परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौलीको एकल पीडा

 बुढ्यौली साहित्य (शृङ्खला -१४)

आज जाडो भयो बल्झिए घाउ जो

आज केही कथा भन्न पर्ने भयो

फन्फनी घुम्दछन् दृश्य आँखाभरी

बाँच्न पर्ने भयो जिन्दगी एक्लिई ।१

 

काम धेरै गरें ठग्न खै जानिन

कामका चापले उठ्न नै पाइन

थे न विद्यालयै सिक्न पर्ने घरै

दाइ ता पढ्न सिक्नाकनै थे परै ।२

कविता

घनश्याम रेग्मी

 

वेद चण्डी पढी साँझमा प्रातमा

पोख्त बन्दै गएँ यज्ञका काममा

विप्रका साथमा उठ्न बस्ने हुँदा

ज्योतिषी ज्ञानका भेटिए क्यै कुना ।३

 

वस्तु पाल्ने तथा घाँस काट्ने क्रम

खेतबारी सधैं गर्नुपर्ने श्रम

लेक बेंसी गरी बोकियो बन्दकी

मार थेग्ने अचानो बन्यो जिन्दगी ।४

 

कर्म पूरा भए दुःख बढ्दै उति

हात थापेर मागें दिए वामिनी

पुत्र पुत्री भए मोहका तार यी

दीप बाली पुज्यौं श्रीरमा श्री हरि ।५

 

चक्र घुम्दै गयो सूर्य झैं सारिणी

पात झर्दै रहे शीतमा मौसमी

बाबु आमा भए घाम औ जूनझैं

पात झर्ने पुराना उही कानुन। ६

 

भार थाप्लोबिशे थुप्रियो झन्झन

बाबु आमा गए एक्लिएँ दिन्दिन

साथ जोडा थियो तर जोडा थियो

रक्त छातीभरी चल्दथ्यो यो हियो ।७

 

काल यस्तो कहाँबाट आयो किन

साथ बस्ने छुटिन् पद्मिनी त्यै दिन

जिन्दगी तार हो एक पोया चुट्यो

छैन जोडा हरे दैव लागी छुट्यो ।८

 

बालबच्चा सबै पालन पोषण

खेतबारी खनी लालनपालन

मिल्छ के फुर्सदै काम खेती गरी

भज्न पुज्नै कहाँ पाइयो श्री हरि ।९

 

बास नौलो गरे ठाउँ जो फेरियो

भाइ साथी छुटे कष्ट झन् खापियो

भिन्न यो ठाउँमा रुझ्न भिज्नै पर्यो

अन्य आकर्षणहरू

बा-आमा देवता हाम्रा

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

चित्तमा यो निकै हेर गाँठो पर्यो ।१०

 

दान कन्या दिएँ देख्छु छन् हर्षमा

नातिनी नाति छन् आफना ठाउँमा

पुत्रकालागि कन्या कतै मागियो

धेर राम्रो गरी ल्याइ भित्राइयो ।११

 

भाइ मिल्थे यता साथ पत्नी भए

मिल्न छाडे तथा बोल्न नै टेढिए

भिन्न चुल्हो गरे भिन्न बासा भए

भाइ नै भाइका साथमा टाढिए ।१२

 

काख सन्तान कान्छो लिएँ एक्लिएँ

अंशबन्डा गरी जे थियो अर्पिएँ

खै कुनै आउनै छोड्दिए हा ! किन ?

छैन केही दिने दाम ता मैसँग ।१३

 

आउँदा हुन्छ झर्को र फर्को भने

फर्किई फेरि सोही कहाँ आउने

बस्छु एक्लै यता धुम्धुमी गुम्सिई

भावका सिन्धुमा एकलै पौडिई ।१४

 

खान ता मिल्छ नै छैन केही कमी

तै कतै खट्किने भार भो जीवनी

रात ठन्डी चिसो प्रातमा एक्लिई

बित्छ सारा दिनै सोचमै पोखिई ।१५

 

हे विधाता सबै वस्तु दिन्छौ तर

छिन्छ जोडा जहाँ हुन्छ एक्लो घर

अन्य केही भए फेरि माग्ने थिएँ

माग्न मिल्दैन जो पाप हो मागिए ।१६

 

वर्ष लागें असी जिन्दगीको कसी

लेख्छु केही कतै पढ्छु भित्रै बसी

नाम राख्ने , चिना टिप्पणी लेख्दछु

स्राद्धका देवका कार्य भेटे म छु ।१७

 

हेर आफ्ना भए भेट्न आऊ सधैं

भेट गर्दा भलो बृद्ध बृद्धाकनै

भूमिमा धेर छन् बृद्ध बृद्धाहरू

रोगले चापिई पिल्सिएकाहरू ।१८

 

चक्र हो आयु घुम्ने र बृद्धा हुने

बच्न को सक्छ, को दीर्घजीवी हुने ?

भोलि घुम्ला यता सोच यो राख है

बृद्ध सेवा ठुलो कर्म हो सोच है ।१९

 

(८० वर्षीय बृद्धसँग गरिएको कुराकानीमा आधारित) 

छन्द :- स्राग्विणी

Facebook Comments