परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कुखुरो त खानुहोस् !

चट्याड्–प्रहार

सिंह झै गर्जनुहोस्, बाघ झैं झम्टनुहोस्
शाकाहारी भएर त सकिन्न नि,
उनीहरू त हात्ती–गैँडा समेत खान्थे
तपाईंं कमसेकम कुखुरो त खानुहोस् ।

 

ममको बाहिरै मासु त देखिँदैन नि
ममको भित्र “के हालेको” किन सोध्नुहुन्छ ?
आफ्नो खाना के ले बनेको छ भनेर थाहा पाउनै पर्छ भने
काउली खाँदा “के हालेर फलाएको” सोध्नुहुन्छ ?

 

मासु खाँदा हिंस्रक पशु भइन्छ भने
शाकाहारी भए घाँसपात खाँदा के साधु गाई भइन्छ ?
अहिंसावादी भएर शाकाहारी भएको हो भने
लाइ लागेको तरकारी केलाउँदा कति लाइको प्राण जान्छ ?

 

“जस्तालाई त्यस्तै” सिद्धान्त त तपाईंं पनि मान्नुहुन्छ
लामखुट्टेले तपाईंंको रगत चुस्छ
अब लामखुट्टेको तपाईंं के चुस्नुहुन्छ ?
लौ त गर्नुहोस् “जस्तालाई त्यस्तै” सक्नुहुन्छ ?

 

मासु खाँदा आफ्नो पेट पशु–पक्षीको चिहान सरह हुन्छ भने
शाकाहारी हुँदा पनि त पेट प्राङ्गारिक मलको खाल्डो हुन्छ
चिहान त बरु सफा हुन्छ गन्हाउँदैन
मलको खाल्डो के सुँघिसक्नु हुन्छ ?

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

ठीक छ, आफ्नो पेटलाई पशु पक्षीको चिहान नबनाउनुहोस्
चिहानबाट त केही बाहिर निस्कँदैन नि
के तपाईंं कब्जियतको त्यति ठूलो बिरामी हुनुहुन्छ ?
भइगयो मासु नखानुहोस् तर कृपया डाक्टर अवश्य जचाउँनुहोस्

 

“पशुको माया लाग्छ” शाकाहारीहरू भन्छन्
माया गर्न वरिपरि यत्रा मानिसहरू हुँदाहुँदै
शाकाहारीले चैं पशुलाई नै किन माया गर्छन् ?

 

सागपात जति शाकाहारी मान्छेले खाइदिएपछि
शाकाहारी पशुहरूले के खान्छन् ?
मांशाहारीले खसी बोका नखाए तिनले सागपात सप्पै खाइदिन्छन्
अनि शाकाहारीले के खान्छन् ?

 

शाकाहारी बाँदरबाट हजारौं वर्ष लगाएर
बिकसित हुँदै मांशाहारी मानिस भइएको छ
त्यत्रो वर्ष लगाएर प्राप्त विकासक्रमकाे फल मांशाहारी हुन छोडेर
फेरि शाकाहारीमै नफर्कनु होस् ।

 

सिंह झैं गर्जनुहोस्, बाघले झैं झम्टनुहोस्
शाकाहारी भएर त सकिन्न नि,
उनीहरू त हात्ती–गैँडा समेत खान्थे
तपाईंं कमसेकम कुखुरो त खानुहोस् ।

Facebook Comments