परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बाल कविता – शान्ति गीत गाऊँ

बुद्ध जयन्ती विशेष

आऊ साथी हामी सबै लुम्बिनीमा जाऊँ

बुद्ध जस्तै ज्ञानी भई शान्ति गीत गाऊँ ।

 

चित्त शुद्ध बोली बुद्ध हामी दाजुभाइ

मनमा पीर पार्नु हुन्न कोही कसैलाई ।

 

झुटो बोल्नु महा पाप ठगी खानु पाप

परिश्रमी मानिसलाई ईश्वरको साथ ।

 

अन्य आकर्षणहरू

बा-आमा देवता हाम्रा

हाम्रो गणतन्त्र कस्तो होस् ?

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

भेट्न आए मलाई

मानवता धर्म ठुलो दुखी सेवा गरौँ

दिलमा कतै घाउ भए वचनले भरौँ ।

 

हत्या हिंसा बन्द गरौँ शुभ भाव सोचौँ

हाम्रो धर्ती फूलबारी हो हराभरा पार्छौँ ।

 

शान्त चित्त शान्त भाव विश्व शान्ति गाउँ

बुद्ध जस्तै बनौँ हामी शान्ति गीत गाऊँ ।

Facebook Comments