबाट जुम्ला पुगेका रहेछन । उनी दत्तात्रेयका शिष्य थिए । त्यसबेलाका शासक खस राजा कल्याण वंशी ठकुरीले उनलाई गुरु मानेेर भित्र्याए । चन्दननाथ वावाले दत्तात्रेयकाे मन्दिर स्थापना गरे, त्यहि बसाेबास गर्न थाले । अहिलेकाे चन्दननाथ कालान्तरमा दत्तात्रेयकाे मन्दिर भनेर चिनिन्थ्याे । बहुचर्चित मार्सी धानकाे बीउ उनैले काश्मिरबाट ल्याएका रहेछन । जुन तिला नदि किनारकाे मलिलाे माटाेमा फस्टायाे ।

दिनभर हामी खलंगा बजार मनग्गै घुम्याै । विदाकाे दिन परेकाले सरकारी अड्डा बन्द थियाे । शसस्त्र युद्धले केटाकेटीका पढाइ पनि जताततै विस्फाेटमा परेकाे घरजस्तै भताभुङ्ग थियाे । पढन जानेबेला उनीहरू सडकमा दिन विताईरहेका थिए । गाउँमा हातखुट्टा वलिया भईसकेकाहरू जंगल पस्न वाध्य थिए । भाग्न सक्नेहरू कि सदरमुकामहरू कि त भारततिर पलयान भएका थिए । त्यसताका उनीहरू राजाका सेना र माआेवादी सेनाकाे चेपुवामा परेकाे हामीले यत्रतत्र देख्याै ।

हामी पुग्दा, जुम्लामा दाेश्राे हमलाकाे हल्ला व्यापक थियाे । आजै हान्छ, भाेली हान्छकाे त्रासमा सबै थरथर थिए । ६ बजेपछि कर्फ्यु लाग्नु थिदै थियाे । तर, आज भने वशेष सतर्कता देखिन्थ्याे । कसैले कतै राती जुम्ला आक्रमणकाे डरलाग्दाे हल्ला फिजाई दिएकाे थियाे । बजारमा आमाहरू दिउँस‌ैदेखि आफ्ना वच्चा काखी च्यापेर सावधान थिए । थाेरै खुल्ने पसल र हाेटलहरू वेलैमा बन्द भईसकेका थिए ।

हामी पनि हल्लाकाे भरमा तयारीमा लाग्याै । किनभने, सबथाेक हल्लाकै भरमा चलिरहेकाे थियाे । नारायण र मैले सुत्ने काेठाका चारकुनाकाे अध्ययन र अनुसन्धान गर्याै । पश्चिम फर्केकाे झ्याललाई उपयुक्त ठान्याै । त्यसैलाई, रातकाे काम मुकाम बनायाै । हमला छयाकंनका लागि क्यामरा ठिक पार्याै । पालाेपालाे सुत्ने, पालाेपालाे कुर्ने सल्लाह सहमत भयाे । तर, हामीभने कसैलाई कसैले पालाे नदिएर, एकनाश झ्यालमा आँखा विच्छयाएर बसिरहयाै । सायद, यसमा काम सँगै हाम्राे डरले पनि काम गरिरहेकाे थियाे । अर्काे काेठमा बस्नेहरू पनि गुनगुन गरिरहेकै थिए । निदाउन सकेका थिएनन् । शायद्, खलंगा बजार पुर‌‌‌ैकाे आँखा खुल्ल‌ै थियाे । एकचाेटी आक्रमणकाे भाेगिसकेका उनीहरूमा पक्क‌ै पनि भय बढी हुनैपर्छ ।

माआेवादी आक्रमणकाे दृश्य खिच्ने अभिलाषा, उत्साह र उत्तेजनाले हाम्राे रगतमा अर्कै प्रवाह भईरहेकाे थियाे । अनि, भय, डर र त्रासकाे रेखाले निधारमा प्रष्ट धर्सा काेरेकाे थियाे । यिनै अन्याैलमा, कानेखुसी र साउतीमा रातले आफ्नाे प्रहर काटदै थियाे । हेर्दाहेर्दै, पर्खदापर्खदै कतिखेर विहान भयाे, कतिखेर । उनीहरूले जुम्ला हमला गरेनन् । आक्रमणकाे हल्ला, हल्ला मात्रै थियाे या माआेवादीले याेजना फेरे थाहा भएन । हाम्राे रात पर्खाई व्यर्थ गयाे । तर, म काठमाडौं फर्केकाे हप्तादिन नवित्द‌ै, उनीहरूले मुगु सदरमुकाम गमगढी आक्रमण गरे । सदरमुकामलाई क्षतविक्षत पारिदिए । अनि, दश‌ैकाे मुखमा गमगढी ध्वस्त भएकाे थियाे ।

वीरेन्द्रनगर, सुर्खेतबाट शुरु भएकाे हाम्राे यात्रा, मान्मा कालिकाेट हुँद‌ै, दुर्गम माआेवादी नियन्त्रित पिली र जुवेथा, त्यसपछि जुम्ला-कालीकाेट सिमाना नाग्मा पुगेकाे थियाे । अनि, जुम्लाकाे रारालिही, ताताेपानी, कुडेरी भएर खलंगा बजारमा टुंगिएको थियाे ।

म बाेरा नम्बर ७ सग्लाे मान्छे भएर सकुशल नेपालगन्ज फर्किँद‌ै थिएँ । जुम्ला विमानस्थलमा चहलपहल थियाे । निजी कम्पनीका हेलिकप्टरहरू अवतरण र प्रस्थान गर्ने क्रम जारी थियाे । विमानस्थल कालाेपत्रे भएकाले अवतरण मैदान सहज र सरल बनेकाे रहेछ । केही पर्खाइपछि, हामीलाई लिन आएकाे विमान आई पुग्याे । हामी सबै जहाजभित्र सहज अटायाैँ ।

मेराे मनमा भने जुम्ला विमानस्थलकाे अवतरण मैदान जस्तै, मैले याे यात्रामा देखेकाे दुख, पिडा, वेदना र विडम्वनाकाे सहज अवतरण कहिले हाेला भनेर अनेक कुरा खेलिरहेकाे थियाे । त्यतिबेला हामीलाई वाेकेकाे हवाईजहाज कर्णाली आकाशमा उडिरहेकाे िथयाे ।

Facebook Comments