परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फूटबल ग्राउण्ड मासेर सर्टिफिकेट हब !

ब्राजिलको गाउँमा एकपटक एउटा रमाइलो घटना घट्यो । कतैबाट राम्रै राशी रकम त्यस गाउँमा एउटा विश्वविद्यालय खोल्नका लागि अनुदान स्वरुप प्राप्त भएको थियो । गाउँभरीका मान्छेहरु भेला गरिएको थियो । गाउँका मुखिया, सुरक्षाकर्मी र दाताहरुबीच व्यापक छलफल भइरहेको थियो ।

गाउँलेहरु लगातार विश्वविद्यालय बन्नु हुँदैन भन्ने पक्षमा एक मत भइ आआफ्नो धारणा प्रकट गरिरहेका थिए । दाता लगायत गाउँका मुखियाहरु छक्क परिरहेका थिए । दाताहरुले सम्झाइबुझाइ गर्ने प्रयास गरे । विश्वविद्यालय बन्दा गाउँलेकै सन्तानहरु शिक्षित हुने अवशरका बारेमा पनि दाताहरुले परामर्श गरे । तर गाउँलेहरुले विश्वविद्यालय बन्ने कुराको विरोध गरिरहे।

गाउँलेहरु मध्येका एक बृद्धले प्रफूल्ल मूद्रामा भने, तपाईंहरुप्रति हामी हमेशा कृतज्ञ छौँ। र, एउटा खुशीको कुरा सुनाउन आज हामीले तपाईंहरुलाई यहाँ निम्त्याएका हौँ । अब हाम्रा युवाहरुले आफैँ एउटा विश्वविद्यालय बनाउने निर्णय लिएका छन। उनीहरुले भटाभट चन्दा पनि उठाएका छन् । गाउँभरिका प्रायः सबैले आआफ्नो गच्छेअनुसार चन्दा दिएका छन्। र अझै खुशीको कुरा के छ भने, जति पैसा तपाईंहरुले हामीलाई फूटबल स्टेडियम बनाउन दिनुभएको थियो, त्यसको ठ्याक्कै दोब्बर रकम चन्दा स्वरुप उठेको छ । किनभने, स्टेडियम बनेको पाँचै वर्षमा हामी गाउँलेहरु भटाभट करोडपति हुनपुगेका छौँ!

केही उपाय नलाग्ने देखेर दाताहरुको प्रमुखले भन्यो, हेर्नुहोस्, विश्वविद्यालय बनाउनका लागि निकै नै रकम आएको छ । म चाहन्न कि यो रकम फिर्ता जाओस्। तसर्थ म तपाईंहरुलाई सोध्न चाहन्छु, कि तपाईंहरु यो रकम केमा खर्च गर्न चाहनुहुन्छ?

गाउँलेहरुले एक स्वरमा भने, फूटबल स्टेडियम ! बनाइदिने भए हामीलाई यहाँ एउटा भब्य फूटबल स्टेडियम बनाइदेऊ । नत्र त्यो विश्वविद्यालय त चाहिएन । किनभने, हाम्रा बालबालिकाहरुको फूटबलसँग जुन रगतको नाता छ त्यो कलमकापी र किताबसँग बन्दै छैन ।

नभन्दै दाता गाउँलेहरुबीच त्यहाँ सकारात्मक सहमति भयो । सायद दाताहरु पनि समझ्दार थिए । फूटबल स्टेडियम नै बन्ने भयो ।

केही महिनामा त्यहाँ एउटा भब्य फूटबल स्टेडियम तयार भयो । अनेक खेल प्रतियोगिताहरु हुन थाले । कैयन मान्छेहरु खेल हेर्न आउन थाले । गाउँका युवाहरु एक से एक खेलाडी भएर निस्किन थाले । केटाकेटी, युवा र बृद्धहरुका समेत मुहारमा एक अनौठो चमक प्रष्ट झल्किएको देखिन्थ्यो ।

स्टेडियम वरपर मेला लागेजस्तो भयो । कैयन होटल, लज र दोकानहरु खुले । स्टेडियम पुग्नका लागि अनेक बाटाहरु तयार भएका थिए र त्यहांत विभिन्न शहरबाट बिएमडब्ल्यु, मर्सिडिज जस्ता महंगा सवारी साधनहरु गुड्न थाले । रेस्टुरेन्ट र क्याफेहरुका स्तर बढ्दै गए । हुँदाहुँदै त्यहाँ पाँचतारे होटल पनि बन्यो।

गाउँलेहरुको जीवनस्तर सुध्रियो । सबै सम्बृद्ध भए ।

पाँच वर्षमा त्यो गाउँ अब केवल एक गाउँ मात्रै रहेन । त्यो एक खेल पर्यटनको प्रमुख स्थल बन्न पुगेको थियो ।

एकदिन गाउँहरुले विश्वविद्यालय बनाउने अनुदान लिएर आएका दाताहरुका लागि एउटा विषेश भोजको आयोजना गरे ।

गाउँलेहरु मध्येका एक बृद्धले प्रफूल्ल मूद्रामा भने, तपाईंहरुप्रति हामी हमेशा कृतज्ञ छौँ । र, एउटा खुशीको कुरा सुनाउन आज हामीले तपाईंहरुलाई यहाँ निम्त्याएका हौँ । अब हाम्रा युवाहरुले आफैँ एउटा विश्वविद्यालय बनाउने निर्णय लिएका छन । उनीहरुले भटाभट चन्दा पनि उठाएका छन् । गाउँभरिका प्रायः सबैले आआफ्नो गच्छेअनुसार चन्दा दिएका छन् । र अझै खुशीको कुरा के छ भने, जति पैसा तपाईंहरुले हामीलाई फूटबल स्टेडियम बनाउन दिनुभएको थियो, त्यसको ठ्याक्कै दोब्बर रकम चन्दा स्वरुप उठेको छ । किनभने, स्टेडियम बनेको पाँचै वर्षमा हामी गाउँलेहरु भटाभट करोडपति हुनपुगेका छौँ !

दाताहरु छक्क परे । एउटा फूटबल स्टेडियम र विश्वविद्यालय बीचको फरक सायद उनीहरुले अब राम्रोसँग बुझ्ने मौका पनि त्यहाँ पाएका थिए !

उर्लाबारीको मंगलबारेमा भने ठिक बिपरित कार्य भएको रहेछ । यहाँ चाहिँ एउटा छेलोखेलो जमिन भएको फूटबल ग्राउण्ड मासेर मदन स्मृती प्रतिष्ठान खोलिएको रहेछ । जहाँ युवाका माइन्ड र सर्टिफिकेटहरुको दोहन हुन्छ । स्मरण रहोस् आज उक्त प्रतिष्ठान एउटा कर्पोरेट हब हुन पुगेको छ । त्यहाँ कलेज, संग्रहालय, स्विमिङ कम्प्लेक्स, बाल उध्यान लगायत अनेक सशुल्क कार्यक्रमहरुको बौँछार छ । फूटबल ग्राउण्ड कता पुग्यो, पुराना खेलाडी र तिनीहरुका सन्तान कता पुगे ? कता पुगे अन्य सम्भावित फूटबल खेलाडीहरु ?

प्रतिष्ठानले जग्गा लिने बेला स्थानीयसँग गरेका सम्झौताहरु कता पुगे?  आज आएर किन स्थानीयहरु मदन स्मृति प्रतिष्ठानसँग सन्तुष्ट हुन सकेनन्? के त्यो सब केवल जग्गा हात पार्ने एक राजनीतिक खेल वा आश्वासन मात्रै थियो?

निश्चय नै अहिले स्थानीय स्तरमा यस्ता कुराहरु माथि बहस शुरु भएका छन् र यी कुराहरु स्वागतयोग्य छन् । अहिले एक्कासि यो बहश तात्नुका पछाडि साविक मंगलबारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरमा रुपान्तरण गर्ने सरकारी निर्णयका खिलाफमा मंगलबारे बासीहरु उत्रिएकाले गर्दा हो ।

स्थानीयवासीहरु एक स्वरमा आरोप लगाउँछन्, हामीसँग सरसल्लाह नै नगरी मंगलबारे अस्पतालमा निर्णयहरु लिइएका छन् र अस्पतालमा नै अनेक राजनीतिक खेलहरु भइरहेका छन् ।

मंगलबारेबासीहरु आफ्नो धरोहरलाई मेटाएर अन्य नामाकरण गर्न नदिनका लागि संघर्ष समिती समेत बनाएर आन्दोलनमा ओर्लिएका छन् । यता प्रदेश सरकारले मंगलबारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरमा लैजाने निर्णय लिइसकेको छ ।

एकातिर नाम में क्या रख्खा है? त्यहाँ हुने बिकास पो महत्त्वपूर्ण हो त भन्नेहरु पनि निस्किएका छन् । तर मंगलबारेबासीहरु पनि त्यही सवाल सोध्छन्, नाम में क्या रख्खा है? साविक नाममा नै थप सेवासुविधा उपलब्ध गराऊ !

त्यसो त मदन स्मृति प्रतिष्ठान र मंगलबारे अस्पताल अलग अलग हुन् । नाता केवल जननेता मदन भण्डारीका नाउँमा पहिल्यै त्यहाँ एउटा बिकासको कार्य भएको र उक्त कार्य प्रति स्थानीयहरु असंतुष्ट रहेको तथा अहिले फेरि उनै जननेताका नाउँमा मंगलबारे अस्पताललाई पगालेर हाल्ने कार्यमा मंगलबारे बासीहरु शशंकित हुनु रहेछ ।

नेपालका पूर्व राजाहरुका नाम मेटाएर आफ्ना नेताहरुका नाम स्थापित गर्न लागिपरेका कामरेडहरुले कहिलेकाहिँ आफूलाई भोट हाल्ने जनताका कुराहरु नसुनेको प्रतीत भइरहेको वर्तमान परिप्रेक्ष्यमा धेरै कुरा गर्नु असान्दर्भिक पनि हुन सक्छ।

नाम मेटाउन नदिने र नयाँ नाम लेखेरै छाड्ने होड अहिले मेरो होमटाउनमा मात्रै होइन, मुलुकभर नै ब्याप्त छ।

ब्राजिलको एक गाउँमा त्यो सब भएको रहेछ । मलाई बिकासको त्यो तरिका निकै सृजनशील लागेको हो । किनभने, मौरीलाई मह बनाउन कुनै छुट्टै स्कुल चाहिँदैन । जंगलमा नाँच्ने मयूरहरुलाई सर्टिफिकेट र पुरस्कारको अपेक्षा हुँदैन।

फूटबल खेल्ने ब्राजिलियन युवाहरु फूटबल खेलेरै विश्वविद्यालय खोल्न सक्छन् । विश्वविद्यालय खोलेर फूटबल होइन, फूटबल खेलेर विश्वविद्यालय!

त्यसैले शिक्षित बेरोजगारहरु पैदा गरेर वा सर्टिफिकेट हबहरु खोलेर वा शिक्षालाई धन्दा बनाएर बिकासको खाका कोर्नु भन्दा आफ्नै धरोहरहरुलाई उत्खनन् गरेर तदनुरुप कार्यगत एकता कायम गर्न सक्नु नै अबको आवश्यकता हो ।

किनभने अब जीवनहरु प्राकृत, प्रांगारिक र परिस्कृत हुनु अपरिहार्य भएको छ ।

Facebook Comments