परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौली, पुत्र मोह र पीडित आमा

बुढ्यौली साहित्य शृङ्खला - २६

घुम्दै गाउँ थिएँ कुनै समयमा नौलो कथा भेटियो

सुन्दा चाख दिएर भित्र मनमा काँडा गडे झैं भयो

सोही आज कथा म भन्दछु यता लौ सुन्नुहोला सबै

आँखाका डिलबाट आँसु बहने पीडा लुकेका निकै ।१

 

मेरो जन्म हिमालका पर भयो लद्दाखको गाउँमा

मायाँका वसमा परेर म घुसेँ नेपालको ठाउँमा

छोकी नाम थियो म सुन्दर थिएँ मानौँ फुलेकी सुन

के के भोग्नु रहेछ यो अवनिमा जन्मेर मान्छे भन ।२

 

आँखामा न अटाउने मन भरी मान्छे अनेकौं थिए

माया बस्न गयो यसैसित बिहे मैले गरेको थिएँ

हामीले नलिएर स्वीकृति बिहे आमा बुवाको गर्यौं

भाग्नै श्रेय थियो र सो बखतमा नेपाल भित्रै पस्यौं ।३

 

बाँकी जीवनका अथाह कविता बन्ला बनोस् के छ र

हाम्रो प्रेम कथा कुनै कवि टिपी लेखोस् हुने के छ र

लाखौं कोशिस भो तथापि घरमा आएन हाम्रो खुसी

गर्दा जाँच सबै सबै किसिमका खोलेन अल्झ्यो गुथी।४

 

हामीले जति ओखती र फुकुवा कोही कसैले गरोस्

द्यौता मन्दिरमा चढाउन कुरा बाँकी भएमा भनोस्

आमा बा कसको हुँदैन मनमा बच्चा हवस् फूल झैं

आँखामा नबिझाउने सुमनको गुच्छा हवस् जून झैं ।५

 

यो मेरो मनका तरङ्गहरूको चर्चा म खै के गरूँ

केले चित्त बुझाउदै हृदयको पानाहरू यी भरूँ ?

हामी हार भएर निर्णय लियौं बच्चा कसैको लिने

सोलाई ममता दिएर मनको तारा बनाई लिने ।६

 

देखेछन् भगवानले सुदूरका हाम्रो नियास्रो पन

बच्चा एक कुनै भयो खवरमा आमा बिना निर्धन

जम्मै कागजका हुने जटिलता पूरा गरेरै लियौँ

आफ्नो होइन रक्त ता तर यही हो पुत्र नै सम्झियौँ ।७

 

आमाले जति गर्दछिन् सब कुरा मैले गरेँ पुत्रका

थाहा नै नदिएर यो सुत बढ्यो आफ्नै कथा भित्रका

मैले लालन पालना सब गरेँ सन्तान मेरो भनी

छोरो भैकन हुर्कियो गजबको लाठे भयो यो पनि ।८

 

जैले बाइस बर्षको वय भयो मागी बिहे गर्दियौँ

लक्ष्मी झैं घरमा नवीन दुलही भित्र्याइयो हर्षियौँ

राम्री शिक्षित ती सुधासरि रमा नौली बुहारी थिइन्

राम्रै आदर भावना सहितका चाला उनैले लिइन् ।९

 

हाम्रो भाग्य खुलेछ यै मनमनै सोच्थें म खुसी थिएँ

त्यो वर्षै दिनमा त पुत्र तनया देखेर मै हर्षिएँ

त्यो न्वारान सकेर पुत्र उडिगो खाडीतिरै काममा

वर्षै पाँच बिते फिरेन घरमा के के भयो खै यहाँ ।१०

 

फर्की आउनमा ढिला हुन गयो टाढा थियो ठाउँमा

अन्य आकर्षणहरू

को सुन्छ मर्का यहाँ ?

पानी दिएँ आखिर

अचम्मको जीवन लाग्न थाल्यो

चस्मा हरायो 

कर्णाली महिला र खोकी

कालो दम्भ बढेर ढाकिन गयो दाम्पत्यको नाउँमा

कैयौं ती झगडा अनाहक उठे सम्झाउँदामा पनि

छोराले घर आउने मन उसै मार्दै गयो झन् अनि ।११

 

बस्नै सक्तिन यो सँगै अब भनी मुद्दा चलाई अनि

मुद्दा मामिल सम्ममा घर फस्यो भो अंशबन्डा पनि

मान्छे हो तर खास भित्र उसको छन् छैन देख्ने हरि

चाला बुझ्न सकेन मानिस भने नासिन्छ भन्थे अघि।१२

 

चाला बेठिक देखियो नियतिमा खोटै रहेछन् भरी

छुट्टै अंश लिएर शोध भरना खान्थी बुहारी भरी

आफ्नो अंश लिएर बेच्न उसले मान्छे जुटाई जब

भो भो भन्न लगाइयो ऋण गरी आफैं किन्यौँ आखिर ।१३

 

पैसा अंश समेत हात उसका लागे अहो के भनूँ

छोरी राख्न पुगी छ बालगृहमा आफू छ बम्बै जुनु

कस्ती औसरखोर निस्कन पुगी गाली म के के गरूँ

हाहाकार मुटु बनाउँछ अहो लाग्दैछ आफै मरूँ।१४

 

डिस्को धाउनु नाच सिक्न छ अरे खेल्ने कुनै फिल्ममा

नारीले व्यवहारमा घर सँगै गर्ने कुरा ती कहाँ

छोरीको ममता भुलेर परका अन्यत्रको ठाउँमा

आगोमा कति टेक्न सक्छ नरले लाग्दैछ पत्ता यहाँ ।१५

 

खै केमा धन खर्च भो सब कुरा सारा उड्यो दौलत

आगोमा किन टेक्नुपर्छ नरले बिर्सेर आफ्नो अत

चौरासी वय यो छ देह अहिले सोझो कहाँ हुन्छ र

लठ्ठीको भरमा म हिँड्दछु सधैँ आँखा यसै ग्रस्त छ।१६

 

आठै वर्ष विदेशमा रुमलियो देख्नै कहाँ पाँउनु

आँखामा नव बालकै छ अझ यो छोरो मनैमा भनुँ

फिर्ता भो परदेशबाट दुखका धेरै खपी हन्डर

मुद्दाको सुनुवाइ आज सुनियो थुन्ने भयो अर्डर ।१७

 

भक्कानो मनमा फुट्यो र गहमा धारा खसे आँसुका

कस्तो भोग्न रहेछ यो नियति हा आमा दुखी छु म ता

फुट्ला झैँ अझ टाउको फनफनी घुम्दै छ यो चक्कर

बाँचूँ के अब जीवनी किन यता लाग्दैछ झन् ठक्कर ।१८

 

खानामा रुचि छैन जर्जर भयो आत्मा र साथै तन

यस्तो घोर बिपत्ति टर्छ कसरी बाँधेर राखौँ मन

आगोमा किन हात राखिन गयो पत्ता नपाईकन

यो आगो अझ दन्किदै तन सबै खायो जलाई झन ।१९

 

आफ्नो यो छ वुता उता सुत थुने राखे अरे खोरमा

चारैतर्फ छ अन्धकार जगमा विक्षिप्त साह्रै मन

मेरो यो मनमा उठेजति कुरा पोखूँ कहाँ सक्छु म

छोरो देख्न नपाउँदै अब यता सिद्धिन्छु आफैँ कि म ?२०

 

छन्द :- शार्दूलविक्रीडित

Facebook Comments